नेपालीहरूको भावना जोड्ने अभियान
नेपाली जनताको सात दशक लामो संघर्षको प्रतिफल तथा यसबीचमा भएका आर्थिक÷सामाजिक सन्नीकट चेतनाको संयोजनले गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता, समावेशिता र समानुपातिकताको झ्यालबाट भविष्यमा जातीय छुवाछूत र सबै प्रकारका भेदभावमुक्त सुन्दर, शान्त र प्रगतिशील नवनेपालको दलित, महिला, जनजाति, मधेसी, थारूलगायत मैत्री तस्बिर सहजै देख्न सकिने राजनीतिक अवस्थामा हामी अहिले आइपुगेका छौं । यो संविधान विश्वको अनुभवहरूलाई चुनौती दिँदै नयाँ अनुभवका साथ शान्ति प्रक्रियाको समाधान गर्दै दुई–दुईवटा संविधानसभापश्चात् जारी भयो । नेपालको संविधानले सबै प्रकारका विभेदहरूलाई एकसाथ समाप्त गर्दै सबैलाई समान अधिकार र अवसर, समान सुरक्षा र सम्मान प्रदान गर्ने काम गरेको छ ।
जसरी संविधान निर्माण प्रक्रियामा नेपाली जनताको सात दशक लामो बहसको निष्कर्ष समेटिएको छ भने दुईवटा संविधानसभाका निर्वाचनहरूलाई मूल आधार बनाइएको छ । नेपालको संविधान निर्माण प्रक्रिया विश्वकै सहभागितामूलक मानिएको छ भने संविधानसभाबाट निर्माण गरेका संविधानहरूमध्ये विश्वकै पछिल्लो उत्कृष्ट संविधान मानिन्छ । यति महŒवको संविधान जनताका बीचबाट अनुमोदन गर्न आगामी २०७४ माघभित्र तीनवटै तहको निर्वाचन हुनुपर्ने अनिवार्य भएकाले जनताका बीचमा सचेतना अभियान सञ्चालन गर्न, सामाजिक सद्भाव र राष्ट्रिय एकताका लागि, आर्थिक सामाजिक प्रगतिशील रूपान्तरणका लागि मेची–महाकाली राष्ट्रिय अभियान यही २०७३ फागुन २१ गतेदेखि पूर्वको काँकडभिट्टाबाट शुभारम्भ भएको थियो । यस अभियानले केही उल्लेखनीय मान्यताहरू स्थापित गरेको छ जुन यसप्रकार छन् ः
पहिलो, मेची–महाकाली अभियान नेकपा (एमाले) को नेतृत्वमा तराई÷मधेसका जनताका बीचमा गर्ने पूर्वनिर्धारित कार्यक्रम भए पनि यो अभियान राजा पृथ्वीनारायण शाहको भूगोलको एकीकरणमा छुट हुन पुगेको नेपाली जातजातिका बीचको भावनात्मक एकता कायम गर्न सफल भयो । विशेष गरी जातीय भेदभाव तथा छुवाछूतको मारमा परेका दलित, क्षेत्रीय विभेदमा परेका कर्णाली, क्षेत्रीय विभेदमा पारिएका सदूरपश्चिलगायतका जनता, आफ्नै देशभित्र विविध विभेद भोगिरहेका तराई–मधेसका जनताहरू, भूगोलका हिसाबले ७५ वटै जिल्लाका जनताहरूका बीचमा नयाँ संविधानका विषयमा चलेका भ्रमहरूका विषयमा सचेतना फैलाउने र सबैको स्वामित्व स्थापित गर्ने काम बन्न पुग्यो ।
दोस्रो, संविधान कार्यान्वयन, निर्वाचन, समृद्धि र स्वाभिमान, राष्ट्रिय एकता र सामाजिक सद्भावका लागि मेची–महाकाली अभियान एमालेको अभियान भन्ने मूलनाराका साथ सञ्चालित यस अभियानमा नेकपा (एमाले) का केन्द्रीय अध्यक्षलगायतका वरिष्ठ नेताहरू जसमा तीनजना पूर्वप्रधानमन्त्रीहरू, पूर्वउपप्रधानमन्त्री तथा मन्त्रीहरू, व्यवस्थापिका–संसद्का सांसदहरू, स्थायी किमटीका नेताहरू, पोलिब्युरो सदस्यहरू, केन्द्रीय कमिटीका नेताहरू, केन्द्रीय निकायका नेताहरू, केन्द्रीय विभागका नेताहरू, जनवर्गीय संगठनका पदाधिकारीहरू र हजारौं युवाहरू स्वयंसेवकहरूको मात्र होइन, सातवटै प्रदेशका सम्पूर्ण पार्टी कमिटीहरू अभियानमा सहभागी भएका थिए भने हरेक कमिटीले जनताको हरेक घरमा घरदैलो अभियान गरेर संविधानका विषयमा अवगत गराउने काम गरेको थियो भने नेकपा (एमाले) का नेता तथा कार्यकर्ताहरूका बीचमा आन्तरिक एकताको भावना विकसित भयो ।
तेस्रो, अभियानका क्रममा होली पर्व पनि परेको थियो । पहिलो दिन पहाडीहरूले र दोस्रो दिन तराई–मधेसले मनाउने प्रचलन भए पनि सिंगो अभियानले दुइटै दिनमा यो वर्षको होली, केपी ओली भन्दै रमाइलो गरेका थिए । यो वर्षको होली वास्तवमै राष्ट्रिय एकताको होली अर्थात् सातवटा रङको समावेशी इन्दे्रणी होली बन्न पुगेको थियो ।
चौथो, लाखौं जनताको उत्साहपूर्वक सहभागिता भइरहेको परिप्रेक्ष्यमा फागुन २३ गते राजविराजमा विशाल जनसभा सम्पन्न भइसकेपछि फर्कने क्रममा कार्यक्रममा सहभागी हुन हिँडेका सर्वसाधारणमाथि सांघातिक आक्रमण गर्ने, कार्यक्रमस्थलनजिकै विस्फोटक पदार्थ बिछ्याउने र संयमपूर्वक आफ्नो कर्तव्य निर्वाह गरिरहेका सुरक्षाकर्मीहरूमाथि ढुंगामुढा हान्ने, पेट्रोल बम प्रहार गर्नेजस्ता कामहरू गरेर मधेसी मोर्चाका कार्यकर्ताले अत्यन्त अराजक र हिंसात्मक गतिविधिहरू प्रदर्शन गरे । जसलाई स्वयं मधेसका नागरिक समाज, बुद्धिजीवी, राजनीतिक नेताहरूले नै मन पराएनन्, यस घटनाको विरोध गरे । तर पनि राजविराजमा चारजनाको अनाहकमा ज्यान जान पुग्यो । यो एक दुःखद पक्ष बन्न पुग्यो । त्यस घटनापछि एमालेले तीन दिनका लागि अभियान स्थगित ग¥यो । यसका विषयमा काठमाडौंमा पत्रकार सम्मेलन र जानकारी सभाको कार्यक्रमसमेतको आयोजना गर्नुप¥यो । त्यसपछि अभियान यथावत् रूपमा अघि बढिरहेका बेला कञ्चनपुरमा भारतीय एसएसबीद्वारा गोली हानी नेपाली युवा गोविन्द गौतमको हत्या ग¥यो । जुन घटनाले राजविराज घटनालाई छायामा पारिदियो र अभियानमा राष्ट्रवादी भावना झन् तीव्र रूपमा अघि बढ्यो । नेकपा (एमाले) ले अभियानकै क्रममा गोविन्द गौतमका परिवारलाई नगद ५ लाखसहित एक ल्यापटप, घाइतेको उपचार र बालबालिकाको पढाइको व्यवस्था गर्ने घोषणा ग¥यो । जसको सन्देश पुरै मुलुकभरि मात्र होइन, संसारभरि एकसाथ पर्न गयो ।
पाचौं, अभियानका क्रममा देशका २३ बढी स्थानमा विशाल जनसभाहरू सम्पन्न भए । त्यहाँ लाखौं जनताको सहभागिता रहेको थियो । स्थानीय झाँकीहरू, गीत–संगीतहरू, हरेक साँझ सांस्कृतिक कार्यक्रमहरू सम्पन्न भए । जनसभाहरूमा पार्टीका शीर्ष नेताहरू र स्थानीय नेताहरूले संविधानका विशेषता, स्थानीय तहको निर्वाचन, संवधान कार्यान्वयन हुन नदिने तŒवहरूको भण्डाफोर, संविधान संशोधनको औचित्यहीनता लगायतका विषयमा स्पष्ट पार्ने काम भयो । जनसभामा लाखौंको संख्यामा विभिन्न राजनीतिक दलहरू परित्याग गरी एमालेमा प्रवेश गर्नेको लहर नै देखिन्थ्यो ।
छैटौं, अभियानलाई वास्तवमा स्थानीय जनताहरूले आफ्नो अभियानका रूपमा ग्रहण गरेका थिए, अभियानका क्रममा हजारौं गाडी, मोटरसाइकललगायतको लस्कर थियो, बाटोको दुवैतिर कलश र गाग्राहरूमा पानी राखेर हातमा फूलमाला लिएर नेकपा (एमाले) जिन्दावाद भन्दै नारा लगाउँदै लाखौं जनता बसेको देखिन्थे भने एक रातको बाससहित दुई छाक खाना खुवाउने व्यवस्था हरेक स्थानमा जनताले आ–आफ्नो घरमा गरेका थिए । घरमा बास बस्न जानेहरूले संविधान र अभियानका विषयमा अवगत गर्ने÷गराउने काम गरेका थिए ।
सातौं, अभियानका क्रममा अभियानका सहभागीहरू, स्यवंसेवकहरूले पालना गर्नुपर्ने आचार–संहिता कडाइका साथ लागू गरिएको थियो, जसका कारण अनुशासनविरोधी कामहरू वा घटनाहरू घटेका थिएनन् भने देशभरिमा भएका जनसभामा उत्तिकै सहभागिता देखिन्थ्यो त्यसमा पनि कर्णालीका अति दुर्गम क्षेत्रबाट आएर हजारौं जनतासहितको उपस्थितिमा देशकै सबैभन्दा ठूलो जनसभा सुर्खेमा भएको थियो ।
आठौं, इतिहासमा पहिलोपटक पार्टीले शुभारम्भमा र समापनमा क्रमशः झापा र कञ्चनपुरमा पार्टी स्थायी कमिटीको बैठक बसेको थियो । बैठकले तराई–मधेस तथा थारू समुदायका २० जनालाई पार्टी केन्द्रीय कमिटीमा मनोनीत गरिएको थियो भने स्थानीय निर्वाचनको तयारीसहित अभियानको समीक्षासहितको पत्रकार सम्मेलन गरिएको थियो ।
नेकपा (एमाले) मेची–महाकाली राष्ट्रिय अभियान सानातिना व्यवस्थापकीय कमीकमजोरीका बाबजुद मधेसी मोर्चालगायतका राजनीतिक दलहरूका अभियानको पुरै अवधि बन्दको घोषणा गरिए पनि जनताको अपार सहभागिता र उत्साहका अगाडि केही लागेन र अभियान भव्य रूपमा सफल भयो । यसले वास्तवमै नेपालीहरूबीच राष्ट्रिय भावनाको एकीकरण गर्न सफल भयो । यस अभियानले नेपाली जनताको सबैभन्दा नजिकको भरपर्दो पार्टी नेकपा (एमाले) मात्र हो भन्ने प्रमाणित गरिदियो । तीनवटै तहको निर्वाचनमा नेकपा (एमाले) को सफलताले मात्रै संविधानको कार्यान्वयन, रक्षा, विकास र समृद्धि तथा सामाजिक न्यायसहितको सद्भाव र राष्ट्रिय एकता सम्भव छ भन्ने देखाएको छ । आगामी स्थानीय तहको निर्वाचनमा जनताको अपार साथ र समर्थन पाउने भरोसा एमालेमा बढेको छ ।
सम्बन्धित समाचार
- जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक
- साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
- कृषिमा हामीले के सुधार गर्न सक्छौँ ?
- मोदीलाई परराष्ट्रमन्त्री राणाले दिइन् प्रधानमन्त्री ओली पठाएको नेपाल भ्रमणको निम्तो
- सारङ्गीसँग रामबहादुर गन्धर्वको पचपन्न वर्ष
- अर्थ मन्त्रालयले तयार पार्यो १०० दिनको कार्ययोजना
- ‘नेपाल फर्स्ट’ परराष्ट्र नीतिको खाँचो
- अडानबाट पछि हटे हर्क साम्पाङ
- मुख्यमन्त्रीको प्रत्यक्ष निर्वाचन
- राष्ट्रिय सभा अध्यक्ष माओवादीकै हुन्छ : जनार्दन शर्मा
- निजगढमा विष्फोट हुँदा एकको मृत्यु, पाँच घाइते
- ९ वर्षीया बालिका बलात्कार गर्ने ८६ वर्षीय वृद्धलाई जन्मकैद
Leave a Reply