क्षेत्रमै हारेपछि सिटौला संकटमा
काठमाडौं । पार्टीमा आफ्नो हैसियत र प्रभाव देखाउन चौधौं महाधिवेशनबाट तेस्रो धारको जन्म गराएका नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाको राजनीति उच्च जोखिममा पुगेको विश्लेषण गर्न थालिएको छ । दोस्रो चरणको स्थानीय तहको निर्वाचनमा सिटौलाको निर्वाचन क्षेत्रबाट कांग्रेसले शर्मनाक हार बेहोरेपछि कांग्रेस वृत्तमै उनको राजनीतिक भविष्यको लेखाजोखा गर्न थालिएको छ ।
सिटौलाको निर्वाचन क्षेत्र झापा– ४ मा स्थानीय तहको नयाँ संरचनाअनुसार भद्रपुर नगरपालिका, केचनाकवल र हल्दीबारी गाउँपालिका पर्छन् । अहिलेसम्म सार्वजनिक मत परिणामअनुसार केचनाकवल र हल्दीबारीमा कांग्रेस पराजित भइसकेको छ । यी दुवै गाउँपालिकाका अध्यक्षमा राप्रपाले जितेको छ भने हल्दीबारीको उपाध्यक्ष एमालेका डम्बरबहादुर गिरीले जितेका छन् । मतगणना भइरहेको भद्रपुरमा पनि कांग्रेसको पराजय लगभग निश्चित देखिएको छ । मतगणना अन्तिममा पुग्दा कांग्रेसका उम्मेदवार निकै पछाडि छन् ।
पार्टीभित्रको युवापुस्तामाझ लोकप्रिय गगन थापालाई समूहलाई साथमा लिएर गत महाधिवेशनमा सभापतिमा उम्मेदवारी दिएर राजनीतिक चातुर्य प्रदर्शन गरेका सिटौलाले महाधिवेशनमा हार बेहोरे पनि त्यसयता पार्टीभित्रका हरेक अवसरमा भागबन्डा दावी गर्दै आएका छन् । पार्टीको केन्द्रीय कमिटीमा मनोनयनदेखि सरकारी नियुक्ति, सरकारमा सहभागिता र निर्वाचनमा उम्मेदवार छनोटमा समेत त्यही आधारमा उनले राम्रो भाग पाउँदै पाएका थिए । त्यति मात्र होइन, पार्टीका भ्रातृ संगठनका अधिवेशन पनि सिटौला समूहलाई भाग नलगाई सम्पन्न भएका थिएनन् । नेपाली कांग्रेसकै सभापति शेरबहादुर देउवा नेतृत्वको वर्तमान सरकारमा कांग्रेसबाट पठाउने मन्त्रीको अहिले चर्चा चलिरहँदा समेत सिटौलाबाट एक जना पठाउने चर्चा चलेको थियो ।
यसरी पार्टीभित्र भागबण्डा मागेर प्रभाव बढाइरहेको बेला आफ्नै निर्वाचन क्षेत्रमा लज्जास्पद हार बेहोरेपछि सिटौला निकै छट्पटाएको बुझिएको छ । आफ्नो क्षेत्रमा निर्वाचन जिताउन झन्डै १० दिन सिटौला अड्डा जमाएर बसेका थिए । सत्ताको सक्दो दुरूपयोग गरेर कांग्रेस उम्मेदवारलाई जिताउन सबै प्रकारका साम, दाम प्रयोग गर्दा पनि हार्नुपरेपछि सिटौला संकटमा परेका छन् ।
सम्बन्धित समाचार
-
ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
-
हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
-
निगुरो टिपेर लाखौं कमाई
-
पूर्व डीआइजी रमेश खरेलविरुद्ध अख्तियारमा मुद्दा दायर
- विशेष अदालत बार एसोसियसनमा एमाले निकट पीपीएलएको प्यानल नै निर्वाचित
-
समय आउँछ, मदन–आश्रितको हत्यारा पत्ता लाग्छ : अध्यक्ष ओली
-
३५ जिल्ला न्यायाधीश सिफारिस (सूचीसहित)
-
बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
-
स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
-
कान्तिपुरविरुद्ध रविको उजुरी
-
किराँतीलाई मन्त्रीबाट बर्खास्त गर्न कमल थापाको माग
Leave a Reply