वसन्त मानन्धर अर्थात् आन्दोलनका सारथी
युवा नेता वसन्त मानन्धरको व्यक्तित्व आफैमा लोभलाग्दो छ । मृदुभाषी, नम्र स्वभाव र प्रष्ट वक्ताको छवि बनाएका मानन्धर जनपंक्तिमा भिज्नसक्ने सीमित नेताहरुमा लहरमा पर्दछन् । विद्यार्थी राजनीतिबाट खारिएर आएका मानन्धर बौद्धिक तप्कादेखि सामान्य जनसम्मका विश्वास बटुल्नसक्ने नेतामा दरिन्छन् । नेपाली राजनीतिक आन्दोलनका महत्वपूर्ण घडीहरुमा सक्रिय सहभागिता दर्साउँदै आएका मानन्धर यतिबेला चुनावी मैदानमा छन् । र, काठमाडौं क्षेत्र नं. ७ को प्रदेशसभा ‘क’ बाट संयुक्त वाम गठबन्धनको उम्मेदवारका रुपमा उभिएका छन् उनी ।
काठमाडौं निर्वाचन क्षेत्र नं. ७ प्रदेशसभा ‘क’ को मुटु सोह्रखुट्टेका बासिन्दा मानन्धरले राजनीतिमा पाइला टेकेकै तीन दशक नाघिसकेको छ । २०४३ सालमा अनेरास्ववियु ((एकताको पाँचौं) को सह–प्रारम्भिक कमिटीको संयोजकबाट प्रारम्भ भएको उनको राजनीतिक जीवन अखिलको महासचिवसम्म तन्कियो र उनले आफ्नो हरेक जिम्मेवारीलाई कुशलतापुर्वक निर्वाह गरे । २०४६ सालमा निरंकुश पञ्चायती व्यवस्था विरुद्धको संयुक्त आन्दोलनमा सरस्वती क्याम्पसबाट नेतृत्वकारी भूमिका निर्वाह गरेका मानन्धर त्यसयता हरेक राजनीतिक आन्दोलनका सारथी बने ।
२०४९ र २०५१ मा सम्पन्न स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा त्रिचन्द्र क्याम्पसबाट सबै प्रगतिशील विद्यार्थी संगठनको नेतृत्व गर्दै सभापति पदमा प्रत्यासी रहेका मानन्धरले २०४९ सालमा सम्पन्न नेकपा एमालेको ऐतिहासिक पाँचौं राष्ट्रिय महाधिवेशनमा विद्यार्थी फाँटबाट तथा आठौं (बुटवल) र नवौं (काठमाडौं) राष्ट्रिय महाधिवेशनमा भूगोलबाट प्रतिनिधित्व गरे । २०५१ देखि २०६७ सालसम्म एमाले विद्यार्थी विशेष जिल्ला कमिटी र काठमाडौं जिल्ला कमिटीमा क्रियाशील रहेका उनी २०६२÷०६३ को ऐतिहासिक जनआन्दोलनमा पटक पटक गरी दुई महिना निरंकुश सत्ताको हिरासतमा रहे । त्यसअघि उनी विद्यार्थी आन्दोलनका क्रममा दर्जनांै पटक गिरफ्तार भएका थिए ।
विद्यार्थी राजनीतिका क्रममा सामुदायिक तथा पेशागत आन्दोलन, महँगी, भ्रष्टाचार, सरकारी दमन, सर्वसत्तावाद, राष्ट्रिय स्वाधिनता, सिमा सुरक्षा, कालापानी मार्च लगायतका अभियान र आन्दोलनहरुमा नेतृत्वकारी भूमिका निर्वाह गरेको ४७ वर्षीय मानन्धरले नेपाल युवक मा.वि. र शान्ति विद्या गृह मा.विबाट विद्यालय तहको शिक्षा पूरा गरेका थिए भने उच्च शिक्षा त्रिभूवन विश्वविद्यालयबाट पूरा गरेका हुन् ।
भाषिक अधिकारमा समेत लागिपरेका मानन्धरले नेपाल सम्बत्लाई राष्ट्रिय मान्यता प्राप्तिको लागि प्रचारकको भूमिकासमेत निर्वाह गरे । उनले अन्तर क्याम्पस नेपाल भाषा साहित्य पालाःअन्तर्गत न्ह्यायकंं साहित्य पालाः र जः साहित्य पालाः र नेवाः देय् दवुका विभिन्न समितिमा संगठित भएर कार्य गरेका छन् । मानन्धरमा एमालेको तर्फबाट काठमाडौं महानगरपालिकाको राजनीतिक संयन्त्रमा रही कार्य गरेको अनुभव पनि रहेको छ ।
काठमाडौं महानगरपालिकाको उत्तर–पश्चिमी भेगमा रहेको प्रदेशसभा ‘ख’ बाट उम्मेदवार बनेका मानन्धरले जनतासामु केही प्रतिबद्धता पनि जनाएका छन् । उनले आफ्नो उम्मेदवारी आदिवासी जनजाति तथा स्थानीय जनताको पहिचान र अधिकारलाई स्थापित गर्दै सामाजिक न्याय र एकता कायम गर्न, नेपाली भाषाका साथै नेपाल भाषा लगायत प्रदेशभित्रका अन्य प्रमुख भाषालाई पनि प्रदेशीय माध्यम भाषाको रुपमा प्रयोगमा ल्याउन िमातृभाषामा पनि अध्ययन गर्न पाउने व्यवस्था गर्न, स्थानीय कला र संस्कृतिको संरक्षण र प्रबद्र्धन गर्न, सम्पदा र धार्मिक स्थलहरुको संरक्षण र विकास गर्न, स्थानीय पहिचान बोकेको सोह्रखुट्टे पाटीको पुनस्र्थापनाको कार्य तत्काल सुरु गर्न, प्रदेशभित्रको मूल सभ्यता अर्थात विष्णुमति सभ्यतालाई जोगाउन रहेको उल्लेख गरेका छन् ।
यसैगरी, स्थानीय स्रोत, साधन र जनशक्तिको परिचालन गरी रोजगारीको सिर्जना गर्न, रोजगारीमुलक कुनै पनि कामलाई सम्मानित बनाउन, भित्री शहरमा स्थानीय जनताको सहमति र सहकार्यमा अघि बढेको एकीकृत वस्ती विकास परियोजनालाई कार्यान्वयन गर्न, सडक विस्तारको कारण पूर्ण रुपमा विस्थापित भई अलपत्र परेकाहरुलाई उचित मुआब्जा दिलाई पुर्नस्थापित गर्न, जनतालाई विस्थापित गर्ने गरी सडक विस्तारको कार्य रोक्न, अस्तव्यस्त अवस्थामा रहेको सडकलाई सुधार गर्न, पानी आपुर्ति तथा खानेपानी समस्यालाई अल्पकालिन र दीर्घकालीन रुपमा समाधान गर्न पनि आफ्नो उम्मेदवारी रहेको मानन्धरले जनाएका छन् ।
सम्बन्धित समाचार
- जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक
- साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
- कृषिमा हामीले के सुधार गर्न सक्छौँ ?
- मोदीलाई परराष्ट्रमन्त्री राणाले दिइन् प्रधानमन्त्री ओली पठाएको नेपाल भ्रमणको निम्तो
- सारङ्गीसँग रामबहादुर गन्धर्वको पचपन्न वर्ष
- अर्थ मन्त्रालयले तयार पार्यो १०० दिनको कार्ययोजना
- ‘नेपाल फर्स्ट’ परराष्ट्र नीतिको खाँचो
- अडानबाट पछि हटे हर्क साम्पाङ
- मुख्यमन्त्रीको प्रत्यक्ष निर्वाचन
- राष्ट्रिय सभा अध्यक्ष माओवादीकै हुन्छ : जनार्दन शर्मा
- निजगढमा विष्फोट हुँदा एकको मृत्यु, पाँच घाइते
- ९ वर्षीया बालिका बलात्कार गर्ने ८६ वर्षीय वृद्धलाई जन्मकैद
Leave a Reply