जाँदाजाँदै धमाधम नियुक्ति
काठमाडौं । प्रधानमन्त्रीको कुर्सी छोड्ने अन्तिम तयारीमा रहेको पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको वर्तमान सरकारले जाँदाजाँदै धमाधम नियुक्ति गरेको छ । कांग्रेससहितको संयुक्त सरकार भए पनि सत्ता बहिर्गमनको अन्तिम दिन बसेको मन्त्रिपरिषद् बैठकले एकलौटी ढंगले माओवादी कार्यकर्ताहरू भर्ती गरेको हो । मंगलबार नै बसेको मन्त्रिपरिषद् बैठकले निर्यात तथा प्रवद्र्धन केन्द्रको कार्यकारी निर्देशकमा शरदविक्रम राणा, राष्ट्रिय समाचार समितिमा महाप्रबन्धकका रूपमा जनार्दन शर्माका आफ्नै भाइ ओपेन्द्र शर्मालाई नियुक्त गरेको छ ।
त्यस्तै, दुग्ध विकास संस्थानमा अध्यक्षमा रघु गौतम, प्रेस काउन्सिल नेपालको अध्यक्षमा भवानी बराललाई नियुक्त गरेको छ । बरालले पदबहालीसमेत गरिसकेका छन् । यस्तै,
बिमा समितिको अध्यक्षमा चिरञ्जीवी चापागाँइ, कार्यकारी निर्देशक श्रीमान् कार्की र नेपाल स्टक एक्सचेन्ज नेप्सेको अध्यक्षमा लक्ष्मण न्यौपाने नियुक्त भएका छन् ।
सम्बन्धित समाचार
-
ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
-
हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
-
निगुरो टिपेर लाखौं कमाई
-
पूर्व डीआइजी रमेश खरेलविरुद्ध अख्तियारमा मुद्दा दायर
- विशेष अदालत बार एसोसियसनमा एमाले निकट पीपीएलएको प्यानल नै निर्वाचित
-
समय आउँछ, मदन–आश्रितको हत्यारा पत्ता लाग्छ : अध्यक्ष ओली
-
३५ जिल्ला न्यायाधीश सिफारिस (सूचीसहित)
-
बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
-
स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
-
कान्तिपुरविरुद्ध रविको उजुरी
-
किराँतीलाई मन्त्रीबाट बर्खास्त गर्न कमल थापाको माग
Leave a Reply