समाजको आवाज
पहाड, धेरै नै सम्भावनाले भरिएको भूबनोट हो । सौन्दर्यगत रूपले त समृद्ध छ नै पहाड । तर, पहाडका बासिन्दाहरूको मुस्कान, उनीहरूका जीवनका लय र भीरपाखा चहार्दै बाँच्ने शैली पनि अद्भूत नै छ । सम्भवतः पहाडको यही समृद्ध पक्षलाई बुझेर होला, कवि प्रतिरोध कार्कीले पहाडलाई यसरी चिन्न उपयुक्त ठानेका हुन्, ‘पहाड÷प्रतिबद्ध छ÷सहनशील छ÷शरीरलाई बन्धक राखी÷चोटहरूसँग लडाइँ लड्छ÷खोटहरूलाई निकम्मा बनाइदिन्छ÷पत्थर फुलाउँछ, पत्थर फलाउँछ÷वेगवान कोसी छातीमा राखेर÷सनसनी बगिदिन्छ’ ।
पहाडप्रतिको गहिरो अनुरागकै कारण हुनुपर्छ, कवि कार्कीले आफ्नो पहिलो कविताकृतिको नाम नै राखेका छन्– ‘घामको पहाड ।’ जुन कृतिभित्र उनका देशप्रेम, सामाजिक उथलपुथलहरूका साथै आफू बाँचिरहेको समय र परिवेशसँग संवाद गर्ने हैसियत राख्ने कविताहरू समेटिएका छन् । ‘लिपु लेक’ देशप्रेम प्रतिविम्बित भएको कविता हो । कहिलेकाहीँ छिमेकीको बलमिच्याइँको विम्ब सीमा क्षेत्रहरूमा देखिन्छन् । कहिले सुस्ता, कहिले महेशपुर मात्र होइन, महलीसागरहरूमा अनधिकृत रूपले बाँध बाँधेर नेपाली भूभागलाई डुबानयुक्त बनाउन चाहन्छन् छिमेकीहरू । र त तिलाठी–भावनाहरू जागृत हुन पुग्छन् ।
लिपु लेक यस्तो थलो हो, जहाँ छिमेकीले आफ्नो प्रभुत्वको निसाना गाडेका छन् । हृदयभरि लिपु लेकलाई सजाउँदै उनी लेख्छन्, ‘देश भन्नु आमा हुन्÷आमा भन्नु माटो हुन्÷लपक्कै लपेटिएको छु म÷माटोको मायामा÷नदेखाऊ अब मलाई÷तिम्रो ललिपप मीठास÷सीमा रेखामा पुगेको छ÷उभिएको छु ढाल बनेर÷पिलर नं. १ लिपु लेक ।’
विसंगतिहरूले प्रायः सबै थलोलाई स्पर्श गरेको छ । त्यसमा सहर त टाढा रहने कुरै भएन । उनको ‘मौनता’ ले सहरमा व्याप्त विसंगत तस्बिरहरूलाई देखाउँछ भने ‘अँध्यारो वर्तमान’ मा चाहिँ परिवर्तनको अपेक्षा बोकेर हिँडेकाहरूले बेहोर्नुपरेका ऊल्झनका छिटाहरू स्पष्टतः देखिएका छन् । ०७२ साल वैशाख १२ गतेको महाभूकम्प र त्यसपछिका पराकम्पहरूले नेपालीहरूले थिल्थिलो तुल्यायो । एउटा कहालीलाग्दो क्षणका रूपमा उदाएको भूकम्पले विनाशका धेरै कथाहरू रच्यो । ‘भूकम्प स्मृति’ त्यही विनाशकारी भूकम्पलाई पुनःस्मरण गराउने कविता बन्न पुगेको छ ।
सिर्जनाको स्रोतमा कुनै न कुनै क्षण वा घटनाहरू जोडिएका हुन्छन् । ‘स्मरण’ ०६२÷६३ को जनआन्दोलनलाई स्मरण गर्ने क्रममा लेखिएको कविता हो । कवि लेख्छन्, ‘हामी दिन गनिरहेका थियौं÷हेरिरहेका थियौं÷जुलुसमा आएका अनुहार÷पढिरहेका थियौं÷ढल्न लागेका÷सदियौं पुराना खम्बाहरूका जग’ । उनका अर्का कविता ‘कार्की सर, समय र म’ ले निष्ठावान् एकजना अभियन्ताको अनुहार देखिन्छन् भने ‘मियाँको आस्था’ ले धार्मिक अन्धताको पोल खोल्ने चेष्टा राख्दछ ।
आमा एउटा यस्तो शक्तिशाली विम्ब हो, जसका अगाडि अरू सबै विम्बहरू लिलिपुट ठहरिन्छन् । उनले आमालाई सम्झिँदै दुई थान कविता लेखेका छन्, ‘आमा’ र ‘आमाको माया’ । यी दुवै कवितामा आमासँगको स्मृति गाँसिएका छन् । आमाप्रति श्रद्धानत रहँदै उनी लेख्छन्, ‘आमाले फेरि अगाडि थप्नुभएको थियो÷हिमालमा हिउँ झ¥यो÷यसपालि गहँु फल्दैन÷तराईमा पानी कम भयो÷पैनीमा पानी बगेन÷भोकै हुने दिन आउने भए ।’
मूलतः कार्कीले आफ्ना कवितामार्फत देश र समाजमा व्याप्त पीडा, मानवीय संवेदना, आफन्तहरूसँग गाँसिएका स्मृति र आफूले भोगेका समयका व्यथालाई उतार्ने काम गरेका छन् । उनका कविताहरू हाम्रै समाज र व्यक्तिहरूका आवाज बन्न पुगेका छन् ।
कृति ः घामको पहाड
विधा: कविता
कवि: प्रतिरोध कार्की
प्रकाशक : आकृति–प्रकृति प्रकाशन
पृष्ठ ः ८८
मूल्य ः रु. २०२।–
सम्बन्धित समाचार
- एमालेको संकल्प यात्रा अभियान लुम्बिनीमा प्रवेश
- एमाले सुदूरपश्चिम प्रदेश अध्यक्षमा तीन जनाको दाबी
- पर्यटक आकर्षणको केन्द्र बन्दै बागलुङको ‘रिग क्षेत्र’
- पेरुको पहाडमा बस दुर्घटना, १३ जनाको मृत्यु
- झपक्कै फुल्यो आँप
- Golanjor
- चितवनमा कांग्रेस उम्मेदवार उमेश श्रेष्ठको गाडी तोडफोड
- खाना पकाउने ग्यासको छिट्टै दुई थरी मूल्य
- ज्ञानेन्द्र शाहीले गरे राप्रपामा प्रवेश
- राष्ट्रपति भण्डारीले पहिलो सिन्धुलीगढी युद्ध संग्रहालयको उद्घाटन गर्दै
- जिन्दगीसँग सवालजवाफ
- संस्कृतिविद्को परिचयवृत्त
Leave a Reply