लोभी पाठोले खुकुरी देखेन, घाँसमात्रै देख्यो : ओली
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले विदेशी या अरु कसैको आवश्यकता पूर्तिका लागि संविधान संशोधन हुन नसक्ने बताएका छन् । संविधान दिवसका अवसरमा बसन्तपुरमा सोमबार पार्टीले आयोजना गरेको सभालाई सम्बोधन गर्दै ओलीले संविधान संशोधनबारे ‘पार्टीको पोजिसन’स्पष्ट पारेका हुन् ।
उनले अँध्यारो कुनामा मधेसी मोर्चासँग कांग्रेस र माओवादी केन्द्रले गरेको ३ बुँदे सहमतिलाई स्वीकारेर एमाले संशोधनमा सहमत हुन नसक्ने स्पष्ट पारे । उनले भने–‘बेठीक बाटोमा हिँडेर सहमतिको कुरा गर्नुको अर्थ छैन । राष्ट्रहितको बिन्दूमा सहमति हुनसक्छ तर सहमति कसले तोडेको ?’ एक दर्जन जति उक्साइएका मान्छेहरुले संविधान नमानेका उल्लेख गर्दै अध्यक्ष ओलीले भने–‘उनीहरुले पनि संशोधनका कुरा गर्नका लागि भनेकै होइन । संशोधन गर्ने भए त पहिले एमालेसँग कुरा गर्नुपथ्र्यो । गाउँतिर उखान छ, ढाँटको निम्तो खाइ पत्याउनु † अँध्यारो कुनामा बसेर ३ बुँदे सम्झौता गरेपछि संशोधनका कुरामा वास्ता गर्नु उचित ठान्दैनौं ।’
भगवान शिवजी मान्ने कुरामा पनि कसैको एकमत नभएको उल्लेख गर्दै उनले भने–‘एउटै भगवान त सबैले मान्दैनन् भने राजनीतिमा मान्छ कसले ? त्यही भएरै धेरै दलको बहुदलीय व्यवस्था भएको हो । देशको नागरिक भएपछि संविधान मान्नु हरेक नागरिकको कर्तव्य हो । जनताको अधिकार, समृद्धी र राष्ट्रिय हितमा संविधानमा हेरफेर हुनसक्छ तर विदेशीले भन्दैमा या अरु कसैलाई चाहिएर संशोधन हुन सक्दैन । सबैले स्वीकार्ने संविधान संसारमा कहाँ छ ? संविधान सर्बस्वीकार्य हुनुपर्ने भए अघिल्लो सरकारविरुद्ध अविश्वासको प्रस्ताव चाँही किन राखेको ?’
अध्यक्ष ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई लोभी पाठोसँग तुलना गरे । उनले भने–‘अघिल्लो सरकारले संविधान कार्यान्वयनको कार्यतालिका प्रस्तुत गरेर स्थिरताको बाटो सुनिश्चित गरेका कारण लोभी पाठो खोजेर हरियो घाँस देखाइयो । पाठोले दाहिने हातको खुकुरी देखेन, देब्रे हातको हरियो घाँस देखेर म्या..म्या ग¥यो । प्रधानमन्त्री हुन पाइन्छ भनेपछि जे पनि गर्न तयार हुँदा देश अप्रिय दिशामा गइरहेको छ । तर, धेरै उल्किन जरुरी छैन, जनता धेरै सचेत छन्, नेपालको हितविरुद्ध केही पनि गर्न दिने छैनन् ।’
कमजोर माछाले चाहरो खाएपछि सरकार ढल्यो : गौतम
कार्यक्रममा उपाध्यक्ष वामदेव गौतमले ओली नेतृत्वको सरकार ढाल्न माओवादी केन्द्र कमजोर माछाका रुपमा प्रयोग भएको आरोप लगाए । ‘सरकार ढाल्न कमजोर माछालाई चाहरा हालियो, चाहरा खाएपछि सरकार ढल्यो, गौतमले भने,‘राजनीतिमा नैतिक मूल्य–मान्यता समाप्त गराएर उच्चस्तरीय राजनीतिक समितिकै संयोजकलाई अविश्वासको प्रस्ताव दर्ता गर्न लगाइयो ।’ गौतमले राष्ट्रहित र मुलुकको समृद्धीका पक्षमा ओली सरकारले काम गर्दागर्दै षड्यन्त्र गरेर ढालिएको कुरा जनतालाई प्रष्ट रुपमा बताउँदै जाने उल्लेख गरे । ‘अन्याय र जर्बजस्ती भएकाले जनतालाई न्याय दिनुस् भन्छौं, विश्वास छ, निर्वाचनमा जनताले न्याय दिन्छन्, एमालेको दिग्विजयको दिन सुरु हुन्छ ।’
गौतमले सरकार गठनको एक महिना नपुग्दै प्रधानमन्त्री प्रचण्ड बुर्कुसी मारेर भारतीय प्रधानमन्त्री मोदीलाई ‘ओहदाको प्रमाणपत्र बुझाउन गएको’ आरोप पनि लगाए । उनले भारतीय प्रधानमन्त्रीले जेजे भन्छन्, त्यहीत्यही कुरामा सही छाप गरेर प्रचण्डले राष्ट्रिय हित र स्वाभिमान समाप्त पारेको पनि बताए । ‘नाकाबन्दी फिर्ता नलिएसम्म भ्रमण नै नगर्ने एउटा प्रधानमन्त्री, अर्को प्रधानमन्त्री त्यहाँकाले जेजे भन्छन्, त्यहीत्यही कुरामा सहीछाप लगाएर फर्किएका छन्’– गौतमले भने ।
सम्बन्धित समाचार
- पशुपतिनाथ मन्दिर आसपास मासु, मदिरा तथा नशालु पदार्थ बिक्री र सेवन गर्न रोक
- एमाले संकल्प यात्राको तेस्रो दिन : आज सिलगढीबाट अछामको यात्रा
- नक्कली भुटानी शरणार्थी मुद्धाको आज अन्तिम फैसला हुने
- आज छठ पर्व, सूर्यको पूजा आराधना गरी मनाइँदै
- मंसिर १४ गतेदेखि एमालेले मध्यपहाडि लोकमार्ग यात्रा विशेष कार्यक्रम गर्ने
- जाजरकोट भूकम्प अपडेट : मृतकको संख्या १५४ पुग्यो
- प्रधानमन्त्री प्रचण्डसहित शीर्ष नेताहरु एमालेको चियापानमा
- प्रधानमन्त्री प्रचण्ड भूकम्प प्रभावित जिल्ला बझाङमा
- परराष्ट्रमन्त्री साउद र राष्ट्रसंघका उपमहासचिव लाक्रोक्सबीच भेटवार्ता
- संविधान दिवसमा एमालेको ‘रातो र चन्द्र सूर्यसँग सेल्फी’ कार्यक्रम
- आज हरितालिका तीज
- ६० किलो सुन प्रकरणको मुद्दा जिल्ला अदालतमा दर्ता : २९ जना प्रतिवादी
Leave a Reply