वायुसेवामा आफूखुसी कामकाज
काठमाडौं । नेपाल वायुसेवा निगममा कर्मचारीहरू खटाएको जिम्मेवारीमा जाने गरेका छैनन् । अधिकांश हाकिमहरूले कार्यालयले खटाएको विभाग नसम्हाल्दा निगम नै अस्तव्यस्त बनेको हो ।
पछिल्लो समय निगमले चारवटा विभागीय निर्देशकहरूको सरुवा गरेको छ, तर उनीहरू आफ्नो विभाग सम्हाल्न नजाँदा निगमको काम नै प्रभावित भएको बताइन्छ । निगममा आठौं तहका कर्मचारीलाई १०औं तहले सम्हाल्ने विभागीय निर्देशकको जिम्मेवारी सुम्पिएको छ, तर ती कर्मचारी आफ्नो विभाग अझै गएका छैनन् । आठौं तहका रवीन्द्र श्रेष्ठलाई अफिस सेटिङ विभागको निर्देशक बनाइएको छ । तर, श्रेष्ठ त्यत्रो सम्मान गरिँदा पनि अझैं अर्थ विभाग छोड्न मानिरहेका छैनन् ।
अर्थमा बसेर बिल घोटाला गर्न पाउने र अर्बाैंको खरिदमा मोटो कमिसनसमेत लिन पाउने भएकाले उनले उक्त विभाग छोड्न नसकेको बुझिएको छ । पहिले पनि हेरफेर भएका निर्देशकहरूले माथिको पावर लगाउँदै अनाकर्षक स्थानमा भएको सरुवा बदर गराएका थिए । माओवादीको हुल ल्याएर होहल्ला गरेपछि महाप्रबन्धक सुगतरत्न कंसाकारले उक्त सरुवा रोक्न बाध्य भएका थिए । पछिल्लोपटक चारजना विभागीय निर्देशकहरूको हेरफेर भएकामा श्रेष्ठले अर्थ विभाग छोड्न नमान्दा अन्य विभागहरूमा पनि कार्यविभाजन हुन नसकेको एक कर्मचारीले बताए । यसले गर्दा दुई हप्तादेखि कार्यालयको काम अस्तवयस्त भएको बताइन्छ ।
सम्बन्धित समाचार
- बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- कान्तिपुरविरुद्ध रविको उजुरी
- किराँतीलाई मन्त्रीबाट बर्खास्त गर्न कमल थापाको माग
- कांग्रेसको मधेश प्रदेश सम्मेलन आजदेखि सुरु
- चीनमा शक्तिशाली भूकम्प, एक सयभन्दा बढीको मृत्यु
- बोलेरोले ठक्कर दिँदा शिक्षक र लेखापालको मृत्यु
- नेकपा एसको सचिवालय बैठक बस्दै, महाधिवेशनको नयाँ मिति तय हुने
- कांग्रेसको लुम्बिनी प्रदेश सम्मेलन आजदेखि
- भुटानी शरणार्थी प्रकरण: टोपबहादुर रायमाझीसहित ८ जनालाई पुर्पक्षका लगि थुनामा राख्ने आदेश सदर
- आचार्य श्रीनिवास पक्राउ
- प्रचण्डलाई सिंहदबारको कुर्सीबाट माइतीघरमा पछार्ने तागत छ : महेश बस्नेत
Leave a Reply