असक्षम कार्यकारी जोगाउन अध्यक्ष नै सक्रिय
काठमाडौं । जीपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्रका कार्यकारी निर्देशक असक्षम भएकाले बर्खास्तगीको पहल भइरहँदा उनलाई जोगाउन केन्द्रका अध्यक्ष डा. किरण रेग्मी नै लागेको पाइएको छ । ११ सदस्यीय बोर्डमा कार्यकारी र अध्यक्ष दुवै चिकित्सक पृष्ठभूमिका भएकाले एकले अर्कोलाई जोगाउन लागिपरेको बताइन्छ ।
बोर्डमा ११ सदस्यमध्ये केही राजनीतिक पृष्ठभूमिका साथै केही मन्त्रालयका सचिवहरू पदेन रहनेछन् । बहुमत बोर्ड सदस्यले अर्थ मन्त्रालयको स्वीकृतिबेगर मनोमानी ढंगले कार्यकारी निर्देशकले सुविधा लिने गरेको भन्दै उक्त सुविधा खोस्ने निर्णय भइसकेको भए पनि अध्यक्ष रेग्मीकै बचाउका कारण लागू हुन सकेको छैन ।
उनले बहुमत बोर्ड सदस्यको लिखित आग्रह भइसक्दा पनि बोर्ड बैठक नबोलाउनुले उनको भूमिका संस्थाको हितमा भन्दा पनि कार्यकारी निर्देशकको हितको रहेको स्पष्ट भएको एक सदस्यले बताए ।
कार्यकारी निर्देशक भण्डारीले सुविधा लिने तर काठमाडौंमै बसेर घाम तापेर तलब पकाउने गरेकाले उनको सर्वत्र विरोध भएको छ । विगतमा डा. यज्ञबहादुर भण्डारीलाई वीर अस्पतालमा उपकार्यकारी निर्देशक बनाइएको थियो । पछि सरकारले हटाएपछि उनी सर्वोच्चको अन्तरिम आदेश ल्याएर उक्त पदमा आएका हुन् । पछि अति गरेपछि निकै ज्याद्रो किसिमको भण्डारीलाई हटाउन सरकारले ऐन नै परिवर्तन गरी उक्त पद नै खारेज गरेको थियो ।
तत्काल बैठक डाक्दा बोर्ड सदस्यहरूले असक्षमको आरोप लगाउँदै कार्यकारी निर्देशकको राजीनामा माग्ने भएपछि बैठक नै पर सारिएको बताइएको छ । अहिले कार्यकारी निर्देशक हटाउ अभियानको नेतृत्व सदस्य टीकाराम पंगेनीले गरेका छन् ।
सम्बन्धित समाचार
-
ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
-
हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
-
निगुरो टिपेर लाखौं कमाई
-
पूर्व डीआइजी रमेश खरेलविरुद्ध अख्तियारमा मुद्दा दायर
- विशेष अदालत बार एसोसियसनमा एमाले निकट पीपीएलएको प्यानल नै निर्वाचित
-
समय आउँछ, मदन–आश्रितको हत्यारा पत्ता लाग्छ : अध्यक्ष ओली
-
३५ जिल्ला न्यायाधीश सिफारिस (सूचीसहित)
-
बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
-
स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
-
कान्तिपुरविरुद्ध रविको उजुरी
-
किराँतीलाई मन्त्रीबाट बर्खास्त गर्न कमल थापाको माग
Leave a Reply