प्रहरीकै सेटिङमा बत्ती निभाएर तस्करी
काठमाडौं । तस्करी नियन्त्रण गर्नुपर्ने प्रहरी आफंैले राती बत्ती निभाएर सीमामा तस्करी गर्छन् भन्दा अपत्यारिलो लाग्न सक्छ । तर, पूर्वक्षेत्र झापा र सप्तरीका भारतीय नाकाबाट सशस्त्र प्रहरीकै मिलेमतोमा सुपारीको तस्करी हुने गरेको पाइएको छ ।
सशस्त्र प्रहरीको पूर्व क्षेत्रको डीआईजी पद अहिले खाली छ । डीआईजी जानकीराम भट्टराई एआईजीमा बढुवा भएपछि एसएसपी बेदन यादवले कार्यवाहकको जिम्मेवारी पाएका छन् । तर, उनै यादवसमेतको मिलेमतोमा झापाको काँकडभिट्टा, भान्टाबारी र सप्तरीको भारदह नाकाबाट सुपारी तस्करी मौलाएको बताइन्छ । एसएसपी यादव, झापा सीमा सुरक्षाका एसपी रमेश सुवेदी र सप्तरीका एसपी रामाधार यादवले तस्करीहरूसँग मिलेर सुपारी तस्करी गर्ने गरेको स्रोतको दाबी छ । स्रोतका अनुसार एसएसपी यादव राति आफैं राजमार्गमा गस्तीमा निस्कन्छन् । उनी आफंै ती तीनै नाकामा पनि पुग्छन् । तर, उनको काम तस्करी नियन्त्रणका लागि नभएर तस्करको संरक्षणका लागि हुने गरेको छ । बाहिर कुर्था सलवारको व्यापार गर्ने तर भित्रभित्रै सुपारीको तस्करी चलाउने कांग्रेसका स्थनीय नेता भारतेन्डु मल्लिकलाई यी तीन प्रहरीले संरक्षण गर्ने र उनीबाट रकम असुल्ने गरेको स्रोतको दाबी छ । स्रोतका अनुसार झापाका हरेक दिन बेलुका १५ देखि २५ मिनेटसम्म बत्ती जान्छ । खासमा त्यो लोडसेडिङ नभएर प्रहरी र तस्करकै मिलेमतोमा सुपारी सीमा कटाउन बत्ती निभाउने गरिएको बताइन्छ ।
सम्बन्धित समाचार
-
ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
-
हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
-
निगुरो टिपेर लाखौं कमाई
-
पूर्व डीआइजी रमेश खरेलविरुद्ध अख्तियारमा मुद्दा दायर
- विशेष अदालत बार एसोसियसनमा एमाले निकट पीपीएलएको प्यानल नै निर्वाचित
-
समय आउँछ, मदन–आश्रितको हत्यारा पत्ता लाग्छ : अध्यक्ष ओली
-
३५ जिल्ला न्यायाधीश सिफारिस (सूचीसहित)
-
बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
-
स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
-
कान्तिपुरविरुद्ध रविको उजुरी
-
किराँतीलाई मन्त्रीबाट बर्खास्त गर्न कमल थापाको माग
Leave a Reply