क्यासिनो माजोङमा मनपरी
काठमाडौं । राजधानीको चर्चित क्यासिनो माजोङले अदालतको फैसला कार्यान्वयन नगरेको भन्दै असन्तुष्टि बढेको छ ।मजदुरहरूले अदालतको फैसला कार्यान्वयन नगरेको भन्दै कडा आन्दोलनको चेतावनी दिएका छन् । विगतमा क्यासिनो नेपालको नाममा सञ्चालित सो क्यासिनोको नाम बदनियतपूर्ण तरिकाले परिवर्तन गरिएको थियो । त्यसो गरेपछि राज्यलाई तिनुपर्ने राजस्व र मजदुरलाई तिर्नुपर्ने बक्यौता गोलमाल गर्न पाइने उनीहरूको दाउ छ । पीडित मजदुरहरूले क्यासिनो माजोङले सर्वोच्च अदालतको फैसला कार्यान्वयन नगरे बाध्य भएर आगामी वैशाख २१ गतेबाट सम्बन्धित क्यासिनोमा गएर धर्ना दिनेसमेत चेतावनी दिएका छन् । ठूलो राजस्व रकम छल्न र कर्मचारी बक्यौता रकम छल्नका लागि क्यासिनो नेपालको नाम परिवर्तन गरेर क्यासिनो माजोङ बनाइएको आरोप छ ।
पीडित मजदुर हिक्मत भण्डारी, दीपक गिरी, प्रताप राना मगर कुनै हालतमा फैसला कार्यान्वयन गर्नुपर्ने पक्षमा छन् । पीडितहरूले धर्ना दिने तयारी गरेको समेत बताइएको छ । पैसाको आडमा अहिले व्यवस्थापनले पीडितको माग सम्बोधन गर्ने कुरालाई बेवास्ता गरेको बताइएको छ । फैसला कार्यान्वयन निर्देशनालयदेखि समेत पीडितले झक्झक्याइरहेका छन् । श्रम, पसिना बगाएको संस्थासँग पाउनुपर्ने ज्याला माग गर्दै संघर्ष गर्दागर्दै दुईजना मजदुरले त ज्यान गुमाइसकेको बताइन्छ । तीमध्ये दुईजना बितिसके, एक जना पागल भएर बेपत्ता भएका छन् ।
पीडित मजदुरहरूद्वारा जारी गरिएका विज्ञप्तिमा भनिएको छ, ‘हामी मजदुरहरू क्यासिनो नेपालमा लामो समयदेखि स्थायी कामदारका रूपमा कार्यरत रहेकोमा नेपाल रिक्रिएसन सेन्टर प्रालिले साबिकमा सञ्चालन गरेको क्यासिनो नेपालको इजाजतपत्र, क्यासिनो सञ्चालन गर्ने भवन र सामग्रीहरूको प्रयोग गरी क्यासिनो माजोङ इन्टरटेनमेन्ट प्रालि सञ्चालनमा रहेको छ ।’
क्यासिनो नेपालमा कार्यरत कर्मचारी र अन्य सम्पूर्ण तिर्न बुझाउनुपर्ने दायित्व क्यासिनो माजोङले स्वीकार गरी सम्झौता गरेको उनीहरूले जनाएका छन् । त्यसैले, पुरानो दायित्वसमेत नयाँ सञ्चालकले तिर्नुपर्ने उनीहरूको माग छ । क्यासिनो नेपालको दायित्व माजोङ इन्टरटेनमेन्ट प्रालिले स्वीकार गर्नुपर्ने सर्तमा क्यासिनो सञ्चालन गरेको हुँदा मजदुरहरूको तलबभत्ता, सुविधा र अन्य रकम माजोङ इन्टरटेनमेन्ट प्रालिले तिर्नुपर्ने अदालतले समेत ठहर गरिसकेको छ ।
उक्त विषयमा विवाद भई उक्त विषयमा सर्वोच्च अदालतबाट गत साउन १८ गते भएको फैसलामा क्यासिनो माजोङ इन्टरटेनमेन्ट प्रालिले नै तलब, भत्तालगायत अन्य सुविधा तिर्नुपर्ने निर्णय भएको छ ।
अहिलेसम्म निर्णय कार्यान्वयन नभएकाले बाध्य भएर वैशाख २१ गतेसम्मको अल्टिमेटम दिइएको उनीहरूले बताएका छन् । उनीहरूले आफूहरूले लामो समयसम्म क्यासिनोमा नोकरी खाई पसिना बगाए पनि अहिले बेवास्ता गरेको बताएका छन् ।
सम्बन्धित समाचार
-
ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
-
हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
-
निगुरो टिपेर लाखौं कमाई
-
पूर्व डीआइजी रमेश खरेलविरुद्ध अख्तियारमा मुद्दा दायर
- विशेष अदालत बार एसोसियसनमा एमाले निकट पीपीएलएको प्यानल नै निर्वाचित
-
समय आउँछ, मदन–आश्रितको हत्यारा पत्ता लाग्छ : अध्यक्ष ओली
-
३५ जिल्ला न्यायाधीश सिफारिस (सूचीसहित)
-
बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
-
स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
-
कान्तिपुरविरुद्ध रविको उजुरी
-
किराँतीलाई मन्त्रीबाट बर्खास्त गर्न कमल थापाको माग
Leave a Reply