मुकुन्दको कमाउ धन्दा
काठमाडौं । काकताली परेर काठमाडौं महानगरपालिकाको ठूलो वडा १६ नम्बरको अध्यक्षमा जितेका मुकुन्द रिजालको ध्यान अचेल जसरी भए पनि कमाउनेतिर ढल्किएको छ । कर्मचारीहरूको काममा हस्तक्षेप गर्दै आर्थिक लाभ हुने काममा उनी आफैं अग्रसर हुन थालेका छन् । सानातिना काममा पनि आफैं अग्रसर भएर २÷४ हजार रुपैयाँमा वडाध्यक्ष रिजालले आँखा लगाउन थालेपछि सेवाग्राहीहरू पनि मर्कामा पर्न थालेका छन् ।
काठमाडौंको उक्त वडा सेवाग्राहीहरूको अत्यधिक चाप हुने वडामा पर्दछ । असनदेखि बोहराटारसम्म फैलिएको सो वडामा मतदाता मात्रै करिब २० हजार रहेका छन् । काठमाडौंकै कुनै नगरपालिकाभन्दा बढी जनसंख्या रहेको सो वडामा यसअघिका स्थानीय निर्वाचनहरूमा एमालेले जित्दै आए पनि गएको स्थानीय तहको निर्वाचनमा भने एमालेले पराजय बेहोर्नुपरेको थियो । एमालेका विश्वराम सापकोटालाई ६९ मतले हराउँदै रिजाल निर्वाचित हुन पुगेका थिए ।
निर्वाचित भएयता रिजाल चुनाव खर्च उठाउन लागिपरेका छन् । पछिल्लो समय त उनी कर्मचारीले गर्ने काम आफैंले गरेर सेवाग्राहीहरूसँग आर्थिक लाभ लिन थालेका छन् । आफैंले फिल्डमा पठाएका कर्मचारीहरूलाई शंकास्पद नजरले हेर्ने, अनावश्यक रूपमा सोधपुछ गर्ने र सेवाग्राहीहरूको काम समयमै नगरेर अल्झाउनेजस्ता काममा वडाध्यक्ष रिजाल अगाडि देखिएका छन् । घरजग्गा बिक्रीको कारोबार बढी हुने सो वडामा वडाध्यक्ष रिजालले घरजग्गा बिक्री हुँदा बिक्रीका लागि लिनुपर्ने अनुमति, घरबहाल करलगायत विषयमा आफैंले हस्तक्षेप गरी सेवाग्राहीसँग रकमको अपेक्षा राख्न थालेका छन् । जसले वडाध्यक्ष रिजालका मानिसलाई रकम बुझाउँछन्, त्यस्ता व्यक्तिका काम चाँडै हुने र रकम नबुझाउनेलाई अनावश्यक दुःख दिएर अल्झाउने गरेको एक सेवाग्राहीले बताए ।
वडाध्यक्ष रिजालले केही समयअघि मात्रै वडा सचिवलाई पनि फेरेका छन् । पहिलाका वडा सचिव मधु पाण्डेले आफूअनुकूल काम नगरेको र सेवाग्राहीहरूबाट लिएका रकम आफैंले मात्र राखेको आशंकामा उनलाई सरुवा गरी नयाँ वडा सचिवलाई ल्याएका छन् । त्यसो त वडाध्यक्ष रिजालले कार्यालयमा आफ्ना मान्छेहरू परिचालित गरेर कर्मचारीहरूको चियो चर्चासमेत गर्न लगाएका छन् । कुन कर्मचारीले दिनभरिमा केकति काम गरे, कति कमाए भन्ने कुरा बुझ्न वडाध्यक्ष रिजालले आफ्ना दूतहरू नै परिचालित गरेको बताइन्छ । उनको यस्तो हर्कतले सेवाग्राहीहरू उनीप्रति रुष्ट मात्र बनेका छैनन्, कुन दिन उनी अख्तियार दुरुपयोग अनुसन्धान आयोगको फन्दामा पर्ने हुन् ? सेवाग्राहीहरू दिन गनेर बसिरहेका छन् ।
सम्बन्धित समाचार
- बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- कान्तिपुरविरुद्ध रविको उजुरी
- किराँतीलाई मन्त्रीबाट बर्खास्त गर्न कमल थापाको माग
- कांग्रेसको मधेश प्रदेश सम्मेलन आजदेखि सुरु
- चीनमा शक्तिशाली भूकम्प, एक सयभन्दा बढीको मृत्यु
- बोलेरोले ठक्कर दिँदा शिक्षक र लेखापालको मृत्यु
- नेकपा एसको सचिवालय बैठक बस्दै, महाधिवेशनको नयाँ मिति तय हुने
- कांग्रेसको लुम्बिनी प्रदेश सम्मेलन आजदेखि
- भुटानी शरणार्थी प्रकरण: टोपबहादुर रायमाझीसहित ८ जनालाई पुर्पक्षका लगि थुनामा राख्ने आदेश सदर
- आचार्य श्रीनिवास पक्राउ
- प्रचण्डलाई सिंहदबारको कुर्सीबाट माइतीघरमा पछार्ने तागत छ : महेश बस्नेत
Leave a Reply