समृद्ध नेपालका सपनाहरूको सँगालो
‘देश तानाशाह र अतिवादबाट थिलथिलिएको अवस्थामा मान्छेहरूका सपनाहरू प्रायः खजमजिन्छन् । ती सपनाहरू मूच्र्छित भइरहन दिनुहुँदैन । कुनै देश जब भविष्यप्रति आशावादी हुन्छ, सुन्दर भविष्यको सपना देख्छ ।’
वर्तमानको राजनीतिक केन्द्रबिन्दुमा रहेका नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीको नौमहिने प्रधानमन्त्रीत्वकाल ऐतिहासिक बन्यो । त्यो कार्यकाल ऐतिहासिक यसकारण पनि रह्यो कि प्रधानमन्त्री ओलीले नेपाल र नेपालीका सुन्दर भविष्यको सपना र त्यसको खाकामा मुलुकलाई डो¥याउन भरमग्दुर प्रयत्न गर्नुभयो । भाषणकलामा निपुण ओलीले मुलुकलाई स्वाधीनता र आत्मनिर्भताको यात्रामा लम्काउन महŒवपूर्ण कदम पनि चाल्नुभयो । त्यही कदम र कोसिसका कारण देशभित्र र बाहिरबाट घेराबन्दी भए पनि कत्ति पनि विचलित नभई राष्ट्रिय स्वाधीनताको पक्षमा ओलीले आफू, पार्टी र जनतालाई हिँडाइरहनुभयो । प्रधानमन्त्री हुनुअघि र पदबाट बाहिरिएपछि पनि उहाँका ती सोचाइहरू यथावत् थिए र छन्, तर मुलुकको कार्यकारी प्रमुख हुँदा उहाँले राखेको विकास र समृद्धिसम्बन्धी सोच र भाषणहरू प्रभावशाली तथा प्रेरणास्पद रहेका प्रमाणका रूपमा ‘म प्रधानमन्त्री हुँदा’ पुस्तक बजारमा आएको छ ।
ओलीकाल नेपालको एउटा इतिहास र आयामलाई हल्लाएर सुखी नेपाली र समृद्ध नेपालको गन्तव्यमा सबैलाई तान्न सक्ने सामथ्र्य राख्न सफल रह्यो । यो कुरा विरोधीहरू पनि स्विकार्छन् । संकटकै बेलामा नेताहरूको परीक्षण हुने भएकाले ओलीलाई उहाँको कार्यकालको संकटले राजनेता बनाउने अवसर पनि प्रदान ग¥यो । सायद, उहाँको लोकप्रियता र समुन्नत मुलुकको सोचले काम गरेमा आफ्ना राजनीतिक दोकानहरू बन्द हुने खतराले होला, सत्ता गठबन्धन र अन्य पक्षबाट उहाँलाई अचानक अविश्वास प्रस्तावको चक्रव्यूहका माध्यमबाट मुलुकको प्रधानमन्त्रीमा रहिरहन दिइएन ।
प्रधानमन्त्रीहरू विभिन्न औपचारिक सम्बोधन, भाषण र मुख्य अन्तर्वार्तालाई प्रतिनिधिका रूपमा सम्पादनसहित हालै प्रकाशित ‘म प्रधानमन्त्री हुँदा’ पुस्तकले समेटेको छ । सो पुस्तक लोकार्पण कार्यक्रम आयोजनाको विशिष्टता र मौलिकताले पनि राजनीतिक बजारमा चर्चा पाएको थियो । पार्टीका नेताहरूसमेतलाई श्रोता बनाएर एमालेभन्दा फरक विचारधाराका लेखक र टिप्पणीकारबाट समीक्षा गराएर प्रेस चौतारी नेपालको आयोजनामा भएको विमोचन कार्यक्रममा अध्यक्ष ओलीको लोकप्रियताको थप मापन भएको छ, जहाँ आगामी निर्वाचनमा अन्यथा नभए एमालेले ‘स्विप आउट’ गर्छ भन्नेजस्ता उत्साहप्रद अभिव्यक्ति पनि प्रकट भएका थिए ।
‘म प्रधानमन्त्री हुँदा’ भाषण र मन्तव्यहरूको सँगालो भईकन पनि यसले कृतिको रूप लिएको छ । यस रूपमा आउनुमा उहाँको पार्टी, सचिवालय र शुभेच्छुकहरूको निरन्तर प्रोत्साहन पनि हो । भूकम्पपछिको पुनर्निर्माणमा मुलुकलाई हिँडाउनुपर्ने बाध्यताका बीच नयाँ संविधानको कार्यान्वयन, निर्वाचनलगायत अन्य कानुनको निर्माणको चटारोका बेला छिमेकी भारतले नेपालका आफूले चाहेविपरीत संविधान बनेको र सरकार बनेको भन्ने आधारमा नेपालमाथि अघोषित नाकाबन्दी लगाएका कारण तत्कालीन प्रधानमन्त्री ओलीलाई काम गर्न कम्ती चुनौती थिएन भन्ने जगजाहेर छ । त्यस अवस्थामा पनि स्वाभिमानका साथ नेपालीहरूको शिर झुक्न नदिएर भारतको नाकाबन्दी अनुचित रहेको तथ्यलाई अन्तर्राष्ट्रिय जगत्मा लाँदै नाकाबन्दी नहटाइए भारतको औपचारिक भ्रमणमा समेत नजाने घोषणा गरेर ओली राष्ट्रिय स्वाधीनताको मियो बन्न सफल हुनुभयो । ओलीको त्यो अडानले नेपालभित्र भारतले पेट्रोलियम पदार्थ नदिए अर्काे छिमेकी मुलुक चीनसँग पारवहन सम्झौता गर्नुपर्ने, स्वदेशमा भएका खानीको सम्भाव्यता खोजी गरिनुपर्ने, वैकल्पिक ऊर्जालगायतका साधनमा अध्ययन गरिनुपर्ने दबाब बढ्यो । त्यस्तो दबाब जगाउन र त्यसलाई संरक्षण गर्न ओली अग्रसर हुँदै चीनको औपचारिक भ्रमणका अवसरमा पारवहन सम्झौतामा हस्ताक्षर गरेपछि एमालेइतरबाट पनि ओलीलाई राष्ट्रियताका पक्षमा दृढ अडानयुक्त र सुझबुझयुक्त नेताका रूपमा हेरियो । ओलीले ती काम कुनै लुकीछिपी गर्नुभएको थिएन, सोची, बिचारी, पूर्वमान्यता र सरकारको औपचारिक निर्णयको पृष्ठभूमिमा गर्नुभएको थियो । ओलीकालका तिनै ऐतिहासिक घटनाक्रमलाई सम्झन, सम्मान गर्न, इतिहासलाई अभिलेख हस्तान्तरण गर्न ‘म प्रधानमन्त्री हुँदा’ पुस्तकको अनिवार्यता थियो ।
सञ्चार माध्यममा तोडमोड गरिएका वा अपुरो भनाइ सुनेका आधारमा ओलीलाई हावामा बिजुली ल्याउने, भान्छामा पाइपबाट ग्याँस ल्याउने हावादारी कुरा गर्ने नेताका रूपमा कतिपयले चित्रण गर्न खोजे पनि उहाँका ती सपना क्रमशः पूरा हुने क्रममा छन् । उहाँका ती अभिव्यक्ति कुन पृष्ठभूमिमा कसरी आएका हुन् भन्ने जान्नका लागि ‘म प्रधानमन्त्री हुँदा’ पुस्तकले महŒवपूर्ण भूमिका खेलेको छ ।
सपना बेचेको नभई जगाइएको कुरालाई ओलीका अधिकांश भाषणमा उल्लेख गरिएको छ । विकास निर्माण विदेशीको वा सरकारको मात्र भर परेर हुँदैन समुदाय आफैं तयार हुनुपर्छ । हामी वीर र विदुषी पुर्खाका सुन्दर सन्तान हौं भन्ने आशय पनि प्रायः छुटेका छैनन् । त्यसो भए हामी नेपाली किन दुःखी र गरिब ? ओलीले धेरैपटक यो प्रश्न उब्जाएर हामीलाई सोच्न बाध्य पार्नुभएको छ, ताकि त्यसको उत्तर दिने क्रममा जनता जागेर राष्ट्रिय स्वाधीनता र आत्मनिर्भरताका लागि तम्तयार हुने स्पष्ट आग्रह यसमा छ ।
प्रधानमन्त्री ओलीका भारत र चीनका औपचारिक भ्रमणका संग्रहनीय तस्बिरसहितको यो पुस्तकको सम्पादकीयमा भनिएझैं ओली अनुचित दबाबका सामु नझुक्ने राजनेता हुनुहुन्छ, तर यहाँ भनिएझैं उहाँ चकात्कारी वा जादुगरी नेता हुनुहुन्छ भन्ने सही हो कि होइन, बहसको विषय हो । जादुगरले भ्रमित कुरा गरेर वा क्षणिक आनन्दका लागि पुरुषार्थ देखाउन सक्छ, तर ६ दशकको राजनीतिक इतिहास बोकेका ओलीले जनताका भाषामा उनीहरूका सपनाहरूको शृंखलामा नेपालीको मनमस्तिष्कलाई जित्न र ठाउँमा पुगेका बेला ती सपनाहरूलाई सार्थक तुल्याउन गरेका सकारात्मक प्रयास जादुगरी हुन सक्दैनन्् । ती जनताको बहुदलीय जनवादका कार्यदिशाअनुकूल व्यावहारिक र यथार्थरपक छन्, तर नौ महिनामै मुलुकका स्वाभिमानको जगलाई स्वात्तै उजिल्याएर ठूलो छिमेकीका अनुचित दबाबलाई देख्न सक्नुलाई चमत्कार भनिनु अन्यथा पनि नहुन सक्छ ।
नयाँ नेपालको धेरै रटान हुने गरे पनि त्यसको खाका दिन नसक्नेहरूका सामुन्ने राजनेता ओलीले सुखी र समृद्ध नेपालको सुन्दर परिकल्पनालाई सरल रूपमा प्रस्तुत गरेर नयाँ इतिहास रच्नुभएको छ, जुन कुरा यस ४२६ पृष्ठकोे पुस्तकबाट थप स्पष्ट हुन्छ । अब आउने प्रधानमन्त्री र नेताहरूलाई ‘ओली डक्ट्रिन’ भन्दा बाहिर वा तल गएर जनताको मन जित्न सक्नेछैनन् भन्ने पनि छर्लङ्ग भएको छ ।
यस्ता पुस्तक र सम्बोधनहरूलाई राज्यले नै प्रकाशन र वितरण तथा यसका आयामहरूलाई आत्मसात् गर्न सक्ने प्रणाली बस्न सके कति राम्रो हुन्थ्यो होला ?
पुस्तक ः ‘म प्रधानमन्त्री हुँदा’ (केपी शर्मा ओलीका मुख्य सम्बोधनहरू)
सम्पादन ः विष्णु रिमाल र शार्दूल भट्टराई
प्रकाशक ः नेकपा (एमाले), केन्द्रीय कार्यालय
मूल्य ः उल्लेख छैन ।
सम्बन्धित समाचार
- एमालेको संकल्प यात्रा अभियान लुम्बिनीमा प्रवेश
- एमाले सुदूरपश्चिम प्रदेश अध्यक्षमा तीन जनाको दाबी
- पर्यटक आकर्षणको केन्द्र बन्दै बागलुङको ‘रिग क्षेत्र’
- पेरुको पहाडमा बस दुर्घटना, १३ जनाको मृत्यु
- झपक्कै फुल्यो आँप
- Golanjor
- चितवनमा कांग्रेस उम्मेदवार उमेश श्रेष्ठको गाडी तोडफोड
- खाना पकाउने ग्यासको छिट्टै दुई थरी मूल्य
- ज्ञानेन्द्र शाहीले गरे राप्रपामा प्रवेश
- राष्ट्रपति भण्डारीले पहिलो सिन्धुलीगढी युद्ध संग्रहालयको उद्घाटन गर्दै
- जिन्दगीसँग सवालजवाफ
- संस्कृतिविद्को परिचयवृत्त
Leave a Reply