गिरिजाको नामको संस्था अविभावक विहीन
काठमाडौं । गणतन्त्र स्थापनापछि मुलुककै अभिभावक बनेका दिवंगत गिरिजाप्रसाद कोइरालाको नाममा स्थापना भएको संस्था आफैं भने अभिभावकविहीन बन्न पुगेको छ । उनको नाममा स्थापना भएको जीपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्र अचेल नेतृत्वविहीन बन्न पुगेको हो ।
केन्द्र सञ्चालनका लागि स्वास्थ्य मन्त्रालयका १२औं तहका चिकित्सकको नेतृत्वमा ११ सदस्यीय बोर्ड र डा. यज्ञबहादुर भण्डारी कार्यकारी निर्देशकका रूपमा नियुक्त भए पनि कसैले संस्थालाई सुधारका लागि पहल नगरेर बेवारिसे छाडिदिएको कर्मचारीहरूको आरोप छ ।
अध्यक्ष डा. किरण रेग्मीले अस्पताल व्यवस्थापनका लागि नीतिगत निर्णय लिन बैठक नै नडाक्ने र कार्यकारी निर्देशक डा. भण्डारी काठमाडौंका विभिन्न क्लिनिकमा बिरामी जाँचेर बस्ने तथा कार्यक्षेत्रमा नजाने गर्दा उपचार केन्द्र अभिभावकविहीन बनेको कर्मचारीहरू बताउँछन् ।
पछिल्लो समय दुलेगौंडा तनहुँको सेतीगंगा सामुदायिक अस्पताल पनि उपचार केन्द्रमा समायोजन गर्ने र एकीकृत सेवा प्रवाह गर्ने भनेर मन्त्रिपरिषद् बैठकले निर्णय गरेको थियो । त्यसयता सेवा समायोजन भए पनि अस्पताल व्यवस्थापन भने लथालिंग छ । अस्पतालमा दुवैतिरका गरी २३ कर्मचारी छन् । तर, तिनले तलब खान नपाएको करिब ६ महिना भइसकेको छ । एक्सरे मेसिन बिग्रिएर मर्मत गर्न पाइएको छैन भने चिकित्सकहरू पनि लाखापाखा लागेका छन् ।
अस्पतालमा लेखापालको व्यवस्था नभएकाले तलब निकासा गर्न नसकिएको भनिएको भए पनि खासमा सञ्चालक समितिले लेखापाल व्यवस्था गर्न नै पहल नगरेको बताइन्छ । अवस्था यस्तै रहे कर्मचारीहरू अस्पतालको सेवा ठप्प पारेर तालाबन्दी गर्न बाध्य हुने एक कर्मचारीले नाम नबताउने सर्तमा बुधबारलाई जानकारी दिए ।
सम्बन्धित समाचार
- बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- कान्तिपुरविरुद्ध रविको उजुरी
- किराँतीलाई मन्त्रीबाट बर्खास्त गर्न कमल थापाको माग
- कांग्रेसको मधेश प्रदेश सम्मेलन आजदेखि सुरु
- चीनमा शक्तिशाली भूकम्प, एक सयभन्दा बढीको मृत्यु
- बोलेरोले ठक्कर दिँदा शिक्षक र लेखापालको मृत्यु
- नेकपा एसको सचिवालय बैठक बस्दै, महाधिवेशनको नयाँ मिति तय हुने
- कांग्रेसको लुम्बिनी प्रदेश सम्मेलन आजदेखि
- भुटानी शरणार्थी प्रकरण: टोपबहादुर रायमाझीसहित ८ जनालाई पुर्पक्षका लगि थुनामा राख्ने आदेश सदर
- आचार्य श्रीनिवास पक्राउ
- प्रचण्डलाई सिंहदबारको कुर्सीबाट माइतीघरमा पछार्ने तागत छ : महेश बस्नेत
Leave a Reply