नत्र एमाले पनि अरू ड्याङभन्दा के फरक ?
संविधानको भावनाअनुसार भन्ने हो भने संविधान अहिले संशोधन हुनै सक्तैन । पूर्ण भइसकेपछि मात्र संशोधन हुने अभिलाषा संविधानले राखेको छ । हामी ससद् (पार्लियामेन्ट) हौं भनेर ६ सय १ ले संविधान संशोधन गरे भने बेग्लै कुरा । किनभने, पहिले एकचोटि संशोधन गरिसकेका छन् । त्यो पनि एउटा नजिर हो । पहिले संशोधन गरिसकेकाले यसचोटि पनि संशोधन गर्छौं भन्ने हो भने गर्न सक्छन् । त्यो आवश्यकताको सिद्धान्तले मात्र गर्ने हो, कानुनले होइन । त्यसका लागि पनि प्रमुख तीन दल मिल्नुपर्छ । एमालेले संशोधनका विषयमा अहिलेसम्म जे अडान राख्दै आएको छ, त्यो अडान नछाडेसम्म संशोधन हुन सक्तैन । एमालेले अडान छाड्ने मैले माहोल देखेको छैन । तर, खेल्दैखेल्दै गएर नेतृत्व राजनीतिभन्दा पनि खेलाडी भएको छ । खेलाडी नेतृत्वले खेल आफ्नो पक्षमा पर्छ भनेर अन्तिममा अडान छाडिदियो भने संशोधन हुन्छ । तर, संशोधन हुँदा अहिलेसम्मको एमालेको अडानचाहिँ बाँकि रहँदैन । संशोधन गर्ने हो भने सीमासम्बन्धी हेरफेर गर्नुप¥यो, जनसंख्याका आधारमा निर्वाचन क्षेत्र र प्रतिनिधित्वसम्बन्धी व्यवस्था हेरफेर गनुप¥यो । त्यति मात्र होइन, संसारमा कहीँ पनि नभएको अंगीकृतले पनि राज्यका सबै अंग भ्याउनुपर्छ भन्ने दुराशययुक्त मान्यतालाई पनि एमालेले छाड्नुप¥यो । यसो ग¥यो भने एमाले पनि अरू ड्याङभन्दा फरक हुँदैन । यसरी संशोधन भयो भने राष्ट्रलाई बचाउने कुनै राजनीतिक शक्ति अगाडि देखिने छैनन् । त्योबेला संविधान संशोधन त होला, तर राष्ट्रियता कमजोर हुन्छ ।
यदि संविधान संशोधन भएन भने त्यसका अरू विभिन्न गम्भीर पक्ष छन् । हिजो संविधान जारी गर्ने बेला नै धेरै गम्भीर हुनुपथ्र्यो, तर त्यतिबेला धेरै सोचविचार भएन । पछि पनि सरकार एमालेको हातमा आइसकेपछि त्यो मोर्चालाई टिकाउन सकेनन्, त्यो मोर्चा टिकाउन सकेको भए परिस्थिति यो ढंगले विकसित हुँदैनथ्यो होला । अब चुनाव गरेर जाँदा परिणाम जे आए पनि राष्ट्र बलियो हुँदैन । संविधान संशोधन नभई चुनाव हुँदैन, संशोधन गर्नासाथ राष्ट्रियता संकटमा पर्छ । यो कुरा सबै खेलाडीले राम्ररी बुझेका छन् । यो संकटको निकासको बाटो एउटा मात्र छ । तीन प्रमुख राजनीतिक दल मिल्ने हो भने संविधान संशोधन नगरीकनै चुनाव हुन्छ । संशोधन पनि राष्ट्रलाई संकट नपार्ने गरी गर्न सकिन्छ । त्यसो गरियो भने मधेसी शक्तिका साथसाथै भारत पनि चेपुवामा पर्न सक्छ । तीन दल नमिलेसम्म त्यो कुरा सम्भव हुँदैन । तर, अहिलेको परिवेश यस्तो छ कि राष्ट्रलाई संकटमा नपारी संशोधन हुनै सक्दैन । संकटमा पार्न एमाले त्यो ठाउँमा जानैपर्ने हुन्छ र अरूसरह एमाले पनि देशलाई संकटमा पार्ने लाममा उभिनुपर्छ ।
बुद्धि नपु¥याउने हो भने देश सिक्किम नबने पनि भुटानीकरणको बाटोतिर भने तीव्र बढेर गएको छ । एमाले पनि घुँडा टेकेर त्यहीँ जान सक्छ । चुनाव भए पनि परिणाम करिब–करिब त्यही ठाउँमा जान्छ । किनभने, पार्टीहरू बलिया छैनन् । आन्तरिक रूपमा एमाले, कांग्रेस, माओवादी कोही पनि बलियो भएन । एकातिर आन्तरिक रूपमा बलिया भएनन्, अर्कातिर प्रमुख पार्टी मिलेर जान पनि सकेनन् । जसको परिणाम भुटानीकरणकै बाटो हो ।
अहिले प्रदेश नं. ५ लाई लिएर ठूलो विवाद छ । मलाई लाग्छ, अहिले मधेसमा दुइटा प्रदेश बनाउने कुरा सदाशयपूर्ण रूपले भन्ने हो भने ठूलो कुरा नै होइन । तर, त्यो भनाइका पछाडि मधेसीहरूको पनि सदाशयता छैन । यता, अरू पार्टीको पनि पूर्वाग्रहले आफ्नो ठाउँमा खेलेको छ । दुवै पक्षको सदाशयता हुने हो भने दुइटा त के, एउटै दिए पनि केही बिगँ्रदैन । मधेसीहरूले एक मधेस वा दुई मधेस भन्नुका पछाडि एउटा आग्रहले काम गरेको छ । मधेसीबाहेककालाई ठीक पार्छांै भन्ने खेलले काम गरेको छ । त्यही खेललाई दिल्लीले पनि टुप्पीले समाएर बोकेर हिँडेको छ । यो कुरा बुझेर वा आ–आफ्ना क्षेत्रीय आकांक्षालाई अगाडि राखेर मधेसीबाहेकका पार्टीहरू पनि सकारात्मक छैनन् । त्यसले पनि अलिकति नकारात्मक भूमिका खेलेकै छ । यदि सबै पार्टीको आशय राष्ट्रलाई नै बलियो बनाउने हो भने मधेस दुइटा भएर केही बिगिँ्रदैन । तर, अहिलेको खेल त्यस्तो छैन । एक मधेस दुई प्रदेश हुन नदिने र हुनुपर्ने दुवैको आकांक्षामा कलुषितपना छ । राष्ट्रलाई घात गर्ने नियत छ । त्यसैले समाधान भनेको तीन ठूला पार्टी एकढिक्का हुनमा नै छ । सरकारमा भए पनि नभए पनि एक ठाउँमा उभिए भने कुनै निकास निकालेर अगाडि जान सकिन्छ । तीनवटै पार्टी एक ठाउँमा उभिए भने ती पार्टीको आन्तरिक गुटबन्दी पनि कमजोर हुन्छ । आन्तरिक गुटबन्दी कमजोर पार्दै तीनवटै पार्टी एक ठाउँँमा उभिए भने विदेशीहरूले हामीमाथि आँखा लगाएर हामीलाई तल पार्न सक्दैनन् ।
तीन दल एक ठाउँमा उभिँदा मधेसमा त्यसको प्रभाव नपर्ने भने होइन । मधेसमा अलिअलि आगो पनि बल्ला, तर धेरै ठूलो असर पार्दैन । एक सुरक्षाविद्ले मलाई भन्दै थिए– ‘१०÷१२ जना मधेसीको कलुषित भावनालाई सुमसुम्याउँदा सुम्सुम्याउँदै राजनीतिक दलहरूले देशलाई नै संकटमा पार्ने भए ।’ वास्तवमा तिनीहरू मधेसका प्रतिनिधि होइनन् । मधेसका प्रतिनिधि नभएका मान्छेलाई मधेसका प्रतिनिधि ठानेर गिरिजाप्रसाद कोइरालाकै पालादेखि हँुदै नहुने सम्झौता गर्दैगर्दै गएर यो संकटमा देशलाई पु¥याएको हो । र, अहिले पनि संविधान संशोधन गरे भने देश झन् ठूलो संकटमा जान्छ । देश संकटमा जाँदा सुरक्षा निकाय चुप लागेर बस्नुहुँदैन भनेर सुरक्षा निकायका मानिसहरू पनि बोल्न थालेका छन् । यो पनि एउटा वास्तविकता हो । अहिले मधेसका १०÷१२ जनाले जे बोलिरहेका छन्, त्यो मधेस बोलेको होइन । उनीहरूको निजी स्वार्थ मात्र बोलेको हो । मधेसी दलबाहेकका दलका नेताहरू पनि नेपाली जनताको भावना बोल्नेभन्दा पनि स्वार्थ नै बोलेको छ । त्यसकारण, स्वार्थ नै स्वार्थको टकराव ज्यादै नै गम्भीर देखिन्छ । त्यसैले, प्रदेश एउटा वा दुइटा बनाएर केही फरक पर्दैन । किनभने, भूगोल नै एउटा आपराधिक गतिविधि होइन । त्यहाँका नेता, जनता, त्यसलाई खेलाउने खेलाडीहरू दुष्कर्मी भएर मात्र कुरा बिग्रिएको हो ।
यो परिवेशभित्र विभिन्न खेल छन् । एउटा त चुनाव हुन नदिने खेल छ । निर्वाचन भइहाल्यो भने पनि पार्टीभित्रको विग्रहले अहिलेका नेताहरूले जसरी म नै देशको एक नम्बर हुँ भन्ने ढंगको जुन अनुभूति छ, त्यसलाई तहसनहस बनाउने अर्को खेल छ । त्यो तहसनहस बनाउने भनेकोे एमालेभित्र जति चक्लाहरू छन्, जति चिराहरू छन्, त्यसलाई चर्काइदिने हो । कांग्रेसभित्र पनि चर्काइदिने हो । एमाओवादी त चर्केकै छ । त्यसो भयो भने देश हाँक्ने मै हुँ भन्ने अहिलेका नेताहरूको अहं पनि टुट्ने भयो, मधेसीको अहं पनि टुट्ने भयो । त्यसपछि अराजक दृश्य अगाडि आउँछ । पार्टीभित्र चाहे त्यो एमाले, कांग्रेस वा माओवादी होस्, तिनीहरूको आन्तरिक समझदारी ज्यादै कमजोर छ । त्यसमा विपक्षीले खेल्छन् । आफू कमजोर भएपछि जसले पनि खेल्छन् । आफू बलियो भए अर्कालाई गाली गर्नैपर्दैन । आफूचाहिँ कमजोर हुने, चक्ला–चक्ला बनाउने अनि अर्कालाई गाली गरेर, मेरो खुट्टा तान्यो भनेर के अर्थ हुन्छ ? म त एमालेका नेताहरूलाई नै भन्छु– ‘पार्टीका नेताहरू नै जिम्मेवार भएनन् ।’ मैले मात्र सबै कुरा जानेको छु भनेपछि कसैको सल्लाह पनि चाहिएन, कुराकानी गर्नु पनि परेन, विचारविमर्श पनि गर्नुपरेन । त्यसो भएपछि आन्तरिक गुट चर्किन्छ नै । आन्तरिक गुट चर्केपछि त्यहाँ अर्काले खेल्छन् । दोषचाहिँ अर्कालाई लगाउने हाम्रो संस्कार नै बनिसकेको छ । यो संस्कार, प्रवृत्ति एमालेमा पनि छ । प्रचण्डलाई मिलाएर राख्न नसक्ने अनि प्रचण्डलाई भारतले खेलायो भन्नुको के अर्थ भयो ? प्रधानमन्त्री हुने चाहना प्रचण्डको पनि हो, हाम्रो पार्टी एमालेका अध्यक्षको पनि हो भने ती दुवैको चाहनालाई कसरी मिलाउने भन्ने कुरा गरेको भए त्यो गठबन्धन टिक्थ्यो । त्यो गठबन्धन टिकेको भए स्थिति योभन्दा बेग्लै हुन सक्थ्यो । त्यसकारण, आन्तरिक स्थिति मजबुत बनाएर तीन पार्टी एक ठाउँमा उभिए भने देश बाँच्छ नत्र भने जता फर्के पनि संकट छ ।
कुराकानीमा आधारित
सम्बन्धित समाचार
- जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक
- नयाँ सरकार बनेपछि निराशा हट्दै गएको छ : गृहमन्त्री
- पूर्व डीआइजी रमेश खरेलविरुद्ध अख्तियारमा मुद्दा दायर
- समय आउँछ, मदन–आश्रितको हत्यारा पत्ता लाग्छ : अध्यक्ष ओली
- ३५ जिल्ला न्यायाधीश सिफारिस (सूचीसहित)
- बालुवाटारमा नयाँ गठबन्धनको बैठक जारी
- ९ वर्षीया बालिका बलात्कार गर्ने ८६ वर्षीय वृद्धलाई जन्मकैद
- माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै
- सन्दीप लामिछानेविरुद्ध मुद्दाको पेसी आज
- शेखर कोइरालाले उद्घाटन गर्ने सम्मेलन संस्थापनले बहिस्कार गर्ने
- निषेधित क्षेत्र घोषणाविरुद्धको रिटमा आज सुनुवाइ
- एमाले केन्द्रीय कमिटीको बैठक आज बस्दै
Leave a Reply