सीता प्यालेस जोगाउन भ्रष्टाचारीसँग साँठगाँठ
काठमाडौं । समग्र जनकपुरको विकासका लागि १६ दिनसम्म सत्याग्रह बसेका बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्का अध्यक्ष रामकुमार शर्माको सा“ठगा“ठ विशेष अदालतबाट भ्रष्टाचारी ठहर भएका जिल्ला विकास समितिका पूर्वसहलेखापाल जीवनाथ चौधरीस“ग रहेको खुलासा भएको छ ।
‘कही“ नभएको जात्रा हा“डीगाउ“मा’ भनेजस्तै अनसन तोडेको उपलक्ष्यमा सत्याग्रहमा बसेका शर्माले पूर्वसहलेखापाल चौधरीको होटल सीता प्यालेसमा शनिबार ठूलै रात्रिभोजको आयोजना गरी पार्टी दिएका छन् । कतिपयले आफू बच्नको लागि भोजको खर्च चौधरीले दिएको समेत भनेका छन् । सीता प्यालेस होटल पनि जानकी मन्दिरको जग्गा अतिक्रमण गरी बनाइएको हो ।
पत्रकार महासंघको चुनावलाई लक्षित गरेर जीवनाथ चौधरीले शर्मालाई प्रयोग गरेको हुन सक्ने आशंका गर्दै उनले मन्दिरको जग्गा कब्जा गरी बनाएको होटल बचाउन भोजको आयोजना गरेको एक पत्रकारले बताएका छन् । नभए सत्याग्रह बस्दा वा तोड्दा भोज गर्नुको कुनै तुक नरहेको एक जनकपुरका बुद्धिजीवी बताउ“छन् ।
भोजमा नया“ शक्ति नेपालका सहसंयोजक एवं पूर्वस्थानीय विकासमन्त्री रामचन्द्र झा, नेपाली कांग्रेस धनुषाका सभापति एवं सांसद रामसरोज यादव, जिविस धनुषाका निलम्बित सहलेखापाल जीवनाथ चौधरी, उनको क्लबका युवाहरूलगायत १५÷२० जना नया“ पुराना पत्रकारहरू पनि थिए ।
जनकपुरको परिक्रमा सडकभित्र माछा मासु बिक्री–वितरण नगर्न सर्वोच्च अदालतले वर्षांै आगाडि फैसला गरिसकेको छ । रामानन्द चोक जनकपुरको अति पुरानो र आफ्नै महŒव बोकेको चोक हो । तर, जीवनाथ चौधरीले मन्दिरको जग्गा कब्जा गरी बनाएको होटलले बहुप्रसिद्ध दुलाहा–दुलही मन्दिरलगायत अरू दुईवटा मन्दिर ओझेलमा परेका छन् । चौधरीले होटलमा माछामासु बेचेपछि अब चोकमै खुलेआम माछामासु बेचिन थालेको र उनको डरत्रासका कारण कसैले यो कुरा नउठाउने एक सन्तले नाम उल्लेख नगर्ने सर्तमा बताए । यस्तै क्रियाकलापबाट जोगिन भोजको आयोजना गरेको हुन सक्ने पनि आशंका गरिएको छ ।
शर्माको नियतमाथि शंका
शर्माले राखेका मागहरू जायज रहेका आम जनकपुरवासीले स्वीकार गरेका छन् । अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्नुपर्ने, शिक्षण अस्पतालस“गै राजर्षि जनक विश्वविद्यालयको स्थापना गर्नुपर्ने, जनकपुरमा ६ लेनको बाहिरी चक्रपथ निर्माण गर्नुपर्ने, सरकारी गुठी र मठमन्दिरको जग्गा र जानकी मन्दिर संरक्षणका लागि ट्रस्टको स्थापनालगायतका माग शर्माले राखेका थिए ।
तर, जीवनाथ चौधरीस“ग भएको सा“ठगा“ठले शर्माको नियतमाथि शंका उत्पन्न भएको भोजमा उपस्थित एक सहभागी सा“घुलाई बताए । गुठीको जग्गा कब्जा गरेर चौधरीले बनाएको सीता प्यालेस भत्काउलान् त ? के शर्माले चौधरीको होटेल भत्काउन फेरि अनशन बस्लान् त ? चौधरीका आसपासेहरूले राम मन्दिर र जानकी मन्दिरको गुठीको हजारौं बिघा जग्गा हडपेर घर बनाएका छन् । ती घर जग्गा भत्काउन वा खाली गर्न शर्माले भूमिका खेल्छन् त ? यी र यस्ता कैयौं प्रश्नहरू जनकपुरवासीको मनमा उब्जेका छन् ।
एक पत्रकारले भने, ‘शर्मा र चौधरीबीच पहिलेदेखिको सम्बन्धका कारण अनशन तोड्नुमा चौधरीले मुख्य भूमिका खेलेका छन् । दुवै एकै जातका भएका कारण गृहमन्त्री विमलेन्द्र निधिलाई अनशन तोडाउन शर्माले कन्भिन्स गरेका थिए । यता, निधिको गृह जिल्ला भएका कारण अनशनको दिन बित्दै जा“दा निधिप्रति जनतामा आक्रोश पनि बढ्दै गएको थियो । यही कुरालार्ई लिएर चौधरीले निधिलाई कन्भिन्स गरेका थिए ।
भोजमा शर्मालाई पत्रकार र नेताको गाली
नागरिक दैनिकका पत्रकारको अनावश्यक प्रशंसा गरेपछि केही पत्रकार भोजै नखाई हि“डेका थिए । भोज सुरु हुनुभन्दा पहिले शर्माले आफ्ना केही कुरा राख्ने क्रममा नागरिकका सुरेश यादवको प्रशंसा गर्दै आमरण अनशन तोडाउनु वा सफल गराउनुमा यादवको भूमिका रहेको भन्दै विशेष धन्यवाद दिएका थिए ।
शर्माको यो अभिव्यक्तिले भोज खान गएका पत्रकारहरू शर्मामाथि जाइलागे । ‘के तपाईंले पत्रकार महासंघको चुनावलाई लक्षित गरेर कसैलाई प्रोमोट गर्न यो भोज गरेको हो ? हामीले तपाईंंलाई सहयोग गरेका छैनौं ? कुन पत्रकारले तपाईंको अनशनको न्युजलाई स्थान दिएको छैन ? सबैको सहयोगले आज तपाईं यहा“ हुनुहुन्छ’ भन्दै पत्रकारहरू भोजै नखाई हि“डेका थिए ।
यसरी पत्रकार हि“ड्न थालेपछि नया“ शक्ति नेपालका रामचन्द्र झाले समेत शर्मालाई कराएका थिए । ‘तपाईंले धेरै सिक्नु छ, यसरी जे पायो त्यही नबोल्नुस्, यस्तै अवस्था रहे अब अनशन बस्दा तपाईंले मर्नुपर्छ । सबैले सहयोग गरेका छन्,’ उनले भनेका थिए ।
शर्माको सर्वत्र निन्दा
शर्माको पर्दा पछाडिको अभिनय देखेर सर्वत्र निन्दा हुन थालेका छन् । शर्माका समर्थकहरू नै उनको कर्तुत देखेर गद्दार भन्न थालेका छन् । भ्रष्टाचारी ठहर भएका र पार्टी बदलिरहने व्यक्तिहरूस“गको सा“ठगा“ठले उनका सहयोगीहरूमा निराशा छाएको छ । जनकपुर–भिट्ठामोड सडक ६ लेनको बनाउनुपर्ने माग राखेर अनशन बस्दा पनि र जनकपुर विकास हुनुपर्ने माग राखेर अनशन बस्दा राति–राति उनले खाना खाने गरेको आरोप छ । अब अनशन बस्दा निगरानी गर्नुपर्ने र आमरण अनशनको नाममा सस्तो लोेकप्रियता कमाउन खोजेको आरोप छ । एक दिन प्रहरीले निगरानी बढाउ“दा शर्माको होस हराएको स्रोतले बतायो । पूर्वमन्त्री सरिता गिरीले काठमाडौंको शान्तिवाटिकामा अनशन बस्दा मह खाने गरेको खुलासा भएको थियो ।
सम्बन्धित समाचार
-
सुक्खाबन्दरगाहद्वारा तीन महिनामा १२ अर्ब ७५ करोड राजस्व सङ्कलन
-
जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक
-
ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
-
हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
-
एमालेले पारित गर्यो वार्षिक कार्ययोजना
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
- माओवादीको चेतावनीपछि सभामुखले बोलाए दलका प्रमुख सचेतकलाई छलफलमा
-
रनबहादुर विकको ३२ वर्षे ‘भेडीगोठ यात्रा’
-
निगुरो टिपेर लाखौं कमाई
-
संविधान दिवस मनाउन प्रधानमन्त्रीको अध्यक्षतामा मूल समारोह समिति गठन
-
सारङ्गीसँग रामबहादुर गन्धर्वको पचपन्न वर्ष
- विशेष अदालत बार एसोसियसनमा एमाले निकट पीपीएलएको प्यानल नै निर्वाचित
Leave a Reply