अखिलले तोक्यो उम्मेदवार
काठमाडौं । दोस्रोपटकको कार्यतालिकाअनुसार प्रत्यक्ष र समानुपातिकतर्फ उम्मेदवारी दर्ता बिहीबारका लागि तोकिएपछि अनेरास्ववियुले आफूतर्फको उम्मेदवार लगभग टुंग्याएको छ । हिजो अबेरसम्म बसेको अखिलका शीर्ष नेताहरूको बैठकले अधिकांश क्याम्पसका सभापतिका उम्मेदवारहरू टुंगो लगाएको हो । सामान्य विवाद भएका केही क्याम्पसमा आजसम्म उम्मेदवारी टुंगो लागिसक्ने र भोलि हरेक क्याक्पसमा विशेष कार्यक्रम र प्रस्तुतिसहित उम्मेदवारी दर्ता गर्ने अनेरास्ववियुले जनाएको छ ।
स्रोतका अनुसार अहिलेसम्म आरआर क्याम्पसमा तपेन्द्रजंग शाही, नेपाल ल क्याम्पसमा विशाल न्यौपाने, नेपाल कमर्स क्याम्पसमा विशाल रोक्का, वाल्मीकि क्याम्पसमा लोककृष्ण दाहाल, थापाथली इन्जिनियरिङमा वसन्त शिवाकोटी, महेन्द्ररत्न क्याम्पसमा नीलप्रसाद गौतम कल्याणको नाम चयन भइसकेको छ ।
यसैगरी, त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पसमा सञ्जय कार्की, पब्लिक युथ क्याम्पसमा दामोदर फुयाँल प्रज्वल, पृथ्वीनारायण क्याम्पस पोखरामा सरिता पुरी, महेन्द्र मोरङमा लक्ष्मण पोखरेल, कन्काइ बहुमुखी क्याम्पसमा राजेश केसीलगायतको पनि उम्मेदवारी पक्का भएको अखिलका एक पदाधिकारीले बताए ।
त्रिविको पछिल्लो कार्यतालिकाअनुसार आज १० बजे हरेक क्याम्पसमा मतदाता सूची प्रकाशन गर्ने, २ बजेसम्म दाबीविरोध गर्ने, १२ गते १२ बजे मतदाताको अन्तिम नामावली प्रकाशन गर्ने, १४ गते १० बजे मनोनयन–पत्र दाखिला गर्ने र १८ गते मतदान गर्ने कार्यक्रम छ ।
सम्बन्धित समाचार
-
सुक्खाबन्दरगाहद्वारा तीन महिनामा १२ अर्ब ७५ करोड राजस्व सङ्कलन
-
जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक
-
ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
-
हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
-
एमालेले पारित गर्यो वार्षिक कार्ययोजना
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
- माओवादीको चेतावनीपछि सभामुखले बोलाए दलका प्रमुख सचेतकलाई छलफलमा
-
रनबहादुर विकको ३२ वर्षे ‘भेडीगोठ यात्रा’
-
निगुरो टिपेर लाखौं कमाई
-
संविधान दिवस मनाउन प्रधानमन्त्रीको अध्यक्षतामा मूल समारोह समिति गठन
-
सारङ्गीसँग रामबहादुर गन्धर्वको पचपन्न वर्ष
- विशेष अदालत बार एसोसियसनमा एमाले निकट पीपीएलएको प्यानल नै निर्वाचित
Leave a Reply