गुरुत्वाकर्षण शक्ति बुझ्न सहयोगी
ज्ञान, सूचना र मनोरञ्जन । एउटा बाल सिर्जना पूर्ण हुन यी तीन तŒव अनिवार्य ठहरिन्छन् । बालबालिकालाई साहित्य पठनप्रति अभिरुचि जगाउन मनोरञ्जन त पस्किनुपर्छ नै, त्यसका साथै उनीहरूलाई सूचना र ज्ञान पनि बाँड्नुपर्दछ । पछिल्ला समय बाल साहित्यमा कलम चलाइरहेका त्रिलोचन ढकालले भने बालबालिकाका निम्ति मनोरञ्जन र ज्ञानयुक्त खुराकहरू प्रदान गर्दै त्यसमा वैज्ञानिक पक्षहरूलाई पनि भरपुर मात्रामा अटाउने प्रयत्न गरेका छन् ।
‘सबै आमाको काखमा’ एउटा यस्तो बाल उपन्यास हो, जसमा ढकालले पृथ्वीको गुरुत्वाकर्षण शक्तिको सेरोफेरोमा आफ्नो लेखन कार्यलाई डो¥याएका छन् । पृथ्वीको गुरुत्वाकर्षण शक्तिको महŒवलाई दर्साउने अभिप्रायले लेखिएको उक्त उपन्यासलाई रोचक, पठनीय र मनोरञ्जनात्मक बनाउन ढकालले यात्रा वृत्तान्तको सहयोग लिएका छन् र त्यसमार्फत कुनै कसर बाँकी राखेका छैनन् ।
कठमाडौंका चावहिलस्थित सिर्जना बोर्डिङ स्कुलमा अध्ययनरत विद्यार्थीहरू केही दिनका लागि शैक्षिक भ्रमणमा निस्किन्छन् । ती विद्यार्थीहरूको मुख्य गन्तव्य गोरखा र पोखरा हुन्छन् भने ती ठाउँहरू पुग्ने सडकखण्ड पनि उनीहरूको यात्राको साक्षी बन्छन् । शैक्षिक भ्रमणमा निस्किएका विद्यार्थीहरू र उनीहरू सवार बसका ड्राइभर र कन्डक्टरका अज्ञानता, जिज्ञासा र कौतूहलतालाई सोही स्कुलकी शिक्षिकाले मेटाइदिन्छिन् । एक विद्यार्थीले आकाशतिर फ्याँकेको ढुंगा खसेर एउटी छात्राको टाउकोमा लागेपछि सुरु भएको जिज्ञासाको लहरले गुरुत्वाकर्षण शक्तिको बयानलाई अथ्र्याउँछन् । पृथ्वीमा गुरुत्वाकर्षण शक्ति भएकै कारण त्यसलाई सबै वस्तुलाई आफूतिर तान्दछ, आकर्षित गर्दछ भन्ने ज्ञान ती शिक्षिकाले आफ्ना विद्यार्थी र बसका ड्राइभर र कन्डक्टरसामु राख्दछिन् । बसका ड्राइभरले पानीभित्र जलदेवता रहेको भनाइ राखेपछि भने ती शिक्षिकाले त्यस्तो भनाइ विज्ञानसम्मत नभएको तर्क गर्दै भन्छिन्, ‘हाम्रा पुर्खाले आफूलाई डर देखाउने सबैलाई देउता मान्थे । आफूलाई गुन लगाएकालाई पनि देउता मानेका थिए । पानीलाई पनि उनीहरूले देउता मान्थे । पानी बाँच्न नभई नहुने तŒव भएको छ । जीवनको हर काममा पानी नभई हुँदैन । पानी नहुने हो भने मानिस मरिहाल्छ । पानीबिना कुनै पनि जीवको अस्तित्व असम्भव छ । जीवनदायी वस्तु हो पानी । त्यसैले उनीहरूले पानीलाई देउता माने । …वास्तवमा पानीभित्र कुनै जलदेवताको बास हुन्न । उनले फेला पारेर कुनै वस्तु तानेर लान पनि सक्दैनन् । देवता नै नहुने भएपछि उनले तान्ने भन्ने कुरा गलत भयो । त्यसमा सत्यता हुन सक्ने कुरै भएन ।’
शैक्षिक भ्रमणमा हिँडेका विद्यार्थीहरू पहिलो दिन गोरखा पुग्दछन् । र, भोलिपल्ट पृथ्वीनारायण शाहका साथै गोरखाको इतिहासबारे संक्षिप्त रूपमा जानकारी लिन्छन् । त्यसपछि उनीहरू रमणीय सहर पोखरातिर लाग्छन् । पोखराका मुख्यमुख्य पर्यटकीय थलो घुमेर उनीहरू काठमाडौं फर्किन्छन् । उक्त भ्रमणका क्रममा शिक्षिका, विद्यार्थी र बसका ड्राइभर र कन्डक्टरबीच गुरुत्वाकर्षण शक्तिकै विषयमा जिज्ञासा, भ्रम र त्यसका समाधानबारे कुराकानी हुन्छन् । उकालो चढ्दा होस् वा ओराली झर्दा होस्, पानीमा मानिस र डुंगा डुब्दा होस् वा नदीमा बस खस्दा होस्, यी सबै कार्यमा गुरुत्वाकर्षण शक्तिको हात हुन्छ भन्ने वैज्ञानिक पक्षमाथि प्रकाश पार्न उपन्यास केन्द्रित रहेको छ ।
मूलतः यो उपन्यासले गुरुत्वाकर्षण शक्तिबारे व्यावहारिक रूपमा बुझ्न बालबालिकालाई सघाउ पु¥याउने त छँदै छ, त्यहीसँगै उनीहरूले नेपालका ऐतिहासिक र पर्यटकीय थलोबारे पनि भरपुर जानकारी पाउनेछन् ।
कृति ः सबै आमाको काखमा
विधा ः बाल उपन्यास
उपन्यासकार ः त्रिलोचन ढकाल
प्रकाशक ः कलर्स इन्टरनेसनल पब्लिकेसन
पृष्ठ ः ९६
मूल्य ः १२५।–
सम्बन्धित समाचार
- एमालेको संकल्प यात्रा अभियान लुम्बिनीमा प्रवेश
- एमाले सुदूरपश्चिम प्रदेश अध्यक्षमा तीन जनाको दाबी
- पर्यटक आकर्षणको केन्द्र बन्दै बागलुङको ‘रिग क्षेत्र’
- पेरुको पहाडमा बस दुर्घटना, १३ जनाको मृत्यु
- झपक्कै फुल्यो आँप
- Golanjor
- चितवनमा कांग्रेस उम्मेदवार उमेश श्रेष्ठको गाडी तोडफोड
- खाना पकाउने ग्यासको छिट्टै दुई थरी मूल्य
- ज्ञानेन्द्र शाहीले गरे राप्रपामा प्रवेश
- राष्ट्रपति भण्डारीले पहिलो सिन्धुलीगढी युद्ध संग्रहालयको उद्घाटन गर्दै
- जिन्दगीसँग सवालजवाफ
- संस्कृतिविद्को परिचयवृत्त
Leave a Reply