जाँदाजाँदै धमाधम नियुक्ति
काठमाडौं । प्रधानमन्त्रीको कुर्सी छोड्ने अन्तिम तयारीमा रहेको पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको वर्तमान सरकारले जाँदाजाँदै धमाधम नियुक्ति गरेको छ । कांग्रेससहितको संयुक्त सरकार भए पनि सत्ता बहिर्गमनको अन्तिम दिन बसेको मन्त्रिपरिषद् बैठकले एकलौटी ढंगले माओवादी कार्यकर्ताहरू भर्ती गरेको हो । मंगलबार नै बसेको मन्त्रिपरिषद् बैठकले निर्यात तथा प्रवद्र्धन केन्द्रको कार्यकारी निर्देशकमा शरदविक्रम राणा, राष्ट्रिय समाचार समितिमा महाप्रबन्धकका रूपमा जनार्दन शर्माका आफ्नै भाइ ओपेन्द्र शर्मालाई नियुक्त गरेको छ ।
त्यस्तै, दुग्ध विकास संस्थानमा अध्यक्षमा रघु गौतम, प्रेस काउन्सिल नेपालको अध्यक्षमा भवानी बराललाई नियुक्त गरेको छ । बरालले पदबहालीसमेत गरिसकेका छन् । यस्तै,
बिमा समितिको अध्यक्षमा चिरञ्जीवी चापागाँइ, कार्यकारी निर्देशक श्रीमान् कार्की र नेपाल स्टक एक्सचेन्ज नेप्सेको अध्यक्षमा लक्ष्मण न्यौपाने नियुक्त भएका छन् ।
सम्बन्धित समाचार
- बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- कान्तिपुरविरुद्ध रविको उजुरी
- किराँतीलाई मन्त्रीबाट बर्खास्त गर्न कमल थापाको माग
- कांग्रेसको मधेश प्रदेश सम्मेलन आजदेखि सुरु
- चीनमा शक्तिशाली भूकम्प, एक सयभन्दा बढीको मृत्यु
- बोलेरोले ठक्कर दिँदा शिक्षक र लेखापालको मृत्यु
- नेकपा एसको सचिवालय बैठक बस्दै, महाधिवेशनको नयाँ मिति तय हुने
- कांग्रेसको लुम्बिनी प्रदेश सम्मेलन आजदेखि
- भुटानी शरणार्थी प्रकरण: टोपबहादुर रायमाझीसहित ८ जनालाई पुर्पक्षका लगि थुनामा राख्ने आदेश सदर
- आचार्य श्रीनिवास पक्राउ
- प्रचण्डलाई सिंहदबारको कुर्सीबाट माइतीघरमा पछार्ने तागत छ : महेश बस्नेत
Leave a Reply