वैरोमा असुली आतंक
काठमाडौं । वैदेशिक रोजगार विभागका महानिर्देशक विश्वराज पाण्डेले विभाग र मातहत कार्यालयहरूमा असुली आतंक नै मच्चाएका छन् । उनले आफ्ना विश्वासी र बिचौलिया प्रवृत्तिका केही कर्मचारी परिचालन गरी रकम संकलनलाई जोड दिएको बुझिएको छ ।
महानिर्देशक पाण्डेकै अगुवाइमा अहिले विभागले फ्री भिसा, फ्रि टिकटमा खाडी र मलेसियामा नेपाली कामदार पठाएको प्रावधान लागू भए÷नभएको अनुगमन गर्ने, नभएको भए स्पष्टीकरण सोध्ने, आयव्यय विवरणको अडिट रिपोर्ट विभागलाई उपलब्ध नगराउने नाममा करिब ८ सय वटा मेनपावर कम्पनीसँग २ लाखदेखि ५ लाखसम्म असुलेर करोडौं भ्रष्टाचार गरेको विभागभित्र चर्चा छ ।
विभागभित्र अनुगमनको नाममा अनुगमन शाखाका निर्देशक नारायण आचार्य, लेखनाथ भट्टराई, कीर्तिबल्लभ पौडेल, खड्ग केसीलगायतललाई परिचालन गरी रकम असुलेको थाहा भएको छ । यसैगरी नयाँ मेनपावर कम्पनी दर्तामा पनि लाखौं असुल गरिएको छ । हाल मेनपावर कम्पनी ८ सयभन्दा बढी भएको तर विभागको जनशक्ति कम हुँदा अनुगमन नियमन गर्न कठिनाइ भएको, व्यवसायीबीच अस्वस्थ्य प्रतिस्पर्धा हुँदा विदेशमा नेपाली कामदार अलपत्र पर्ने तथा नेपालमा सम्झौता गरेअनुरूपको तलब र अन्य सुविधा प्राप्त गर्न नसकेको अवस्था छ । यस्तो समस्या पार लगाउन तथा विभाग सुधार गर्नुभन्दा पनि उनले असुलीलाई नै प्राथमिकता दिएको बताइन्छ ।
विगतमा सेवा शुल्क ८० हजारभन्दा माथि देखि २ लाख ५० हजारसम्म असुली गरी ठगी गरिएको धेरै गुनासो आएपछि श्रम तथा रोजगार मन्त्रालयले तीन वर्ष अगाडिदेखि नयाँ मेनपावर कम्पनी दर्ता रोकेको थियो ।
तर महानिर्देशकमा पाण्डे आएपछि उनले अदालतको आदेशमा कम्पनी दर्ता खुलाउनुपरेको भन्दै सयौं कम्पनी दर्ता गरेर प्रति कम्पनी २ लाखदेखि ५ लाखसम्म उठाएर दर्ता गरेको र यसरी उठाएको रकम श्रम सचिव लक्ष्मण मैनालीदेखि अन्यलाई सम्म बुझाउँदै आएको बताइन्छ ।
नयाँ आर्थिक वर्ष सुरु भएसँगै मेनपावर कम्पनी, अभिमुखीकरण कम्पनी दर्ता गर्नुपर्दछ । यसमा पनि नवीकरण शाखाका पेसल कोइरालामार्पmत रकम असुली गर्न सेटिङ मिलाउने काम भइरहेको छ । कोइरालाले अनामनगरका भट्टीहरूमा मेनपावर व्यवसायीलाई भेटेर मदिरा सेवन गर्दै नवीकरणबापतको घुस बैना रकम अग्रिम लिएर महानिर्देशक पाण्डेलाई बुझाउन थालेका छन् । कोइराला विभागका पुराना कर्मचारी हुन् ।
उनी वैदेशिक रोजगार विभागमा घुमीफिरी सरुवा हुने र विगत १२ वर्षदेखि वैदेशिक रोजगार विभागमा नै छन् । सामान्य परिवारका कोइरालाले कपनमा तीनतले भव्य महल बनाएका छन् । कोइरालाले मेनपावर व्यवसायीसँग महानिर्देशक पाण्डेको गोप्य भेटघाटको व्यवस्था गर्दै आएका छन् ।
सम्बन्धित समाचार
- बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- कान्तिपुरविरुद्ध रविको उजुरी
- किराँतीलाई मन्त्रीबाट बर्खास्त गर्न कमल थापाको माग
- कांग्रेसको मधेश प्रदेश सम्मेलन आजदेखि सुरु
- चीनमा शक्तिशाली भूकम्प, एक सयभन्दा बढीको मृत्यु
- बोलेरोले ठक्कर दिँदा शिक्षक र लेखापालको मृत्यु
- नेकपा एसको सचिवालय बैठक बस्दै, महाधिवेशनको नयाँ मिति तय हुने
- कांग्रेसको लुम्बिनी प्रदेश सम्मेलन आजदेखि
- भुटानी शरणार्थी प्रकरण: टोपबहादुर रायमाझीसहित ८ जनालाई पुर्पक्षका लगि थुनामा राख्ने आदेश सदर
- आचार्य श्रीनिवास पक्राउ
- प्रचण्डलाई सिंहदबारको कुर्सीबाट माइतीघरमा पछार्ने तागत छ : महेश बस्नेत
Leave a Reply