द्वन्द्वकालीन समयकै वरिपरि
भ-याङ, एउटा यस्तो वस्तु÷विम्ब हो, जसको सहाराविना कुनै पनि मानिस उपल्लो तहमा पुग्न सक्दैन । माथि उक्लिनका लागि भ¥याङको आवश्यकता अवश्य नै पर्दछ । भ¥याङको सहाराविना माथि उक्लिने कल्पना सायदै गर्न सकिएला ।
साहित्यकार प्रदीप नेपालको नयाँ कृति ‘आमाको मन’ भित्रको एउटा उपन्यासिकाको शीर्षक हो– ‘भ¥याङ’ । उनले भ¥याङलाई एउटा विम्बका रूपमा उभ्याएका छन् । नेपाली ग्रामीण भेगका भ¥याङका रूपमा होइन, नेपालको राजनीतिमा भ¥याङ उक्लिने प्रवृत्ति बोकेका पात्रप्रति उनको हेराइ यो उपन्यासिकामा देखिएको छ ।
मूलतः उपन्यासिका भनिए पनि लामो कथाको संरचनामा लेखिएको ‘भ¥याङ’ ले महŒवाकांक्षा र अवसरवादका सोपानहरू उक्लिएर आफूलाई स्थापित गर्ने एउटा पात्रको चारित्रिक विशेषताबारे उल्लेख गरिएको छ । एउटा ग्रामीण भेगमा जन्मिएका र तीक्ष्ण बुद्धि भएका बालकले आफ्नो महŒवाकांक्षा र स्वार्थलाई सफल तुल्याउन जीवनमा के–कस्ता भ¥याङहरूको प्रयोग गर्छन् ? यही सेरोफेरोमा कथावस्तु घुमेका छन् । अरूलाई भ¥याङ बनाएर आफू माथि उक्लिन सिपालु ती पात्रले विद्यालयकालमा इसाई धर्मावलम्बी अमेरिकी शिक्षक÷शिक्षिकालाई भ¥याङ बनाउछन् भने भारतमा उच्च अध्ययन गर्न जाँदा दिल्लीस्थित नेपाली राजदूतलाई भ¥याङ बनाउँछन् । यसरी, उनका भ¥याङ बन्नेमा मोहनविक्रम सिंह, ऋषिकेष शाहजस्ता व्यक्तिहरू पनि हुन्छन् ।
‘भ¥याङ’ मार्फत नेपाली बुद्धिजीवीहरूका प्रवृत्तिलाई उधिन्न चाहे पनि यो कथाको मुख्य चरित्र भने नेता डा. बाबुराम भट्टराईसित मिल्दोजुल्दो देखिन्छ । कथा पढ्दै जाँदा डा. भट्टराईका विम्बहरू दिमागमा नाच्नु स्वाभाविक देखिन्छ ।
‘भ¥याङ’ को चरित्र जसरी डा. भट्टराईसँग मिल्ने देखिन्छ, ‘आमाको मन’ को मुख्य पात्रको चरित्र माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भित्र सहजै खोज्न सकिन्छ । आफैंले सौताका रूपमा भिœयाएका आफ्नी बहिनीकी छोरा र आफ्ना छोरालाई जुम्ल्याहा दाजुभाइको व्यवहार गरेर बराबरी शिक्षादीक्षा दिए पनि ती दाजुभाइको व्यवहार समान खालका हुँदैनन् । आफ्ना छोरा सोझा हुन्छन् भने बहिनीकी छोरा भने निकै चलाख, बाठा र अरूलाई छक्काउने स्वभावको हुन्छ । उच्च अध्ययनकै क्रममा राजनीतितिर मोडिएका ती पात्रप्रति आफ्नै भाइको प्रतिक्रिया यस्तो छ, ‘क्याम्पसभरिको बाँठो भन्छन् सबैले । अहिलेसम्म आफ्नो सामु पर्नेलाई लट्ठ नपारेको थाहा छैन । वशीकरण मन्त्र जानेको छ भन्छन् मान्छे । हामीले पो जन्मैदेखि त्यसको छलकपट जानेका छौं र कुन झूटो कुन सही भनी पत्ता लाउन सक्छौं । अरूलाई आकाश पातालै एक गरिदिन्छ । मोहनी नै लाइदिन्छ अगाडि बसेर कुरा सुन्नेलाई ।’
आफ्ना सन्तानप्रति आमाको मन कस्तो हुन्छ, आमाहरू कति कोमल हुन्छन् भन्ने पक्ष उतार्न चाहेको यो उपन्यासिकामा एउटा पात्रका चरित्र र विशेषतालाई कोट्याउने प्रयत्न गरे पनि मूलतः माओवादी जनयुद्धकै पृष्ठभूमिमा लेखिएको छ । तर, ‘भ¥याङ’ मा डा. भट्टराई जुन हिसाबले उछितो काढिएको छ, यसमा भने प्रचण्डलाई केही माया गरेजस्तो अनुभूति हुन्छ ।
तेस्रो उपन्यासिका ‘पण्डितजी’ मा भने पूरै माओवादी ज्यादतीको पर्दाफास गरिएको छ । दोलखाको ध्याङसुकाठोकरका एकजना खाँटी पण्डितको जीवनकथा र व्यथा उतार्ने दिशामा यो उपन्यासिका केन्द्रित छ । पहिला प्रधानपञ्च भएका र बहुदल आएपछि एमालेका तर्फबाट गाविस अध्यक्षसमेत चुनिएका पण्डित टीकाप्रसाद चापागाईं विशुद्ध ब्राह्मण खानपिन र आचरणमा बसेका व्यक्ति हुन् । तर, माओवादीकालमा उनीमाथि यति ठूलो ज्यादती हुन्छ, गाउँकै दलितले छोएको खानेकुरा ख्वाउने, गोरुको मासु ख्वाउनेजस्ता हर्कत माओवादीका कार्यकर्ताहरूले गर्छन् । माओवादीका यस्ता क्रियाकलापबाट रन्थनिएका उनले आफ्ना गाउँको घर छाडेर बेंसीमा रहेको गोठमा बस्ने निधो गर्छन् । मूलतः यो उपन्यासिकाले माओवादी ज्यादतीको पराकाष्ठा उतार्न खोजेको छ ।
नेपालका यी तीनवटै उपन्यासिकाले विगतको द्वन्द्वकालतिरै फर्काउँछ । द्वन्द्वले नेपाली समाजभित्र पारेका कुप्रभाव र मानिसहरूमा जगाएको त्रास र वितृष्णाबोधको पर्दा उघार्न यी उपन्यासिकाहरू सफल ठहरिएका छन् ।
कृति: आमाको मन
विधा: उपन्यासिका
उपन्यासकार: प्रदीप नेपाल
प्रकाशक : ओरियन्टल पब्लिकेसन
पृष्ठ ः १६४
मूल्य: रु. २२५।–
सम्बन्धित समाचार
- एमालेको संकल्प यात्रा अभियान लुम्बिनीमा प्रवेश
- एमाले सुदूरपश्चिम प्रदेश अध्यक्षमा तीन जनाको दाबी
- पर्यटक आकर्षणको केन्द्र बन्दै बागलुङको ‘रिग क्षेत्र’
- पेरुको पहाडमा बस दुर्घटना, १३ जनाको मृत्यु
- झपक्कै फुल्यो आँप
- Golanjor
- चितवनमा कांग्रेस उम्मेदवार उमेश श्रेष्ठको गाडी तोडफोड
- खाना पकाउने ग्यासको छिट्टै दुई थरी मूल्य
- ज्ञानेन्द्र शाहीले गरे राप्रपामा प्रवेश
- राष्ट्रपति भण्डारीले पहिलो सिन्धुलीगढी युद्ध संग्रहालयको उद्घाटन गर्दै
- जिन्दगीसँग सवालजवाफ
- संस्कृतिविद्को परिचयवृत्त
Leave a Reply