डोलिन्द्रले यति सम्म गर्न भ्याएछन्
काठमाडौं । ‘आफ्नै हात जगन्नाथ’ । यो उखान साझा प्रकाशनका अध्यक्ष एवं महाप्रबन्धक डोलिन्द्रप्रसाद शर्माको हकमा हुबहु लागू हुन्छ । साझा प्रकाशनलाई आफ्नो कमाइ खाने भाँडोका रूपमा चलाउँदै आएका शर्माले साझाका पुस्तकहरू आफूद्वारा सञ्चालित प्रेसमा छापेर र गोप्य रूपमा बिक्री गरेर आर्थिक लाभ लिइरहेको पाइएको छ । उनको यस्तो अनियमितताबारे छानबिन गर्न शिक्षा मन्त्रालयले छानबिन समिति गठन गरे पनि उनले अहिले पनि साझालाई दुहुने काम गरिरहेका छन् ।
पूर्ववर्ती पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्व सरकारको पालामा ऋण र घाटामा चुर्लुम्मै डुबेको साझालाई २० करोड ऋण र १० करोड अनुदान प्राप्त भएको थियो । त्यसरी प्राप्त भएको ३० करोडमध्ये १४ करोडभन्दा बढी जनक शिक्षा सामग्री केन्द्रले सिधै शिक्षा मन्त्रालयबाट बुझेको थियो । बाँकी रहेको १५ करोड ८७ लाखमध्ये अध्यक्ष शर्माले मनोमानी ढंगले खर्च गरेको पाइएको छ । सञ्चालक समितिका अधिकांश सदस्यहरूका निर्देशन र सुझावलाई लत्याएर उनले ऋण र अनुदानबापत साझालाई प्राप्त रकम अनियमित रूपले खर्च गरेको देखिएको छ ।
अध्यक्ष शर्माको लगानी रहेको अल्पाइन प्रेसलाई मात्र पटकपटक गरेर लाखौं रुपैयाँ भुक्तानी गरेको पाइएको छ । गत २०७३ पुस २८ गते सो प्रेसलाई १५ लाख रुपैयाँ भुक्तानी दिइएको थियो । त्यसको सात दिनपछि माघ ६ गते १० लाख भुक्तानी गरेको पाइएको छ । यसैगरी २०७३ माघ २० गते सोही प्रेसलाई १५ लाख रुपैयाँ भुक्तानी गरेको देखिएको छ । यसैगरी सोही वर्षको फागुन ६ गते १० लाख, फागुन २३ मा थप १० लाख र फागुन २७ गते ९ लाख ७८ हजार ६ सय ५९ रुपैयाँ १० पैसा भुक्तानी गरेको देखिएको छ । यसरी गएको वर्षको तीन महिनाकै अवधिमा आफूले सञ्चालन गरेको प्रेसलाई काम दिलाएर अध्यक्ष शर्माले पटकपटक गरेर ६९ लाख ७८ हजार ६ सय ५९ रुपैयाँ १० पैसा भुक्तानी लिएको देखिएको छ ।
साझाको अध्यक्ष र महाप्रबन्धकको पद जिप्ट्याएपछि आफूले प्रेस सञ्चालन गरिरहेको कुरामा प्रश्नचिह्न उठ्न सक्ने देखेपछि शर्माले अर्कै व्यक्तिलाई सो प्रेस बेचेको नाटक गर्दै साझाको छपाइसम्बन्धी सबै काम आफ्नै प्रेसमा बिनाटेन्डर गरेका थिए । यसबाहेक अध्यक्ष शर्माले आफ्नै नाममा पनि ऋण र अनुदानबापत आएको रकम पनि बैंकबाट झिकेका छन् । उनले २०६३ साल पुस २९ गते आफ्नै नाममा २२ लाख, माघ १० गते १५ लाख, माघ १७ गते ५ लाख र फागुन १२ गते ५ लाख रुपैयाँ निकालेका छन् । यसरी पटकपटक गरी उनले ४७ लाख रुपैयाँ साझा प्रकाशनको खाताबाट झिकेका छन् । यी रकम उनले कुन प्रयोजनका लागि झिकेका हुन्, त्यसबारे केही खुलाइएको छैन ।
सम्बन्धित समाचार
- बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- कान्तिपुरविरुद्ध रविको उजुरी
- किराँतीलाई मन्त्रीबाट बर्खास्त गर्न कमल थापाको माग
- कांग्रेसको मधेश प्रदेश सम्मेलन आजदेखि सुरु
- चीनमा शक्तिशाली भूकम्प, एक सयभन्दा बढीको मृत्यु
- बोलेरोले ठक्कर दिँदा शिक्षक र लेखापालको मृत्यु
- नेकपा एसको सचिवालय बैठक बस्दै, महाधिवेशनको नयाँ मिति तय हुने
- कांग्रेसको लुम्बिनी प्रदेश सम्मेलन आजदेखि
- भुटानी शरणार्थी प्रकरण: टोपबहादुर रायमाझीसहित ८ जनालाई पुर्पक्षका लगि थुनामा राख्ने आदेश सदर
- आचार्य श्रीनिवास पक्राउ
- प्रचण्डलाई सिंहदबारको कुर्सीबाट माइतीघरमा पछार्ने तागत छ : महेश बस्नेत
Leave a Reply