निहुँ साझाको, लफडा दुई भाइको
काठमाडौं । माक्र्सवादी समीक्षक डा. ऋषिराज बराल र हरिहर खनाल एउटै स्कुलिङबाट हुर्किएका वामपन्थी चिन्तक एवं लेखक हुन् । दुवै राम्रा कथाकार पनि हुन् । केही वर्षअघि दुवै जना नेकपा (माओवादी) मा थिए । तर, माओवादी पार्टी छिन्नभिन्न भएपछि खनाल माओवादी केन्द्रमै छन् भने डा. बरालचाहिँ मोहन वैद्यसँग निकट छन् ।
यी दुई विद्वान्बीच अहिले भने साझा प्रकाशनबाट निस्किएको किताबको विषयलाई लिएर वाक्युद्ध सुरु भएको छ । साझा प्रकाशनको सञ्चालक समितिमा रहेर विवादास्पद अध्यक्ष एवं महाप्रबन्धक डोलिन्द्रप्रसाद शर्मालाई सघाउँदै आएका खनालका केही पुस्तक सो प्रकाशन संस्थाबाट निस्किएपछि डा. बरालले क्षोभ व्यक्त गरेका थिए । अहिले खनाल त्यसको प्रतिवादमा उत्रिएका छन् । खनालले डा. बराललाई चुनौती दिँदै भनेका छन्, ‘साझाबाट ऋषिराज बरालहरूका पुस्तक मात्र निकाल्नुपर्छ र अरूको निकाल्नुहुँदैन भन्ने कुरा कसरी युक्तिसंगत हुन्छ, मलाई बताइदिनुहोला । कसको किताब सित्तैमा दिए पनि पढ्दैनन् भन्ने कुराको त बजार सर्भे गरे थाहा भइहाल्छ नि बरालजी । जहाँसम्म वर्षको दुइटा किताब निकाल्ने कुरा छ, मेरो व्यक्तिगत खर्चमा १० वटा निकाले पनि तपाईलाइ टाउको किन दुख्यो ?’
आफूले साझाबाट धमाधम किताब निकालेको र महाप्रबन्धक शर्माको मतियार बनेको आरोप डा. बरालले लगाएपछि खनाल अत्यन्तै क्षुब्ध बन्न पुगेका छन् । उनले डा. बरालप्रति लक्षित गर्दै लेखेका छन्, ‘मैले गरेको कामको चुँसम्म गरेर मूल्यांकन नगर्ने तपार्इंले अहिले मेरो पुस्तकको प्रकाशनका विषयमा प्रश्न उठाउने कष्ट कसरी गर्न सक्नुभयो । जहाँसम्म महाप्रबन्धकको मतियार भन्ने मलाई आरोप लगाउनु भयो, त्यसको प्रमाण दिनुपर्दैन तपार्इंले ? बरू भन्ने नै हो भने त तपाई पो हुनुहुन्छ उनको मतियार । नभए तपाईं साझाबाट छापिने आफ्ना पुस्तकको प्रुफ हेर्न भन्दै किन जानुहुन्छ लुरुलुरु उनको निजी प्रकाशन गृहमा ? झूट र फरेबको पनि सीमा हुन्छ नि बरालजी । बरू, तपाई आफ्नो सक्कली नामसम्म उल्लेख गर्न लाज मानेर छद्मनाम लेख्नुहुन्छ सामाजिक सञ्जालमा ?’
सम्बन्धित समाचार
-
ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
-
हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
-
निगुरो टिपेर लाखौं कमाई
-
पूर्व डीआइजी रमेश खरेलविरुद्ध अख्तियारमा मुद्दा दायर
- विशेष अदालत बार एसोसियसनमा एमाले निकट पीपीएलएको प्यानल नै निर्वाचित
-
समय आउँछ, मदन–आश्रितको हत्यारा पत्ता लाग्छ : अध्यक्ष ओली
-
३५ जिल्ला न्यायाधीश सिफारिस (सूचीसहित)
-
बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
-
स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
-
कान्तिपुरविरुद्ध रविको उजुरी
-
किराँतीलाई मन्त्रीबाट बर्खास्त गर्न कमल थापाको माग
Leave a Reply