उम्मेदवारका आकांक्षी नै ‘भिलेन’
काठमाडौं । नेपाल पत्रकार महासंघको केन्द्रीय महाधिवेशन एक महिनाका लागि सरेको छ । विश्व प्रेस स्वतन्त्रता दिवस (आगामी २० वैशाख) का लागि पूर्वनिर्धारित महाधिवेशन आसन्न स्थानीय तहको निर्वाचनलाई कारण जनाएर एक महिना सरेको हो । त्यसअनुसार २० जेठमा महाधिवेशन सम्पन्न हुनेछ । महासंघको हालै सम्पन्न केन्द्रीय समिति बैठकले ‘व्यावसायिक पत्रकारिताको आधार, प्रेस स्वतन्त्रता र श्रम अधिकार’ मूलनारा तय गरेको छ । दुई तिहाइ स्थानमा अधिवेशन सम्पन्न भइसके पनि २० जिल्ला शाखा, १४ प्रतिष्ठान शाखा र एउटा एसोसिएटमा भने अझै निर्वाचन हुन बाँकी छ । ७ वैशाखभित्र अधिवेशन सम्पन्न नगर्ने शाखाहरूलाई महाधिवेशनमा प्रतिनिधित्व नगराइने महासंघ केन्द्रीय समिति बैठकले निर्णय गरिसकेकाले बाँकीमा धमाधम प्रक्रिया अघि बढ्ने सभापति डा. महेन्द्र विष्टले बताए ।
उपत्यकामा काठमाडौं, भक्तपुर, ललितपुर तीनवटै जिल्लामा निर्वाचन सम्पन्न हुन बाँकी छ । गैरपत्रकारलाई जबर्जस्ती सदस्यता बनाउने, अनेक पेसाधारीको सदस्यता नवीकरण गरिएको फेला परेपछि काठमाडौं र ललितपुरमा प्रेस चौतारी नेपाल, प्रेस युनियनसहित पाँचवटा संगठनले तालाबन्दी गरेका थिए । ललितपुरमा दुई साता पहिल्यै ताला खुलिसके पनि काठमाडौंको भने अझै खुल्न सकेको छैन । सभापति गोविन्द चौलागाईंले पत्रकारिता क्षेत्रमा क्रियाशील सबै पक्षको आवाजलाई सम्बोधन गर्दै अग्रज पत्रकारहरूको परामर्शमा समस्या समाधानकोे अन्तिम प्रयास भइरहेको बताए । यद्यपि, केन्द्रीय महाधिवेशनको प्रतिस्पर्धासँग जोडेर काठमाडौं महासंघको समस्यालाई जबर्जस्ती प्रतिष्ठाको विषय बनाइएको छ । साना लगानीमा काम गरिरहेका धेरै क्रियाशील पत्रकारहरू सदस्यताबाटै वञ्चित हुने तर सिमेन्ट कारखानामा काम गर्ने मजदुरदेखि स्वास्थ्य व्यवसायीलाई भने जसरी पनि सदस्यता दिने खालको नियोजित षड्यन्त्र गरिएकाले पनि काठमाडौंको समस्या सम्बोधनमा निकै कठिनाइ भइरहेको बताइन्छ । यही बीचमै केन्द्रले तोकेको अवधि सकिएको एक महिनापछि प्रतिष्ठान शाखाबाट ५० जनाभन्दा बढीको सदस्यता अवैध बाटोबाट जबर्जस्ती स्थानान्तरण गर्न खोजिएकाले झन् समस्या खडा भएको बताइन्छ ।
तर, यो समस्यालाई दुईपटक पत्रकार महासंघको सभापतिमा पराजित भइसकेका न्यूनतम पारिश्रमिक निर्धारण समितिका अध्यक्ष पोषण केसीले सुल्झाउनेभन्दा पनि अल्झाइरहन नेपथ्यबाट भूमिका खेलिरहेको बताइन्छ । तेस्रोपटक पनि महाधिवेशनमा सभापतिको आकांक्षा राखेर दौडमा सामेल भएका केसीले प्रेस सेन्टरका पदाधिकारी तहका एक व्यक्तिलाई प्रभावमा पारेर वाम गठबन्धन भाँड्ने र काठमाडौंमा पनि समस्या अल्झाइरहने काम गरेको स्रोतको दाबी छ । समितिको गाडी दुरुपयोग गर्दै लगनगाँठो कसेर ती पदाधिकारीलाई घुमाउने, नियमित रूपमा अनामनगरको सेकुवा कर्नरदेखि दरबारमार्गका क्याफेहरूमा मदिरापान गराउने, डान्सबार र डिस्कोमा मनोरञ्जनका लागि लैजाने काम गर्दै हिँडेको पत्रकार वृत्तमा व्यापक चर्चा चलेको छ । यसरी केसी प्रेस सेन्टरभित्र हाबी हुँदै गएपछि सो संगठनभित्र तीव्र विरोध भइरहेको बताइन्छ ।
सम्बन्धित समाचार
-
ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
-
हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
-
निगुरो टिपेर लाखौं कमाई
-
पूर्व डीआइजी रमेश खरेलविरुद्ध अख्तियारमा मुद्दा दायर
- विशेष अदालत बार एसोसियसनमा एमाले निकट पीपीएलएको प्यानल नै निर्वाचित
-
समय आउँछ, मदन–आश्रितको हत्यारा पत्ता लाग्छ : अध्यक्ष ओली
-
३५ जिल्ला न्यायाधीश सिफारिस (सूचीसहित)
-
बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
-
स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
-
कान्तिपुरविरुद्ध रविको उजुरी
-
किराँतीलाई मन्त्रीबाट बर्खास्त गर्न कमल थापाको माग
Leave a Reply