च.नं. ५३९ लत्याउँदै फिलिपिन्समा मस्त
काठमाडौं । निर्वाचन आयोगले सहमति नदिए पनि अहिले कृषि विकास मन्त्रालयका एक सहसचिव विदेश भ्रमणमा मस्त रहेका छन् । फिलिपिन्सको एउटा कार्यक्रममा भाग लिन गएका कृषि विकास मन्त्रालयको नीति तथा अन्तर्राष्ट्रिय सहयोग समन्वय महाशाखाका प्रमुख सहसचिव लेखनाथ आचार्य अझै स्वदेश फर्किएका छैनन् ।
फिलिपिन्समा आयोजना हुने सीबीएसम्बन्धी गोष्ठीमा भाग लिनका लागि निम्तो आएपछि सो मन्त्रालयले निर्वाचन आयोगसमक्ष सहमतिका लागि पत्राचार गरेको थियो । तर, निर्वाचनको मिति घोषणा भइसकेको हुँदा आचारसंहिताले रोक्ने भन्दै आयोगले सहमति दिन चाहेन । मन्त्रालयले चैत १४ देखि १७ गतेसम्म फिलिपिन्समा हुने कार्यक्रममा जानका लागि सहमति मागेको थियो ।
तर, आयोगले भने गएको चैत ५ गते नै प्रस्ट शब्दमा ‘यसरी सो मन्त्रालयबाट सहमति माग भएर आएकोमा सहमति प्रदान नगरिएको’ व्यहोराको पत्र मन्त्रालयलाई पठायो । आयोगको चलानी नम्बर ५३९ को सो निर्देशनपत्रलाई लत्याउँदै सहसचिव आचार्य फिलिपिन्स गएका हुन् । आयोगले सहमति प्रदान नगरे पनि आचार्यलाई विदेश जानबाट रोक्न सचिव डा. सुरोज पोखरेलले नै नचाहेको बताइन्छ । सचिवकै सल्लाहमा आचार्य फिलिपिन्स गएको बुझिएको छ ।
फिलिपिन्सको कार्यक्रम सकिएको एक हप्ता बितिसके पनि सहसचिव आचार्य अझै स्वदेश फर्किएका छैनन् । अर्कोतिर, सो मन्त्रालयका सहसचिवमध्ये सबभन्दा धेरै विदेश घुम्ने सहसचिवमा आचार्य नै पर्दछन् । विदेश घुम्नकै निम्ति उनले मन्त्री गौरीशंकर चौधरी र सचिव पोखरेललाई रिझाएर अन्तर्राष्ट्रिय सहयोग समन्वय महाशाखा उछिट्ट्याएको बताइन्छ । गत वर्ष मात्रै उनले आठपटक विदेश भ्रमण गरेका थिए । धेरैपटक विदेश घुम्ने सहसचिवका रूपमा आलोचित आचार्य पछिल्लो समय भने निर्वाचन आचार–संहितालाई लत्याउँदै विदेश गएका हुन् । उनलाई निर्वाचन आचार–संहिताविपरीत काम गरेको हुँदा कारबाही गर्ने संकेत आयोगले दिएको बताइन्छ ।A
सम्बन्धित समाचार
-
ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
-
हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
-
निगुरो टिपेर लाखौं कमाई
-
पूर्व डीआइजी रमेश खरेलविरुद्ध अख्तियारमा मुद्दा दायर
- विशेष अदालत बार एसोसियसनमा एमाले निकट पीपीएलएको प्यानल नै निर्वाचित
-
समय आउँछ, मदन–आश्रितको हत्यारा पत्ता लाग्छ : अध्यक्ष ओली
-
३५ जिल्ला न्यायाधीश सिफारिस (सूचीसहित)
-
बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
-
स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
-
कान्तिपुरविरुद्ध रविको उजुरी
-
किराँतीलाई मन्त्रीबाट बर्खास्त गर्न कमल थापाको माग
Leave a Reply