१५ दिने तराई अभियानका लागि यस्तो छ एमालेको तयारी
काठमाडौं । ‘राष्ट्रिय एकता, समृद्धि र स्वाभिमान ः संविधानको कार्यान्वयन एमालेको अभियान’ भन्ने मूलनारासहित नेकपा (एमाले) ले फागुन २१ बाट सुरु गर्न लागेको मेची–महाकाली राष्ट्रिय अभियानको तयारी अन्तिम चरणमा पुगेको छ । ७० वर्षभन्दा लामो संघर्षको परिणामस्वरूप संविधानसभाबाट निर्माण भएको नेपालको संविधानलाई असफल बनाउने प्रयत्नमा केही शक्ति लागेकाले त्यसलाई असफल बनाउने भन्दै तराईका सबै जिल्लामा गर्न लागिएको अभियानअन्तर्गत तराईका १५ जिल्लामा १५ स्थानमा एमालेले आमसभा गर्ने गरी त्यसको स्थान तोक्नुका साथै व्यवस्थापन र सहयोगका लागि नेताहरू पनि तोकेको छ ।
अभियानको तयारी र व्यवस्थापनको नेतृत्वका लागि सम्बन्धित प्रदेश प्रमुखलाई तोकिएको छ भने उक्त काममा सहयोग पु¥याउन प्रदेश नं. १ मा योगेश भट्टराई र सुवास नेम्वाङ, प्रदेश नं. २ मा मुकुन्द न्यौपाने र केशव बडाल, प्रदेश नं. ३ मा सुरेन्द्र पाण्डे, अमृत बोहरा र पुष्प कँडेल, प्रदेश नं. ४ मा सोमनाथ प्यासी, प्रदेश नं. ५ मा घनश्याम भुसाल, प्रदीप ज्ञवाली, गोकर्ण विष्ट र शंकर पोखरेल, प्रदेश नं. ६ मा छविलाल विश्वकर्मा र प्रदेश नं. ७ मा पृथ्वी सुब्बा गुरुङलाई जिम्मेवार तोकेको छ ।
मेचीको काँकडभिट्टादेखि महाकालीको महेन्द्रनगर हुँदै सुर्खेतको वीरेन्द्रनगरसम्मको अभियानका लागि अध्यक्ष केपी शर्मा ओली, वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपाल, उपाध्यक्षद्वय वामदेव गौतम र अष्टलक्ष्मी शाक्य, महासचिव ईश्वर पोखरेल, स्थायी कमिटी सदस्यहरू सुवास नेम्वाङ, छविलाल विश्वकर्मा र सत्यनारायण मण्डल सम्मिलित टोली निर्माण गरेको छ । त्यस्तै, टोलीमा तराई–मधेसका केन्द्रीय कमिटीका सदस्य तथा पूर्व सदस्यहरू, सांसद तथा पूर्वसांसदहरू, पूर्वमन्त्रीहरू पनि सम्मिलित हुने एमालेले जनाएको छ । प्रत्येक प्रदेशअन्तर्गतको ¥याली, सभा तथा अभियानमा सो प्रदेशअन्तर्गतका सम्पूर्ण स्थायी कमिटी, पोलिटब्युरो र केन्द्रीय सदस्य, पूर्वकेन्द्रीय सदस्य, केन्द्रीय निकाय र ज्येष्ठ कम्युनिस्ट मञ्चका पदाधिकारी तथा सदस्य, सांसद तथा पूर्वसांसद, पूर्वमन्त्री, प्रदेश कमिटीका सदस्य, केन्द्रीय विभागका सदस्य, पूर्वराष्ट्रिय प्रतिनिधि परिषद् तथा अञ्चल समन्वय कमिटी सदस्य, सम्पर्क समन्वय कमिटी र मातहत सम्पर्क मञ्चका सदस्य, जिल्ला कमिटीका सदस्यलगायत पार्टी तथा जनसंगठनका सबै तहका कमिटी सदस्य तथा पार्टी सदस्यहरू अनिवार्य रूपमा सहभागी हुनुपर्ने एमालेले जनाएको छ । ¥याली तथा सभास्थलका लागि निर्धारण गरिएका प्रत्येक स्थानमा झन्डा, ब्यानर, अपिलका साथ सानाठूला गाडी, मोटरसाइकल र साइकलमा सवार ठूलो जनसमूहको ताँती तयार गर्ने र त्यसले नेताहरूको टोलीलाई एक ठाउँबाट अर्को ठाउँसम्म पु¥याउन जाने तयारीका एमालेले गरेको छ ।
अभियानका कार्यक्रम
अभियानको सुरुवात फागुन २१ गते सुखानी स्मृति दिवसको दिन पारेर काँकडभिट्टाबाट गर्न लागिएको छ । त्यहाँबाट शुभारम्भ हुने कार्यक्रमअन्तर्गत त्यसदिन बिर्तामोड र दमकमा जनसभा हुने जनाइएको छ । त्यस्तै, जनसभाहरू दोस्रो दिन अर्थात् फागुन २२ विराटचोक र इटहरीमा, तेस्रो दिन फागुन २३ मा इनरुवा, राजविराज र कञ्चनपुरमा, फागुन २४ मा गोलबजारमा, २५ गते जनकपुर र बर्दिबासमा, फागुन २६ मा हरिपुर, गरुडा र चन्द्रनिगाहपुरमा, फागुन २७ गते जितपुर र हेटौंडामा, फागुन २८ गते भण्डारा, भरतपुर र कावासोतीमा, फागुन २९ गते भुमही, भैरहवा र बुटवलमा जनसभा तथा विविध कार्यक्रम गर्ने भएको छ । त्यस्तै, फागुन ३० गते चन्द्रौटा, लमही र घोराहीमा, चैत १ गते नेपालगन्ज र गुलरियामा २ गते राजापुर, टीकापुर र लम्कीमा, ३ गते धनगढी र महेन्द्रनगरमा जनसभा गरी, ४ गते महेन्द्रनगरमा पत्रकार सम्मेलन गर्ने भएको छ । त्यस्तै, ५ गते सुर्खेतमा जनसभा गर्ने एमालेले जनाएको छ । जनसभामा सम्बन्धित क्षेत्रको विशेषता, आवश्यकता र प्रभावकारिताको विश्लेषण गरी वक्ता निर्धारण गरिने बताइएको छ ।
प्रचार सामग्री
अभियानका लागि पार्टी केन्द्रले नेपाली, मैथिली, भोजपुरी, अवधि, थारू र डोट्याल भाषामा अपिल प्रकाशित गर्ने र स्थानीय कमिटीहरूले आवश्यकताअनुसार हाते पर्चा तयार गरी वितरण गर्ने बताइएको छ । नेपालको राष्ट्रिय झन्डालगायत सामाजिक सद्भाव झल्किने विभिन्न सामग्रीको व्यापक प्रचार गरिने भएको छ । सार्वजनिक सञ्चारमाध्यमहरूका माध्यमबाट कार्यक्रमका सम्बन्धमा नियमित जानकारी दिने, कार्यक्रमका समाचार सम्प्रेषण गर्ने र नियमित पत्रकार सम्मेलन गर्ने काम गरिने एमालेले जनाएको छ ।
सांस्कृतिक अभियान
अभियानको तयारीका लागि सम्बन्धित स्थान र आसपास सांस्कृतिक अभियान सञ्चालन गरिने बताइएको छ । कार्यक्रममा देशभक्ति, सामाजिक सद्भाव र राष्ट्रिय एकताका पक्षमा विशेष सामग्री प्रस्तुत गरिने, जनसभाअघिको अवधिमा सांस्कृतिक प्रस्तुतिहरू हुने र हरेक साँझ सांस्कृतिक टोलीले विभिन्न भाषामा सांस्कृतिक कार्यक्रम प्रस्तुत गर्ने कार्यक्रम तय भएको छ । यसको संयोजन राष्ट्रिय जनसांस्कृतिक महासंघले गर्ने बताइएको छ ।
यतिबेला सरकार ‘मधेसी मोर्चा’ सम्बद्ध सीमित दल र व्यक्तिहरूलाई रिझाउन संविधानको व्यवस्था र राष्ट्रहितविपरीत संविधान संशोधन गर्ने, संविधान संशोधनको बहानामा निर्वाचन सार्ने, टार्ने र अन्ततः २०७४ साल माघ ७ गतेभित्र संविधानले व्यवस्था गरेबमोजिमका निर्वाचनहरू हुन नदिएर मुलुकलाई संवैधानिक तथा राजनीतिक संकटतर्फ धकेल्ने दुष्प्रयास गरिरहेको भन्दै नेपाली समाजमा विद्यमान जातीय, भाषिक, धार्मिक, सांस्कृतिक र प्रादेशिक एकतालाई कमजोर पार्ने र अन्ततः राष्ट्रिय एकता र अखण्डतामा नै आँच पु¥याउने क्रियाकलाप भइरहेकोमा त्यसलाई तोड्न अभियान सुरु गर्न लागेको एमालेले जनाएको छ ।
संविधान कार्यान्वयन हुन नदिने षड्यन्त्र विफल पार्न, निर्वाचन हुन नदिन भइरहेका दाउपेचहरूलाई असफल पार्दै स्थानीय, प्रदेश र राष्ट्रिय तहका निर्वाचनहरू सुनिश्चित गर्न, सामाजिक सद्भाव, राष्ट्रिय एकता र अखण्डतालाई संरक्षण र संवद्र्धन गर्न तथा सक्रमणकाललाई सही ढंगले व्यवस्थापन गर्न एमालेले चारमहिने ‘संविधान कार्यान्वयनका लागि जनपरिचालन अभियान’ सञ्चालन गरिरहेको र यो अभियानसँग १५ दिने अभियान सञ्चालन गर्न लागेको एमाले केन्द्रीय कार्यलयले जारी गरेको वक्तव्यमा उल्लेख छ । एमालेले तराई–मधेसका जनतालाई अन्योल एवं द्विविधामा पार्ने कोसिस भइरहेको र सामाजिक सद्भाव बिथोलेर विभाजन र विखण्डनका बीउ रोप्ने क्षुद्र प्रयासहरू भइरहेका बेला यस्तो अभियान सुरु गर्न लागेको पनि जानकारी दिएको छ । यस्तो अवस्थामा तराई–मधेसका देशभक्त जनताको साथ–समर्थनमा सामाजिक सद्भाव र राष्ट्रिय एकतालाई थप सुदृढ गर्न, त्यहाँ सिर्जना गर्न खोजिएको भ्रमलाई चिर्न, पार्टीको पक्षमा रहेको जनमतलाई प्रभावकारी रूपमा परिचालित गर्न तथा पार्टीको जनाधारलाई थप सुदृढ गर्न आगामी फागुन २१ गते सहिद दिवसको दिनबाट ‘मेची–महाकाली राष्ट्रिय अभियान’ सञ्चालन गर्न लागेको र त्यस अवधिभर अभियान क्षेत्रका सबै तहका पार्टी कमिटी तथा जनसंगठनका कमिटीहरूले प्रचारप्रसारको काम गर्ने बताइएको छ । उनीहरूले घरदैलोमा जाने, पार्टीको आह्वान (अपिल) वितरण गर्ने, पार्टीका समर्थक शुभेच्छुकलगायत आम जनतालाई अभियानमा परिचालित गर्ने र पार्टीलाई समर्थन गर्न र पार्टीमा प्रवेश गर्न आम जनतालाई अपिल गर्ने बताइएको छ ।
सम्बन्धित समाचार
- पशुपतिनाथ मन्दिर आसपास मासु, मदिरा तथा नशालु पदार्थ बिक्री र सेवन गर्न रोक
- एमाले संकल्प यात्राको तेस्रो दिन : आज सिलगढीबाट अछामको यात्रा
- नक्कली भुटानी शरणार्थी मुद्धाको आज अन्तिम फैसला हुने
- आज छठ पर्व, सूर्यको पूजा आराधना गरी मनाइँदै
- मंसिर १४ गतेदेखि एमालेले मध्यपहाडि लोकमार्ग यात्रा विशेष कार्यक्रम गर्ने
- जाजरकोट भूकम्प अपडेट : मृतकको संख्या १५४ पुग्यो
- प्रधानमन्त्री प्रचण्डसहित शीर्ष नेताहरु एमालेको चियापानमा
- प्रधानमन्त्री प्रचण्ड भूकम्प प्रभावित जिल्ला बझाङमा
- परराष्ट्रमन्त्री साउद र राष्ट्रसंघका उपमहासचिव लाक्रोक्सबीच भेटवार्ता
- संविधान दिवसमा एमालेको ‘रातो र चन्द्र सूर्यसँग सेल्फी’ कार्यक्रम
- आज हरितालिका तीज
- ६० किलो सुन प्रकरणको मुद्दा जिल्ला अदालतमा दर्ता : २९ जना प्रतिवादी
Leave a Reply