माओवादीमा आफ्नो हात जगन्नाथ
काठमाडौं । पटक–पटक परिवारवादको आरोप खेप्दै आएको नेकपा (माओवादी केन्द्र) का शीर्ष तहका नेताहरूले स्थानीय तहको निर्वाचनमा आफ्नै छोराछोरी, श्रीमती र आफन्तहरूलाई उठाउने होडबाजी चलेपछि सो पार्टी फेरि आलोचनाको घेरामा परेको छ । माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहालदेखि अरू नेताहरूले समेत आफन्तहरूलाई निर्वाचनमा उभ्याउन पुगेका छन् ।
माओवादी अध्यक्ष दाहालले नवगठित भरतपुर महानगरपालिकाका मेयरमा छोरी रेणु दाहाललाई उठाउने टुंगो लगाइसकेका छन् । उनी प्रचण्डकी माइली छोरी हुन् । संविधानसभाको दोस्रो निर्वाचनमा काठमाडौं क्षेत्र नं. १ बाट उठेकी छोरी दाहाललाई अहिले भरतपुरको मेयरमा उठाएकी हुन् ।
यसैगरी, माओवादी केन्द्रका पूर्वकोषाध्यक्ष तथा अध्यक्ष दाहालको आर्थिक चाजोपाँजो मिलाउन माहिर ठानिने हरिबोल गजुरेलले आफ्नै श्रीमतीलाई मेयरमा उठाएका छन् । सिन्धुलीको कमलामाई नगरपालिकामा गजुरेलले श्रीमती सावित्री पाण्डे गजुरेललाई उठाएका हुन् । सो नगरपालिकामा राम थापा, अम्बरदीप देवकोटालगायतको चर्चा रहे पनि गजुरेलले आफ्नै श्रीमतीलाई उठाएको बताइन्छ । उपमेयरमा भने जनयुद्धकालमै मारिएका सिन्धुलीका चर्चित नेता चित्रनारायण श्रेष्ठकी श्रीमती सावित्री श्रेष्ठलाई उठाइएको छ ।
सिन्धुलीकै जिल्ला अध्यक्ष राजन दाहालले भने आफ्नी श्रीमती दीपा दाहाललाई सुनकोसी गाउँपालिकाको प्रमुखमा उठाएका छन् । आफ्नी श्रीमतीलाई जिताउन दाहालले अरू राजनीतिक दलका उम्मेदवारहरूलाई धम्क्याउने र कुटपिट गर्न थालिसकेका छन् । केही दिनअघि दाहालको निर्देशनमा माओवादी केन्द्रका स्थानीय कार्यकर्ता सन्तोष दाहालले एमालेका उम्मेदवारहरूलाई फोन गरेर धम्क्याउने काम गर्दै आइरहेको बताइन्छ ।
यसैगरी, पूर्वमन्त्री गोपाल किराती आफ्ना स्वकीय सचिव शिशिर खालिङलाई ओखलढुंगाको दूधकोसी गाउँपालिकाको अध्यक्षमा टिकट दिलाउन सफल भएका छन् । सधैंभरि किरातीकै अघिपछि हिँड्ने खालिङलाई किरातीले नै जोडबल गरेर टिकट दिलाएका हुन् । ओखलढुंगाकै सुनकोसी गाउँपालिका र लिखु गाउँपालिकाको अध्यक्षमा भने श्रीमती–श्रीमती भीड्ने भएका छन् । लिखु गाउँपालिकाका अनिल जोगीले टिकट पाएका छन् भने सुनकोसी गाउँपालिकामा उनकी श्रीमती आशा कार्कीले टिकट पाएकी छन् ।
सोलुखुम्बुको दूधकौशिका गाउँपालिकाको प्रमुखमा भने सांसद् गोपाल गिरीकी बुहारी झरना गिरीले टिकट पाएकी छन् । माओवादी केन्द्रबाट उठेकी गिरी सो जिल्लाको पार्टीको पूर्वसेक्रेटरी हिमाल गिरीकी श्रीमतीसमेत हुन् ।
सम्बन्धित समाचार
-
ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
-
हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
-
निगुरो टिपेर लाखौं कमाई
-
पूर्व डीआइजी रमेश खरेलविरुद्ध अख्तियारमा मुद्दा दायर
- विशेष अदालत बार एसोसियसनमा एमाले निकट पीपीएलएको प्यानल नै निर्वाचित
-
समय आउँछ, मदन–आश्रितको हत्यारा पत्ता लाग्छ : अध्यक्ष ओली
-
३५ जिल्ला न्यायाधीश सिफारिस (सूचीसहित)
-
बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
-
स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
-
कान्तिपुरविरुद्ध रविको उजुरी
-
किराँतीलाई मन्त्रीबाट बर्खास्त गर्न कमल थापाको माग
Leave a Reply