‘टिकट’ मा जिल्ला अध्यक्षको सही नचल्ने
काठमाडौं । नेकपा (एमाले) ले प्रदेश संयोजक र पार्टी केन्द्रीय अध्यक्षको हस्ताक्षरबाट मात्रै स्थानीय तहमा पार्टीका उम्मेदवारहरूलाई टिकट वितरण गर्ने भएको छ । स्थायी समितिको सोमबारको बैठकमार्फत एमालेले यस्तो निर्णय लिएपछि टिकट जिल्ला अध्यक्षको हस्ताक्षर अब नचल्ने निश्चित भएको हो ।
यसअघि वडा अध्यक्ष र सदस्यहरूको टिकट जिल्ला अध्यक्षले नै हस्ताक्षर गरेर बाँड्ने भनिए पनि निर्वाचन आयोगमा मनोनयनमा अप्ठ्यारो पर्ने कारण जनाउँदै प्रदेश संयोजक र केन्द्रीय अध्यक्षको हस्ताक्षरबाट मात्रै वितरण गर्ने एमालेले निर्णय लिएको हो । गाउँपालिका र नगरपालिकाका अध्यक्ष, उपाध्यक्ष÷प्रमुख, उपप्रमुख, गाउँ, नगर, उपमहानगर, महानगरका वडा अध्यक्ष र सदस्यहरूको उम्मेदवारको मनोनयनको औपचारिक पत्र प्रदेश संयोजकहरूले प्रदान गर्ने एमालेको निर्णयमा उल्लेख छ । त्यस्तै, महानगरपालिका तथा उपमहानगरपालिकाका प्रमुख र उपप्रमुखको उम्मेदवारको मनोनयनको औपचारिक पत्र भने पार्टीका केन्द्रीय अध्यक्षले प्रदान गर्ने एमालेले निर्णय गरेको छ ।
सम्बन्धित समाचार
-
ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
-
हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
-
निगुरो टिपेर लाखौं कमाई
-
पूर्व डीआइजी रमेश खरेलविरुद्ध अख्तियारमा मुद्दा दायर
- विशेष अदालत बार एसोसियसनमा एमाले निकट पीपीएलएको प्यानल नै निर्वाचित
-
समय आउँछ, मदन–आश्रितको हत्यारा पत्ता लाग्छ : अध्यक्ष ओली
-
३५ जिल्ला न्यायाधीश सिफारिस (सूचीसहित)
-
बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
-
स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
-
कान्तिपुरविरुद्ध रविको उजुरी
-
किराँतीलाई मन्त्रीबाट बर्खास्त गर्न कमल थापाको माग
Leave a Reply