घूस लिने अर्याललाई उन्मुक्ति दिने प्रपञ्च
काठमाडौं । पुनरावेदन अदालत पाटनका नायब सुब्बा विष्णु अर्याल गत पुस २२ गते ३ लाख रुपैयाँ घूससहित रंगेहात पक्राउ परेपछि अदालतमा कतिसम्मको सेटिङ हुँदो रहेछ भन्ने पुष्टि भएको छ । उक्त घटनाका दोषी अर्याललाई अदालतको माथिल्लो निकायका अधिकारीहरूले समेत संरक्षण गरेकाले उन्मुक्ति दिने षड्यन्त्रसमेत भइरहेको बताइन्छ । उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले घूस लिंँदै गरेको अवस्थामा पक्राउ गरेको थियो ।
ज्यान मार्ने उद्योगका प्रतिवादीलाई अदालतबाट सफाइ पाएपछि अन्य मुद्दामा फसाइदिने धम्की दिई विभिन्न बहानामा घूस रकम माग गरिरहेको भन्ने सूचना एवं उजुरीका आधारमा आयोग टोलीले उनलाई पक्राउ गरेको हो । आयोगको कार्यालयबाट खटिई गएको टोलीले ३ लाख रुपैयाँ घूससहित अभियुक्त अर्याललाई नियन्त्रणमा लिएको थियो ।
सातदोबाटोस्थित सेल्सबेरी डिपार्टमेन्ट स्टोरको पहिलो तलामा रहेको बाजेको सेकुवा पसलबाट उनलाई नियन्त्रणमा लिइएको थियो । न्याय प्रशासन ऐनको दफा २४ अनुसार उनको अभियोगउपर आन्तरिक छानबिन भइरहेको तर निलम्बन नभएको उक्त अदालतका स्रेस्तेदार बाबुराम दाहालले जानकारी दिए ।
उक्त प्रकरणपछि सर्वोच्च अदालतका सहरजिस्ट्रार नृपध्वज अधिकारीलाई जाँचबुझ अधिकारी तोकेर छानबिन भइरहेको बताइन्छ । नासु अर्यालको सेटिङ माथिसम्म रहेकाले उनलाई उन्मुक्ति दिनकै लागि सबै प्रपञ्च रचिएको बताइएको छ ।
यसअघि पनि विभिन्न मुद्दा मामिलामा सेटिङ र लेनदेन भएको भन्दै विवाद सिर्जना भएको थियो । स्रेस्तेदार दाहालविरुद्ध भने यसअघि उजुरी परेको थियो । न्यायपरिषद् र सर्वोच्चमा समेत उजुरी परेपछि स्रेस्तेदार दाहाल आफ्नो निर्णयबाट पछि हट्न बाध्य हुनुपरेको थियो ।
सम्बन्धित समाचार
-
ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
-
हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
-
निगुरो टिपेर लाखौं कमाई
-
पूर्व डीआइजी रमेश खरेलविरुद्ध अख्तियारमा मुद्दा दायर
- विशेष अदालत बार एसोसियसनमा एमाले निकट पीपीएलएको प्यानल नै निर्वाचित
-
समय आउँछ, मदन–आश्रितको हत्यारा पत्ता लाग्छ : अध्यक्ष ओली
-
३५ जिल्ला न्यायाधीश सिफारिस (सूचीसहित)
-
बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
-
स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
-
कान्तिपुरविरुद्ध रविको उजुरी
-
किराँतीलाई मन्त्रीबाट बर्खास्त गर्न कमल थापाको माग
Leave a Reply