डोलिन्द्रसँग सञ्चालकहरू आजित
काठमाडौं । साझा प्रकाशनका अध्यक्ष एवं महाप्रबन्धक डोलिन्द्रप्रसाद शर्माको व्यवहार देखेर सञ्चालकहरू आजित हुन थालेका छन् । महाप्रबन्धक शर्माको रवैया देखेर आजित भएका सञ्चालक समितिका सदस्यहरूले उनलाई सच्याउन निकै प्रयत्न गरे पनि असफल बन्दै गएको भन्दै गुनासो पोखेका छन् ।
ऋण र घाटाका कारण डुब्दै गएको साझालाई महाप्रबन्धक शर्मा सरकारसँग २० करोड ऋण र १० करोड अनुदान लिन सफल भए पनि उनको कार्यशैलीका कारण साझा ओरालो लाग्नबाट रोकिएको छैन । महाप्रबन्धक शर्माले आफूलाई असर पर्ने निर्णयहरू सञ्चालक समितिको बैठक बस्दा माइन्युटमा नलेख्ने, सञ्चालक समितिमा निर्णय नगरी सबै काम गर्ने र पछि मात्रै बोर्डको बैठकमा ल्याउने, कर्मचारी नियुक्तिका लागि बोर्डको निर्णयविपरीत विज्ञापन गर्नेजस्ता कार्य गरेपछि सञ्चालकहरू उनीप्रति रुष्ट बन्न पुगेका हुन् । यसैगरी महाप्रबन्धक शर्माले ‘सबैको नेपाली’ लगायतका पाठ्यपुस्तक बेहिसाब रूपमा छापेको र साझामा सही संख्या दाखिल नगर्नुका साथै देशैभरि आफैंले आफ्नो व्यक्तिगत संस्थामार्फत बिक्रीवितरण गर्दै आएको पाइएपछि त सञ्चालकहरू उनीप्रति झनै रुष्ट बन्न पुगेको बताइन्छ । उनले हृदयचन्द्रसिंह प्रधानको बहुचर्चित कृति ‘एक चिहान’ छाप्दा पनि साझाको सञ्चालक समितिलाई गलत सूचना दिएर फाइदा उठाएको बताइन्छ ।
महाप्रबन्धक शर्माले साझा प्रकाशन (सहकारी संस्था लिमिटेड) समस्या समाधान तथा सुदृढीकरण सुझाव उच्चस्तरीय कार्यदल–२०७० ले सरकारसमक्ष पेस गरेको प्रतिवेदन आफ्नो प्रतिकूल हुने भएकाले कार्यान्वयन गर्न नचाहेको र कर्मचारीलाई नोकरको जस्तै व्यवहार गर्ने गरिएको पनि बताइन्छ । साथै, आफूले साझाको अध्यक्ष र महाप्रबन्धक सम्हालेपछि गरेका सुधारका कामहरूबारे बोर्डमा कुनै जानकारी नगराउने तर प्रचारमा भने व्यापक रूपमा जोड दिने गरेको पाइएकाले सञ्चालकहरू उनीप्रति रुष्ट बनेका हुन् ।
महाप्रबन्धक शर्माले साझालाई आवश्यक पर्ने कागजहरू आफ्नो निजी संस्थाबाट खरिद गर्ने गरेको, प्रेस मेसिन आफ्नो प्रकाशन संस्थाबाट लगेर साझामा जडान गरेकोमा सञ्चालकहरू उनीप्रति बेखुसी देखिएका हुन् । महाप्रबन्धक शर्माजस्ता अयोग्य, भ्रष्ट र क्षमताविहीनलाई दुई वर्षको म्याद पूरा भएपछि पुनः चार वर्षका लागि म्याद थपिएको अहिले आएर सञ्चालकहरूले गम्भीर भूल भएको बताउँदै हिँडेका छन् ।
सम्बन्धित समाचार
- बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- कान्तिपुरविरुद्ध रविको उजुरी
- किराँतीलाई मन्त्रीबाट बर्खास्त गर्न कमल थापाको माग
- कांग्रेसको मधेश प्रदेश सम्मेलन आजदेखि सुरु
- चीनमा शक्तिशाली भूकम्प, एक सयभन्दा बढीको मृत्यु
- बोलेरोले ठक्कर दिँदा शिक्षक र लेखापालको मृत्यु
- नेकपा एसको सचिवालय बैठक बस्दै, महाधिवेशनको नयाँ मिति तय हुने
- कांग्रेसको लुम्बिनी प्रदेश सम्मेलन आजदेखि
- भुटानी शरणार्थी प्रकरण: टोपबहादुर रायमाझीसहित ८ जनालाई पुर्पक्षका लगि थुनामा राख्ने आदेश सदर
- आचार्य श्रीनिवास पक्राउ
- प्रचण्डलाई सिंहदबारको कुर्सीबाट माइतीघरमा पछार्ने तागत छ : महेश बस्नेत
Leave a Reply