लुम्बिनीमा मनपरी भुक्तानी
काठमाडौं । राष्ट्रिय गौरवका आयोजनाहरूको काम सुस्त रहेको भनिए पनि गत आर्थिक वर्षमा माथिल्लो तामाकोसी जलविद्युत् आयोजना र लुम्बिनी गुरुयोजनाको काम सन्तोषजनक भएको कुरा उठिरहेको बेला लुम्बिनीको काम सिध्याउन केकस्ता बेथितिहरू भए भन्ने कुरा खुलासा भएको छ । सरकार र दातृनिकायहरूले दिएको ६६ करोडमध्ये लुम्बिनी विकास कोषले बृहत्तर लुम्बिनी गुरुयोजनाका लागि ५० करोड रूपैयाँ खर्च गरेको देखाएको छ । तर उक्त बजेट गुणस्तरहीन काममा खर्च भएको पाइएको छ ।
आर्थिक वर्ष सिद्धिने बेलामा लुम्बिनी क्षेत्रमा रहेको एसियन हाइवेको काम दु्रतगतिमा सिध्याइएको थियो । तर हतारहतारमा सो हाइवेको पीच गरिए पनि काम भने गुणस्तरहीन भएको गुनासो सडक निर्माण भएको केही समयपछि नै सडक भत्किन थालेपछि आउन थालेका छन् । कोष र ठेकेदार कम्पनीबीच सम्झौता भएअनुरूप हाइवेको छेउमा नाली बनाउनुपर्ने भए पनि ठेक्का लिएको कम्पनीले नाली नै नबनाई भुक्तानी लिइसकेको बताइन्छ ।
लुम्बिनीको पवित्र उद्यान क्षेत्र निर्माणमा पनि लापरबाही भएको छ । पवित्र उद्यान क्षेत्रमा भएका सडकहरू पूरै खाल्टाखुल्टी भए पनि निर्माणको जिम्मा पाएको ठेकेदार कम्पनीले उक्त खाल्टाखुल्टी नपुरी भुक्तानी लिइसकेको छ । त्यस्तै सो उद्यान क्षेत्रमा जहाँजहाँ इँटा लगाउनुपर्ने हो, त्यहाँत्यहाँ इँटा नलगाइएको पाइएको छ । नाली बनाउनुपर्ने ठाउँमा पनि नाली नबनाई भुक्तानी लिएको बताइन्छ ।
लुम्बिनीमा प्रवेश गर्ने ९ नम्बर गेटको बाटो निर्माणमा त झनै गुणस्तरहीन काम भएको बताइन्छ । सो बाटो निर्माणका क्रममा ठेकेदारले गिट्टी र बालुवाको मात्रा बढी राखेर निर्माण गरेको बताइएको छ । उक्त बाटो निर्माण गर्दा सम्झौता भएबमोजिम पैदल हिँड्ने पेटी र नाली बनाउने काम पनि नभएको पाइएको छ ।
कोषभित्रकै वनस्पति शाखाले पनि कामै नगरी बिल बनाएर भुक्तानी लिएको रहस्य पनि खुलेको छ । सो शाखाले वृक्षारोपण गर्नुपर्ने ठाउँमा वृक्षारोपण नै नगरी र घाँस काट्नुपर्ने ठाउँमा घाँस नै नकाटी ती कामहरू सम्पन्न भएको बिल बनाएर रकम बुझेको बताइन्छ ।
लुम्बिनी गुरुयोजनाभित्रका निर्माणका कामहरूका गुणस्तरहीन भए पनि बिनाअनुगमन नै बिल पास गरेर ठेकेदारहरूले भुक्तानी लिएको बताइन्छ । कोषका इन्जिनियरले कामको गुणस्तरीयता हेर्ने र नापजाँच गर्ने काम नै नगरी भुक्तानी दिइएको थियो । कमिसनका कारण ठेकेदारले ल्याएको बिल आँखा चिम्लेर इन्जिनियरले पारित गरेको बताइन्छ ।
सम्बन्धित समाचार
-
ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
-
हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
-
निगुरो टिपेर लाखौं कमाई
-
पूर्व डीआइजी रमेश खरेलविरुद्ध अख्तियारमा मुद्दा दायर
- विशेष अदालत बार एसोसियसनमा एमाले निकट पीपीएलएको प्यानल नै निर्वाचित
-
समय आउँछ, मदन–आश्रितको हत्यारा पत्ता लाग्छ : अध्यक्ष ओली
-
३५ जिल्ला न्यायाधीश सिफारिस (सूचीसहित)
-
बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
-
स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
-
कान्तिपुरविरुद्ध रविको उजुरी
-
किराँतीलाई मन्त्रीबाट बर्खास्त गर्न कमल थापाको माग
Leave a Reply