गफाडीलाई खर्बौंको जिम्मा
काठमाडौं । गफ गर्न धेरै नै माहिर तथा काममा भने सिन्को पनि नभाँच्ने कृषि विकास मन्त्रालयका एक कर्मचारीले मन्त्रालयकै ठूलो परियोजनाको प्रमुख हुने सौभाग्य पाएका छन् । मन्त्रालयको अहिलेसम्मकै ठूलो प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको प्रमुख हुने मौका अच्यूत ढकालले पाएका हुन् ।
पूर्ववर्ती केपी शर्मा ओली नेतृत्वको सरकारको पालामा सुरु भएको उक्त परियोजना १ खर्ब ३० अर्ब रुपैयाँबराबरको रहेको छ ।
दसवर्षे यो परियोजनामा यो वर्ष मात्रै ५ अर्ब ७८ करोड खर्च गरिने भएको छ । पहिलो वर्षमै २१ सय पकेट, १ सय ५० वटा ब्लक, ३० वटा जोन र सातवटा सुपरजोन तय गरी काम गर्ने जनाइएको छ । नेपाल सरकारकै लगानीमा सञ्चालित उक्त परियोजना कृषिलाई आधुनिकीकरण गर्ने उद्देश्यले सुरु गरिएको हो । उक्त परियोजना कृषि विकास मन्त्रालयको आकर्षक मानिने व्यावसायिक कृषि व्यापार आयोजना (प्याक्ट) भन्दा पनि ठूलो हो । तर, उक्त परियोजनामा अहिले माओवादी केन्द्रनिकट मानिएकै आधारमा ढकाललाई नियुक्ति दिइएको छ । यसअघि, ढकाल मध्यमाञ्चल क्षेत्रीय निर्देशनालयका प्रमुखका रूपमा कार्यरत थिए ।
सो परियोजना हेर्दै आएका कौशल पौडेललाई हटाएर ढकाललाई ल्याइएको हो । केही समयअघि सहसचिवमा बढुवा भएका पौडेलको फलफूल विकास निर्देशनालयमा सरुवा भए पनि सो परियोजना पनि हेर्दै आइरहेका थिए । उक्त परियोजना तयार पार्न पौडेलले पनि भूमिका खेलेको बताइन्छ । तर, मन्त्री गौरीशंकर चौधरीले मन्त्रालयकै ठूलो परियोजनामा आफ्नै पार्टीका मान्छे ल्याउन चाहेका हुँदा नेपाली कांग्रेससित निकट रहेका पौडेललाई हटाएर ढकाललाई ल्याएको बताइन्छ ।
मन्त्रीले सो परियोजनामा गतिलो कर्मचारी नपठाएको कुरा अहिले मन्त्रालयभित्रै चल्ने गरेको छ । ठूलो बजेट भएको हुँदा उक्त परियोजना हेर्ने गरी मन्त्रालयकै जिम्मेवार कर्मचारीलाई जिम्मा दिइनुपर्ने कुरा उठे पनि मन्त्री चौधरीले माओवादीप्रति नजिक भएकै कारण ढकाललाई पठाइएको बताइन्छ ।
सम्बन्धित समाचार
-
ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
-
हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
-
निगुरो टिपेर लाखौं कमाई
-
पूर्व डीआइजी रमेश खरेलविरुद्ध अख्तियारमा मुद्दा दायर
- विशेष अदालत बार एसोसियसनमा एमाले निकट पीपीएलएको प्यानल नै निर्वाचित
-
समय आउँछ, मदन–आश्रितको हत्यारा पत्ता लाग्छ : अध्यक्ष ओली
-
३५ जिल्ला न्यायाधीश सिफारिस (सूचीसहित)
-
बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
-
स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
-
कान्तिपुरविरुद्ध रविको उजुरी
-
किराँतीलाई मन्त्रीबाट बर्खास्त गर्न कमल थापाको माग
Leave a Reply