ज्योति विकास बैंक अयोग्यको अखडा
काठमाडौं । ज्योति विकास बैंक पछिल्लो समय विवादमा परेको छ । नेपाल राष्ट्र बैंकले तोकेको न्यूनतम योग्यता नपुगे पनि ज्योति विकास बैंकमा दुई सञ्चालक महिनौंदेखि पदमा रहेका रहेको भन्दै बोर्डभित्रैबाट विवाद बढेको हो ।
राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूको सञ्चालहरूको योग्यताको सम्बन्धमा नयाँ व्यवस्था गरेपछि उक्त बैंकका सञ्चालकहरू अयोग्य घोषित भएका हुन् । बैंकका सञ्चालकहरूमध्ये गोकर्ण खतिवडाको राष्ट्र बैंकले तोकेबमोजिमको न्यूनतम योग्यता नरहेको तथ्य बाहिर आएको छ । उनको शैक्षिक योग्यता स्नातकोत्तर उत्तीर्ण छैन । शैक्षिक योग्यता स्नातकमात्र रहेका ती सञ्चालकको कार्यानुभव पनि केन्द्रीय बैंकले तोकेबमोजिम तीन वर्ष पुगेको नपुगेको बैंक स्रोतले बतायो ।
स्नातक योग्यता मात्र भएका सञ्चालकको कार्यानुभव कम्तीमा तीन वर्ष सञ्चालक भएको हुनुपर्नेछ । तर खतिवडाको कार्यअनुभव मुस्किलले दुई वर्ष पुगेको बताइन्छ ।
विगतदेखि नौ जना सञ्चालक रहेका ज्योति विकास बैंकमा यतिखेर पनि सो संख्या कायम छ । हालै पारित बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन बाफियाअनुसार कुनै पनि बैंक तथा वित्तीय संस्थामा सञ्चालकको संख्या बढीमा सात जना हुनुपर्दछ । नयाँ बाफिया लागू भइसकेको सन्दर्भमा बैंक तथा वित्तीय संस्थाहरूले विशेष साधारण सभा आयोजना गरेर भए पनि सञ्चालकहरूको संख्या बढीमा सात गरिसकेका छन् । तर ज्योति विकास बैंकले ऐनबमोजिम गर्नुपर्ने काम पनि गरेकोे छैन । यसमा ढिलाइ गर्दा गर्दै चौतर्फी दबाबका कारण यही साउन २९ गतेका लागि विशेष साधारण सभाका लागि सूचना जारी गरिएको छ ।
नेपाल राष्ट्र बैंक स्रोतका अनुसार बाफियाबमोजिम गर्नुपर्ने काम ज्योति विकास बैंकसँग मर्ज हुन लागेको राप्ती भेरी विकास बैंकले भने यसअघि नै गरिसकेको छ । तर, ज्योतिले नगर्नुको पछाडि स्वयं नेपाल राष्ट्र बैंकका हाकिमहरूकै संरक्षणमा भएको बताइन्छ । राष्ट्र बैंकले दुई जना सञ्चालकको योग्यताका बारे आशंका गद पटकपटक पत्राचार गरे पनि उक्त पत्र नै गायब हुने गरेको छ । नेपाल राष्ट्र बैंकमा पठाइएको पत्रको जवाफ नआउनुमा सञ्चालक खतिवडा चन्द्रागिरि हिल्सका मुख्य सेयरहोल्डर नवराज नेपालका जेठान हुन् भने चन्द्रागिरि हिल्सका अर्का सञ्चालक अम्बिकाप्रसाद पौडेलचाहिँ नेपाल राष्ट्र बैंकका एक निर्देशकको काकाको छोरा हुन् । आगामी पुसदेखि मात्र खतिवडाको सञ्चालकको अनुभव तीन वर्ष पुग्ने स्रोतको दाबी छ ।
यता ज्योति विकास बैंकको सञ्चालक समिति कस्तो बनाउने भन्ने चलखेल र लेनदेनमा नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक नारायण पौडेलसँगै, विकास बैंक सुपरीवेक्षण विभागका अर्का कार्यकारी निर्देशक लक्ष्मी प्रपन्न निरौला पनि संलग्न भएको आशंका गरिएको छ ।
सम्बन्धित समाचार
- बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- कान्तिपुरविरुद्ध रविको उजुरी
- किराँतीलाई मन्त्रीबाट बर्खास्त गर्न कमल थापाको माग
- कांग्रेसको मधेश प्रदेश सम्मेलन आजदेखि सुरु
- चीनमा शक्तिशाली भूकम्प, एक सयभन्दा बढीको मृत्यु
- बोलेरोले ठक्कर दिँदा शिक्षक र लेखापालको मृत्यु
- नेकपा एसको सचिवालय बैठक बस्दै, महाधिवेशनको नयाँ मिति तय हुने
- कांग्रेसको लुम्बिनी प्रदेश सम्मेलन आजदेखि
- भुटानी शरणार्थी प्रकरण: टोपबहादुर रायमाझीसहित ८ जनालाई पुर्पक्षका लगि थुनामा राख्ने आदेश सदर
- आचार्य श्रीनिवास पक्राउ
- प्रचण्डलाई सिंहदबारको कुर्सीबाट माइतीघरमा पछार्ने तागत छ : महेश बस्नेत
Leave a Reply