फुटरिंक गर्ने नै उद्योगीका नेता ?
काठमाडौं । ग्याँसको सिलिन्डर फुटरिंक गरेको अभियोगमा बदनाम भएका शिवप्रसाद घिमिरे उद्योगी–व्यवसायीहरूको नेता बन्न कस्सिएका छन् । आगामी चैत २७ र २८ गते हुने नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचनमा घिमिरेले वस्तुगतको तर्फबाट केन्द्रीय कार्यसमितिको सदस्यमा उम्मेदवारी दिने घोषणा गरेका छन् ।
एलपी ग्याँस उद्योग संघका अध्यक्षसमेत रहेका घिमिरेलाई व्यवसायीहरूले फुटरिंक गरेर मालामाल हुने व्यवसायीका रूपमा चिन्ने गरेका छन् । धादिङमा सुगम र चोभारमा एभरेस्ट ग्याँस उद्योग खोलेका घिमिरेले ग्याँस सिलिन्डरको फुटरिंक गरेर बदनामी कमाइसकेका छन् । केही वर्षअघि घिमिरेले करिब ५ हजार सिलिन्डरको फुटरिंक गरेका थिए । बजारमा रहेका अरू ग्याँस कम्पनीका पुराना सिलिन्डरहरू बटुलेर फुटरिंक गरी उनले आफ्नै कम्पनीमार्फत बेच्दै आएको पत्ता लागेपछि उनका ती दुवै ग्याँस उद्योग सिल गरिएको थियो । फुटरिंक गरेको आरोपमा उनीमाथि कारबाहीसमेत गरिएको थियो ।
करिब ५÷६ महिनासम्म कम्पनी सिल भएपछि उनले तत्कालीन आपूर्तिमन्त्री लेखराज भट्टलाई रिझाएर ती ग्याँस कम्पनीहरू पुनः सञ्चालनमा ल्याएका थिए । भट्टलाई रिझाउन उनले ठूलै धनराशि खर्च गरेको बताइन्छ । ग्याँसका साथै उनका पेट्रोल पम्पहरू पनि रहेका छन् । उद्योग वाणिज्य महासंघको केन्द्रीय सदस्यमा उठ्ने घोषणा गरे पनि उनी कुन समूहबाट उठ्न लागेका हुन् भन्नेबारे केही खुलाइएको छैन । महासंघका वरिष्ठ उपाध्यक्षका उम्मेदवारद्वय शेखर गोल्छा र किशोर प्रधानको समूह चुनावी मैदानमा उभिएका छन् ।
सम्बन्धित समाचार
-
ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
-
हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
-
निगुरो टिपेर लाखौं कमाई
-
पूर्व डीआइजी रमेश खरेलविरुद्ध अख्तियारमा मुद्दा दायर
- विशेष अदालत बार एसोसियसनमा एमाले निकट पीपीएलएको प्यानल नै निर्वाचित
-
समय आउँछ, मदन–आश्रितको हत्यारा पत्ता लाग्छ : अध्यक्ष ओली
-
३५ जिल्ला न्यायाधीश सिफारिस (सूचीसहित)
-
बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
-
स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
-
कान्तिपुरविरुद्ध रविको उजुरी
-
किराँतीलाई मन्त्रीबाट बर्खास्त गर्न कमल थापाको माग
Leave a Reply