३१ जेष्ठ २०७४, बुधबार ०७:२५
बुधवार साप्ताहिक, नयाँबानेश्वर, काठमाण्डौं
यूएई एक्सचेन्जबाट पैसा पठाउन अझ सहज ।
काठमाडौं । ग्लोबल आईएमई बैंकले यूएई एक्सचेन्जसँगको सहकार्यमा यूएई एक्सचेन्जबाट नेपालमा पैसा पठाउन सहज व्यवस्था मिलाएको छ । यूएई एक्सचेन्ज खाडी (गल्फ) मुलुकको सबैभन्दा ठूलो एक्सचेन्ज कम्पनी हो । खाडी मुलुकमा कार्यरत नेपालीहरूले उक्त एक्सचेन्ज कम्पनीमार्फत नेपालमा रहेका आफ्ना आफन्तहरूलाई ग्लोबल रेमिटमार्फत पठाएको पैसा छिटोछरितो र सहज रूपमा नेपालमा रहेका ग्लोबल आईएमई बैंकका सम्पूर्ण शाखा तथा आईएमई रेमिटेन्स, बेस्ट रेमिट एन्ड एस रेमिटका ७ हजारभन्दा बढी एजेन्टबाट तत्काल भुक्तानी लिन सकिनेछ ।
ग्लोबल आईएमई बैंकले स्थापनाकालदेखि नै यूएई, कतार, बहराइन, इन्डिया, अस्ट्रेलिया, जापान, मलेसिया, दक्षिण कोरियालगायतका मुलुकहरूका बैंक तथा एक्सचेन्ज हाउसहरूसँगको सहकार्यमा रेमिट्यान्स कारोबारलाई विशेष प्राथमिकतामा राखी सेवा प्रदान गर्दै आइरहेको छ ।
सम्बन्धित समाचार
-
सुक्खाबन्दरगाहद्वारा तीन महिनामा १२ अर्ब ७५ करोड राजस्व सङ्कलन
-
आईएमई लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा दिवाकर पौडेल
-
भैरहवा र पोखरा विमानस्थल सञ्चालन गर्न टिकट, ग्राउण्ड ह्याण्डलिङदेखि इन्धनसम्म छुट
-
ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत रेग्मीले सम्हाले कार्यभार
-
नेपालबाट भारतले थप २५१ मेगावाट बिजुली किन्ने
-
सत्ता गठबन्धन फेरिएकै दिन नेप्से परिसूचक ११७.७० अंकले बृद्धि
-
एनसेल प्रकरण छानविन गर्न समिति गठन
-
एनसेलको शेयर खरिदबिक्री चलखेलविरूद्ध अनेरास्ववियुको विरोध प्रदर्शन
-
प्रधानमन्त्रीले आज निजी क्षेत्रसँग छलफल गर्दै
-
खाद्य व्यवस्थाले आजदेखि खसी, बोका र च्याङ्ग्रा बिक्री गर्ने
-
दसैँका लागि आजदेखि नयाँ नोट सटही
-
आजदेखि चाडपर्व लक्षित सहुलियत पसल सञ्चालन
Leave a Reply