सशस्त्रमा विपद्सम्बन्धी तालिममा लेखापाल
काठमाडौं । सशस्त्र प्रहरी बलमा भावी आईजीका रूपमा हेरिएका एआईजी शैलेन्द्र खनाल विवादमा पर्न थालेका छन् । उनले निहित स्वार्थमा काम गर्न थालेपछि यस्तो अवस्था आएको हो । मानवस्रोत महाशाखाको प्रमुख रहेका उनले विपद्सम्बन्धी तालिममा लेखाअधिकृतलाई सिफारिस गरेको खुलासा भएको छ ।
चीन सरकारले दिने तालिममा दुई लेखा अधिकृतलाई गृह मन्त्रालयमा सिफारिस गरेपछि मुख्यालयमा असन्तुष्टि छाएको बताइन्छ । सशस्त्रको तालिम हेर्ने मानवस्रोत विभागका एआईजी शैलेन्द्र खनालले लेखा अधिकृत महेन्द्र हमाल र ताराबहादुर केसीलाई तालिममा सिफारिस गरेको स्रोतको दाबी छ ।
उनीहरू दुवै जनालाई ‘सर्च एन्ड रेस्क्यु’सम्बन्धी कामको कुनै अनुभव छैन । सशस्त्रमा कुरिनटारमा विपत्त व्यवस्थापन तालिम केन्द्र छ । तालिम केन्द्रमा भएका इन्सपेक्टरलाई तालिममा अवसर दिनुपर्नेमा आफू निकटकालाई तालिममा सहभागी गराएको भन्दै त्यसमा कार्यरत अधिकृतहरूले असन्तुष्टि जनाएका छन् ।
विपत्का बेला काम गर्न सक्नेलाई तालिममा पठाउनुपर्नेमा आफूलाई आर्थिक लाभ हुने गरी लेखापालहरूलाई तालिममा पठाउन खोजिएको भन्दै अन्य कर्मचारीहरू रुष्ट भएका छन् । दुवै सशस्त्रमा लामो समयदेखि लेखा क्षेत्रमा काम गर्दै आएका अधिकृत हुन् । इन्सपेक्टर हमाल खनालनिकट लेखा अधिकृत मानिन्छन् । उनले बिल मिलाएर खनाललाई सहयोग गर्दै आएको स्रोतको दाबी छ । आर्थिक रूपमा हमालको छविसमेत राम्रो मानिँदैन ।
विपद् पर्दा ज्यान जोखिममा राखेर काम गर्नेलाई भन्दा आफ्ना निकटकालाई खनालले तालिममा सिफारिस गरेको भन्दै सशस्त्रमा असन्तुष्टि छ । चीनमा विभिन्न तहका २२ जना अधिकृतले यसपटक तालिममा सहभागिता जनाउँदै छन् ।
इन्सपेक्टर हमाललाई एआईजी खनालले नै मुद्दती सेवा निर्देशनालयमा सरुवा गरेका थिए । खनालले गरेको मनपरी निर्णयलाई सशस्त्र प्रहरी महानिरीक्षक सिंहबहादुर श्रेष्ठले समेत आँखा चिम्लेर सही गरेका छन् ।
यसअघि खनालले नै अमेरिकाको हवाईमा सञ्चालित एपीसीसीएसको तालिममा वरीयता मिच्दै एसएसपी कुलबहादुर नेम्वाङको नाम सिफारिस गरेका थिए । नेम्वाङ यसअघिका आईजीपी दुर्ज राईका आफन्त हुन् भने खनाल त्यतिबेला उनका पीए थिए ।
तालिममा सिफारिसका लागि सशस्त्रले प्रहरी नायब महानिरीक्षक प्रवीण श्रेष्ठको अध्यक्षतामा बोर्ड गठन भएको थियो । स्रोतका अनुसार खनालले हमाललाई र एआईजी प्रेम शाहीले सशस्त्र प्रहरी निरीक्षक केसीलाई तालिममा सिफारिस गर्न दबाब दिएका थिए ।
तालिमका लागि विशेषज्ञताका आधारमा नाम सिफारिस गर्नुपर्ने प्रावधान भए पनि त्यसलाई बेवास्ता गर्दै आफूनिकटकालाई पठाउनु राम्रो होइन । यसले ज्यान फालेर उद्धारमा खट्नेहरूको मनोबल गिराउने काम भएको छ,’ सशस्त्रका एक उच्च अधिकारीले भने ।
सम्बन्धित समाचार
-
ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
-
हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
-
निगुरो टिपेर लाखौं कमाई
-
पूर्व डीआइजी रमेश खरेलविरुद्ध अख्तियारमा मुद्दा दायर
- विशेष अदालत बार एसोसियसनमा एमाले निकट पीपीएलएको प्यानल नै निर्वाचित
-
समय आउँछ, मदन–आश्रितको हत्यारा पत्ता लाग्छ : अध्यक्ष ओली
-
३५ जिल्ला न्यायाधीश सिफारिस (सूचीसहित)
-
बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
-
स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
-
कान्तिपुरविरुद्ध रविको उजुरी
-
किराँतीलाई मन्त्रीबाट बर्खास्त गर्न कमल थापाको माग
Leave a Reply