अधिकृतको परीक्षक आईए उत्तीर्ण !
काठमाडौं । लोकसेवा आयोगको अधिकृत स्तरको जाँच लिने परीक्षकको शैक्षिक योग्यता कति हुनुपर्छ ? परीक्षार्थी नै स्नातक उत्तीर्ण गरेका मात्र हुने भएकाले कापी जाँच्ने स्नातकोत्तर उत्तीर्ण वा त्यो नभए पक्कै पनि कम्तीमा स्नातक तह उत्तीर्ण गरेको हुनैपर्छ । तर, जम्मा आईकम पास गरेको व्यक्तिले अधिकृतको जाँच लिने गरेको भन्दा जोकोहीलाई अपत्यारिलो लाग्नु स्वभाविक नै हो ।
स्रोतका अनुसार राजधानीमा ‘आभास’ नामक एक संस्था सञ्चालन गर्दै आएका पुरुषोत्तम घिमिरेले लोकसेवा आयोगलाई समेत गुमराहमा राखेर अधिकृत स्तरको परीक्षण गर्ने गरेका छन् । जम्मा आईकम उत्तीर्ण गरेका घिमिरेकोे त्यो संस्थाको मुख्य काम भनेको अधिकृतलाई अडियो–भिडियोसम्बन्धी जाँच लिने हो । सेना, प्रहरी तथा सशस्त्र प्रहरीलाई अडियो–भिडियोसम्बन्धी तालिम पनि यिनैले दिने गरेका छन् । त्यो तालिमको अंकभार सेना, प्रहरीको बढुवामा जोडिने गर्छ । तर, घिमिरेले तालिम नै नदिई १० हजार रुपैया लिँदै प्रमाणपत्र बेच्ने गरेको स्रोतको दाबी छ । डिप्लोमा तहको तालिम सञ्चालन गर्न पनि सञ्चालक कम्तीमा डिप्लोमा पास गरेको हुनुपर्छ, तर हाल जोरपाटीमा बस्दै आएका आईकम पास घिमिरेले १० हजारमा बचेका प्रमाणपत्र लिएर सेना र प्रहरीमा सयौं बढुवा भइसकेको स्रोतले बतायो ।
सम्बन्धित समाचार
-
ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
-
हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
-
निगुरो टिपेर लाखौं कमाई
-
पूर्व डीआइजी रमेश खरेलविरुद्ध अख्तियारमा मुद्दा दायर
- विशेष अदालत बार एसोसियसनमा एमाले निकट पीपीएलएको प्यानल नै निर्वाचित
-
समय आउँछ, मदन–आश्रितको हत्यारा पत्ता लाग्छ : अध्यक्ष ओली
-
३५ जिल्ला न्यायाधीश सिफारिस (सूचीसहित)
-
बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
-
स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
-
कान्तिपुरविरुद्ध रविको उजुरी
-
किराँतीलाई मन्त्रीबाट बर्खास्त गर्न कमल थापाको माग
Leave a Reply