पेट्रोलियम व्ययवसायीको पक्षमा माननीय
काठमाडौं । जनताको पक्षमा काम गर्ने शपथ खाएर आएका जनप्रतिनिधिहरू व्यवसायीको पक्षमा उभिएपछि आलोचनाको सिकार हुनुपरेको छ । पेट्रोलियम व्यवसायीहरूले सांसद र आपूर्ति मन्त्रालयका सचिवलाई थर्काएपछि नेपाल सांसदहरूकै सिफारिसमा आयल निगमले व्यवसायीको क्षतिपूर्ति बढाएको छ ।
संसद्को उपभोक्त हित सम्बन्ध उपसमितिका संयोजक सुभाषचन्द्र ठकुरीलगायतका व्यक्तिहरू पछिल्लो समय व्यवसायीको पक्षमा उभिएका हुन् । बिहीबार साँझ बसेको संसद्को उपभोक्ता हित सम्बन्ध उपसमितिमा पेट्रोलियम डिलर्स एसोसियसन र ढुवानी व्यवसायीले सांसद र आपूर्ति सचिवलाई थर्काएका थिए । सांसद सुभाषचन्द्र ठकुरीको संयोजकत्वमा गठित उक्त समितिका सबै सदस्यहरूलाई व्यवसायीहरूले पहिले नै प्रभावमा पारिसकेकाले त्यसरी थर्काउने हैसियत राखेको र सबै मिडियाका सामु हप्काइदिएको बुझिएको छ ।
ढुवानी व्यवसायी महासंघका महासचिव विश्व अर्यालले क्षतिपूर्ति वृद्धि नगरेसम्म प्रधानमन्त्रीले भने पनि इन्धन नउठाउने घोषणा गरेका थिए । सभापतिको आसनमा बसेका सांसद ठकुरीले व्यवसायीको चुनौतीलाई कुनै जवाफ दिन सकेनन् ।
उपसमितिले शुक्रबारदेखि इन्धन उठाउन व्यवसायीलाई आग्रह गरेको थियो भने १५ दिनभित्र दीर्घकालीन समाधानको बाटो निकाल्न आपूर्ति मन्त्रालयलाई निर्देशन दिएको थियो । तर व्यवसायीले समितिमै निर्देशन नमान्ने धम्की दिएका थिए ।
सम्बन्धित समाचार
- बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- कान्तिपुरविरुद्ध रविको उजुरी
- किराँतीलाई मन्त्रीबाट बर्खास्त गर्न कमल थापाको माग
- कांग्रेसको मधेश प्रदेश सम्मेलन आजदेखि सुरु
- चीनमा शक्तिशाली भूकम्प, एक सयभन्दा बढीको मृत्यु
- बोलेरोले ठक्कर दिँदा शिक्षक र लेखापालको मृत्यु
- नेकपा एसको सचिवालय बैठक बस्दै, महाधिवेशनको नयाँ मिति तय हुने
- कांग्रेसको लुम्बिनी प्रदेश सम्मेलन आजदेखि
- भुटानी शरणार्थी प्रकरण: टोपबहादुर रायमाझीसहित ८ जनालाई पुर्पक्षका लगि थुनामा राख्ने आदेश सदर
- आचार्य श्रीनिवास पक्राउ
- प्रचण्डलाई सिंहदबारको कुर्सीबाट माइतीघरमा पछार्ने तागत छ : महेश बस्नेत
Leave a Reply