किन टाढिँदै छन् प्रचण्ड ?
काठमाडौं । निर्वाचनमा पाएको जनादेशविपरीत पछिल्लो समय माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ एमालेसँगको एकता प्रक्रियाबाट टाढिएको आशंका स्वयं माओवादी केन्द्रकै कार्यकर्ता र दोस्रो पुस्ताका केही नेतासम्मले गर्न थालेका छन् ।
माओवादी केन्द्रका एक नेताका अनुसार, दाहाललाई अहिले आमकार्यकर्ताको आकांक्षा र जनादेशविपरीत एकता प्रक्रियाबाट टाढाटाढा धकेल्नमा पछाडिबाट नेता कृष्णबहादुर महरा र वर्षमान पुनसम्मले भूमिका खेलेका छन् । पार्टी एकतापछि आफ्नो भूमिका के हुने भन्ने चिन्ताले रन्थनिएका यी दुई नेताले कांग्रेसले देखाएको हरियो घाँसमा प्रचण्डलाई लतार्ने प्रयास गरिरहेको बताइन्छ । कांग्रेसले राष्ट्रपति, प्रधानमन्त्री, सभामुख तीनै ठूला पद पाँच वर्षका लागि लेखेरै दिने भनेर माओवादीलाई हरियो घाँस देखाएको पृष्ठभूमिमा माओवादी नेता महरा र पुनले पनि यस्तो अवसर आउँदा किन छाड्ने भन्दै प्रचण्डलाई उकासिरहेको बुझिएको छ ।
माओवादी केन्द्रनिकट विश्वस्त स्रोतका अनुसार वाम एकतालाई भाँडमा हालेर अवसर बटुल्न उद्यत माओवादी केन्द्रको एउटा समूहले कांग्रेसवाट गगन थापा, संघीय समाजवादी फोरमबाट उपेन्द्र यादव र राजपावाट एक जना गरी तीन जनालाई उपप्रधानमन्त्री बनाएर जानेबारे अनौपचारिक छलफल पनि चलाएको छ । त्यति मात्र होइन, नेपालका लागि भारतीय राजदूत मन्जिभ पुरीको रातभरको सक्रियता यसैका लागि बढेका बुझिएको छ । कुनै पनि हालतमा वामपन्थी मिल्न नदिन राजदूत पुरी रातभर सक्रिय हुन थालेको स्रोतले बतायो । यो अभ्यास सफल भएमा पछिल्लो राजनीतिको किङ मेकर आफू हुने भन्दै उपेन्द्रले पनि यसमा विशेष रुचि देखाएको बताइन्छ ।
सम्बन्धित समाचार
- बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- कान्तिपुरविरुद्ध रविको उजुरी
- किराँतीलाई मन्त्रीबाट बर्खास्त गर्न कमल थापाको माग
- कांग्रेसको मधेश प्रदेश सम्मेलन आजदेखि सुरु
- चीनमा शक्तिशाली भूकम्प, एक सयभन्दा बढीको मृत्यु
- बोलेरोले ठक्कर दिँदा शिक्षक र लेखापालको मृत्यु
- नेकपा एसको सचिवालय बैठक बस्दै, महाधिवेशनको नयाँ मिति तय हुने
- कांग्रेसको लुम्बिनी प्रदेश सम्मेलन आजदेखि
- भुटानी शरणार्थी प्रकरण: टोपबहादुर रायमाझीसहित ८ जनालाई पुर्पक्षका लगि थुनामा राख्ने आदेश सदर
- आचार्य श्रीनिवास पक्राउ
- प्रचण्डलाई सिंहदबारको कुर्सीबाट माइतीघरमा पछार्ने तागत छ : महेश बस्नेत
Leave a Reply