मालपोतमा यस्ताको मालामाल
काठमाडौं । सरकारी कर्मचारीहरूको आकर्षणको केन्द्र नै नापी, मालपोत तथा यातायात व्यवस्था कार्यालय हो । दैनिक नगद नै अतिरिक्त रूपमा लाखौं संकलन गर्न सकिने भएकाले अधिकांश सरकारी कर्मचारीहरू शक्तिकेन्द्रको आडमा वा नगद नै नजरानास्वरूप चढाएर त्यस्ता कमाउदार कार्यालयहरूमा सरुवा हुने कोसिस गरिरहेका हुन्छन् ।
यतिसम्म हुनुलाई त स्वाभाविक नै मान्न सकिएला, तर कुनै एक कर्मचारीले आफूले रोजेको अड्डामा सात÷सात वर्षसम्म बसिरहनुचाँही कम्ती आश्चर्यजनक कुरा होइन । तर, कलंकीस्थित मालपोत कार्यालयमा यस्तै अचम्म भएको छ ।
आफूलाई नेपाली काँग्रेस निकट कर्मचारी युनीयनको चल्तापुर्ता नेता दाबी गर्ने राजेन्द्र बुढाथोकीको कलंकी मालपोतमा लामो समयदेखि राइँदाई चलेको छ । पहिले नासु भए पनि २४ ‘घ’अन्तर्गत अधिकृतमा बढुवा भएका उनी कहिल्यै समयमा कार्यालयमा नआएपछि सेवाग्राहीहरू समेत हैरान भएका छन् । ११ बजे उनको कार्यालयमा पुग्दा उनी कहिल्यै नभेटिएको भन्दै प्रमुख मालपोत अधिकृत कहाँ उजुरी पनि परिसकेको छ । बुढाथोकी प्रायजसो १ बजेतिर कार्यालय आउने र ३ बजेतिर हिँड्ने गर्छन् ।
सितापाइला शाखाको जिम्मेवारी सम्हालेर बसे पनि उनी कार्यालयमा नहुँदा सेवाग्राहीले उनलाई जहिल्यै घण्टौं कुरेर बस्नुपर्ने अवस्था रहेको बताइन्छ । सीतापाइला आसपासका विभिन्न हालसाबिक हुन छुट भएका, सरकारी र सार्वजनिक जग्गा भूमाफियाहरूसँग मिलेमतो गरेर नामसारी गर्नेलगायतका धन्दामै बुढाथोकीको ध्यान कन्द्रित हुने गरेको सोही कार्यालयका एक कर्मचारीले नाम नबताउने सर्तमा बताए ।
केही अघि मात्र प्रमुख मालपोत अधिकृतका रूपमा सरुवा भएर आएका नविनकिशोर अधिकारी पनि बुढाथोकीको कार्यशैलीप्रति आजित भएको बताइन्छ ।
सम्बन्धित समाचार
-
ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
-
हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
-
निगुरो टिपेर लाखौं कमाई
-
पूर्व डीआइजी रमेश खरेलविरुद्ध अख्तियारमा मुद्दा दायर
- विशेष अदालत बार एसोसियसनमा एमाले निकट पीपीएलएको प्यानल नै निर्वाचित
-
समय आउँछ, मदन–आश्रितको हत्यारा पत्ता लाग्छ : अध्यक्ष ओली
-
३५ जिल्ला न्यायाधीश सिफारिस (सूचीसहित)
-
बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
-
स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
-
कान्तिपुरविरुद्ध रविको उजुरी
-
किराँतीलाई मन्त्रीबाट बर्खास्त गर्न कमल थापाको माग
Leave a Reply