तीन दिनमा तीनैपटक बढुवा
काठमाडौं । अचेल संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयमा एक कर्मचारीको खुबै चर्चा हुने गरेको छ । चर्चा हुनेमा सो मन्त्रालयअन्तर्गतको स्थानीय विकास पूर्वाधार तथा ग्रामीण सडक विभाग (डोलिडार) का सीडीई भरत अर्याल हुन् । उनको चर्चा हुनुको कारण अरू केही नभएर तीन दिनमा तीनपटक बढुवा हुन पुगेकाले भएको हो ।
डोलिडारमा उपसचिव तहमा कार्यरत सीडीई अर्याल गएको बिहीबार सहसचिवमा बढुवा भए । उनी उपसचिवबाट सहसचिवमा फाइल बढुवाका आधारमा पदोन्नति भएको हो । बिहीबार सहसचिव भएका अर्यालले एक दिन पनि सहसचिवको जिम्मेवारी र अनुभव नै नसँगाली त्यसकै भोलिपल्ट अर्थात् शुक्रबार प्रदेश नं. ४ को सचिवको जिम्मेवारी पाए । प्रदेश नं. ४ को सचिवको जिम्मेवारी लिएपछि उनी आइतबार नै पोखरा गइसकेका छन् ।
नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवासँग निकट रहेकै आधारमा अर्यालले सहसचिवमा बढुवा भएको भोलिपल्ट नै प्रदेशको सचिवमा महŒवपूर्ण जिम्मेवारी पाएको बताइन्छ । सहसचिवमा बढुवा भएकै दिन उनी सामान्य प्रशासन मन्त्रालयमा गएर एक दिन हाजिर गरी अर्को दिन सचिवको पत्र लिएर पोखरा गएका हुन् ।
डोलिडारमा हुँदा उपसचिव अर्यालले आफूले कमाएको पैसा नै सहसचिवमा बढुवा भई सचिवमा नियुक्त हुन लगानी गरेको बताइन्छ । डोलिडारमा हुँदा उनी साना सिँचाइ आयोजना, पूर्वी चितवन र अन्य पूर्वाधार विकासका कार्यक्रम संयोजक थिए । ती आयोजनाहरूमा हुने अर्बौं बजेटमा उनले लामो समयदेखि चलखेल गर्दै आएको बताइन्छ ।
यसैबीच, नयाँ संरचनाअनुरूप केन्द्रमा १५ वटा मन्त्रालय रहने भएपछि डोलिडार भौतिक पूर्वाधार मन्त्रालयमा गाभिने भएको छ । भौतिक पूर्वाधार मन्त्रालयमा गाभिने भएपछि डोलिडारमा वर्षौंदेखि रजाइँ गर्दै आएका कर्मचारीहरू अहिलेदेखि नै छटपटिन थालेका छन् । स्थानीय विकास मन्त्रालय नै चलाउने हैसियत राख्ने डोलिडारका कर्मचारीहरू भौतिक पूर्वाधारमा गाभिएपछि कसरी अघि बढ्ने भन्नेमा चिन्तित देखिन्छन् । सो मन्त्रालयका कर्मचारीहरूको निर्देशनअनुरूप चल्नुपर्ने भएपछि पनि उनीहरूमा छटपटी बढ्न पुगेको बताइन्छ ।
सम्बन्धित समाचार
-
ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
-
हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
-
निगुरो टिपेर लाखौं कमाई
-
पूर्व डीआइजी रमेश खरेलविरुद्ध अख्तियारमा मुद्दा दायर
- विशेष अदालत बार एसोसियसनमा एमाले निकट पीपीएलएको प्यानल नै निर्वाचित
-
समय आउँछ, मदन–आश्रितको हत्यारा पत्ता लाग्छ : अध्यक्ष ओली
-
३५ जिल्ला न्यायाधीश सिफारिस (सूचीसहित)
-
बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
-
स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
-
कान्तिपुरविरुद्ध रविको उजुरी
-
किराँतीलाई मन्त्रीबाट बर्खास्त गर्न कमल थापाको माग
Leave a Reply