राप्रपा फेरि फुटतर्फ
काठमाडौं । राष्ट्रियताको अडानमा चिप्लिएर ‘मुसा प्रवृत्ति’को विगतको छवि ब्युति“दैं जा“दा पटकपटकको फुट र जुटस“गै राष्ट्रिय प्रजातन्त्र पार्टी फेरि फुटको संघारमा पुगेको छ । न राजावादी न हिन्दूवादी न त प्रजातान्त्रिक † कुन धारको पार्टी हो भन्ने पहिचान गुमाउ“दै गएको राप्रपा अन्ततः फेरि फुटको संघारमा पुगेको हो ।
जुटेको पार्टी एक वर्ष बितेलगत्तै यसरी फुटतर्फ अग्रसर हुनुमा मूलतः कमल थापाको ‘मुसा प्रवृत्ति’ नै जिम्मेवार रहेको राप्रपा वृत्तमा चर्चा हुन थालेको छ । उपप्रधानमन्त्रीसहित आकर्षक मन्त्रालयका लागि पार्टीको सिद्धान्त र विचारलाई तिलाञ्जली दि“दै थापाले संविधान संशोधनको मुद्दामा प्रधानमन्त्री शेरबहादुर देउवास“ग सौदाबाजी गरिरहेका कारण पार्टी फुटको संघारमा पुगेको हो ।
थापाको ‘मुसा प्रवृत्ति’का कारण पार्टी फुटतर्फ अग्रसर भएपछि पूर्वअध्यक्ष तथा वरिष्ठ नेता पशुपतिशमशेर जबरा बुढेसकालमा निकै चिन्तित देखिन थालेको बुझिएको छ । सार्वजनिक कार्यक्रमहरूमा निकै कम देखिने पूर्वअध्यक्ष राणाले निकटस्थहरूलाई विजय निवासमा बोलाएर पार्टी फुटको चिन्तास“गै कमल थापा प्रवृत्तिको खुलेर आलोचना गर्न थालेको स्रोतले बताएको छ ।
पार्टीलाई एक ढिक्का बनाएर एकताका साथ थापाले सञ्चालन गर्ने विश्वास लिए पनि महाधिवेशनपछि उनले त्यस्तो व्यवहार नदेखाएको र वरिष्ठ नेता डा. प्रकाशचन्द्र लोहनी बाहिरिए पनि उनको विचार र अडानलाई समर्थन गर्ने थुप्रै नेता र सांसदहरूलाई विश्वासमा लिन नसक्दा पार्टी फुटको संघारतिर उन्मुख भएको भन्दै राणाले चिन्ता प्रकट गर्न थालेका हुन् । त्यसो त संविधान संशोधनको मुद्दामा थापाले पार्टीको आधिकारिक धारणा स्पष्ट बनाउन नसक्दा संसदमै राप्रपाको दुई धारको प्रतिनिधित्व गर्ने सांसदहरूको उपस्थित हुने गरेको छ । निर्वाचनअघि जर्बजस्ती संशोधन प्रक्रियालाई मतदान प्रक्रियामा लैजान खोज्दा थापाको कार्यशैलीप्रति असन्तुष्टि जनाउ“दै राप्रपाका एक दर्जन सांसद रहस्यमय ढंगले अनुपस्थित भएका थिए । डा. लोहनीस“ग नजिक सुशील श्रेष्ठ, कमला शर्मा लगायतका ती सांसदहरू फेरि पनि थापाले पुरानै कार्यशैली दोह¥याए पार्टी फुटाउने निष्कर्षमा पुगेका छन् ।
उता पार्टीबाट बाहिरिएका लोहनीले राप्रपा राष्ट्रवादी दर्ता गरेर निर्वाचन आयोगबाट राप्रपाको पुरानो चुनाव चिह्न हलो लिइसकेका छन् । यदि संशोधन प्रक्रिया पारित गराउने नाममा राप्रपाले पुरानै ढुलमुले चरित्र देखाए कुनै पनि बेला ४० प्रतिशत सांसद पु¥याएर दल विभाजन गर्ने तयारीमा छन् । यिनै कारणले राणाले नियमितजस्तो चिन्ता जनाउने गरेको बताइन्छ । जबकि थापा मात्रै होइन, राणा पनि भारतको लाइनअनुसार संविधान संशोधनकै पक्षमा देखिएका छन् । तर पार्टीबाट बाहिरिएका लोहनीको चलखेलले पार्टी नै फुट्ने स्थिति आएपछि दुवै नेतालाई संविधान संशोधनको मुद्दा ‘नखाऊ“ भने दिनभरिको सिकार खाऊ“ भने कान्छा बाउको अनुहार’को उखान सावित भएको बताइन्छ ।
त्यसैले पनि एमालेले सहमति नजनाएसम्म संशोधनका विषयमा निर्णय नलिने निष्कर्षका साथ थापाले फुटको अन्तिम प्रयासलाई थामथुम पार्ने प्रयास गरिरहेको बताइन्छ । यदि पार्टी विभाजन भयो भने हलो चिह्नका साथ राप्रपा (राष्ट्रवादी) ले भोट काट्ने मात्रै होइन, प्रदेश र केन्द्रीय संसद्को निर्वाचनमा पत्तासाफ भइने थापा र राणालाई गम्भीर चिन्ता रहेको बताइन्छ ।
अध्यक्ष थापाको गृहजिल्ला मकावनपुर, राणाको सिन्धुपाल्चोक, महामन्त्री दीपक बोहराको रूपन्देही, नेता लोकेन्द्रबहादुर चन्दको बैतडी, मन्त्री बनेका विक्रम पाण्डेको चितवन, सुनील थापाको धनकुटालगायतमा पार्टीले एउटा पनि तह नजितेपछि कार्यकर्ताहरूले नेतृत्व क्षमतामाथि नै गम्भीर प्रश्न उठाउने स्थिति आएको चर्चा गर्न थालेका छन् । यसले पार्टीको भविष्य अन्धकारमय देखिएको भन्दै कार्यकर्ताहरूले चरम निराशा प्रकट गरिरहेको बताइन्छ । जबकि नेताहरूको गृह जिल्ला नरहेको झापामा तीन तह र नेपालगन्ज उपमहानगरपालिकाको मेयरमा पूर्वएमाले मेयर धवलशमशेर राणाले जितेर पार्टीको साख जोगाइदिएको राप्रपा वृत्तमा चर्चा चल्ने गरेको छ ।
सम्बन्धित समाचार
-
ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
-
हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
-
निगुरो टिपेर लाखौं कमाई
-
पूर्व डीआइजी रमेश खरेलविरुद्ध अख्तियारमा मुद्दा दायर
- विशेष अदालत बार एसोसियसनमा एमाले निकट पीपीएलएको प्यानल नै निर्वाचित
-
समय आउँछ, मदन–आश्रितको हत्यारा पत्ता लाग्छ : अध्यक्ष ओली
-
३५ जिल्ला न्यायाधीश सिफारिस (सूचीसहित)
-
बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
-
स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
-
कान्तिपुरविरुद्ध रविको उजुरी
-
किराँतीलाई मन्त्रीबाट बर्खास्त गर्न कमल थापाको माग
Leave a Reply