ढल निकासको काममा जाम
काठमाडौं । ढल निकासको प्रबन्ध गर्ने अख्तियारी र अथाह बजेट पाएको खानेपानी तथा ढल निकास विभागले नामझैं काम गर्न सकेको छैन । ढल निकास गर्नुपर्ने मुख्य काम भए पनि विभागले स्थापनाको ४५ वर्षमा जम्मा तीनवटा ढलको मात्र काम गरेको छ । तर, यो अवधिसम्म कार्यालयमा भने अर्बौैं बजेट सकिएको छ ।
नेपालभित्र खानेपानी र ढल निकासका लागि २०२९ सालमा स्थापित विभागले हालसम्म काठमाडौं उपत्यका र उपत्यकाबाहिर तीनवटा ढल मात्र ढल निर्माण गरेको छ । विभागका अनुसार हालसम्म मनकामना ढल निर्माण तथा प्रशोधन आयोजना गोरखा, चापागाउँ ढल निर्माण तथा प्रशोधन आयोजना ललितपुर र गोलढुंगा ढल निर्माण तथा प्रशोधन आयोजना काठमाडौं सम्पन्न गरेको छ । यसबाहेक ४५ वर्षे अवधिमा साना सहरी, खानेपानी तथा सरसफाइ आयोजना, सहलगानी खानेपानी तथा सरसफाइ आयोजना र सुक्खा क्षेत्र खानेपानी तथा सरसफाइ आयोजना नामका तीनवटा परियोजना सञ्चालित छ ।
विभागमा अहिले तेजराज भट्ट महानिर्देशक छन् भने सुनीलकुमार दास, मनोज घिमिरे र मीना श्रेष्ठ उपमहानिर्देशकका रूपमा कार्यरत छन् । विभागमा जो हाकिम भएर आए पनि लामो हात गर्ने परिपाटीले काम हुन नसकेको बताइन्छ । सो विभागअन्तर्गत ढल व्यवस्थापन शाखाका प्रमुख टीकाबहादुर चौधरी छन् । विभागले अहिले मागका आधारमा १ सय ७ आयोजनाको ढल निर्माणसम्बन्धी मापदण्ड तयारी र गुरुयोजना निर्माण गर्ने काम गरिरहेको बताइन्छ । गत आर्थिक वर्षमा २१ र यस आर्थिक वर्षमा ८६ आयोजना माग भएकाले उक्त आयोजनाको गुरुयोजना निर्माण गरिरहेको बताइन्छ ।
ग्रामीण तथा सहरोन्मुख क्षेत्रमा खानेपानी र ढल निकास गर्ने उद्देश्यले विभाग स्थापना भए पनि विभागले ढल निकासको क्षेत्रलाई प्राथमिकता नदिँदा काम हुन नसकेको विज्ञहरू बताउँछन् । विभागले हाल देशभरका ५१ जिल्लामा ढल निर्माण तथा प्रशोधनका लागि गुरुयोजना तयार गरिरहेको छ ।
नागरिकले प्रयोग गर्ने पानीमध्ये ८० प्रतिशत प्रयोग गरेपछि खेर जाने भएकाले त्यहीअनुसारको गुरुयोजना विभागले बनाउँदै आएको छ । विभागको नाम खानेपानी तथा ढल निकास विभाग भए पनि विभागका लागि छुट्ट्याइएको अधिकांश रकम खानेपानीमा खर्च हुँदै आएकाले ढल निकाससम्बन्धी काम ओझेलमा पर्दै कर्मचारीहरू बताउँछन् । १ सय ७ आयोजनामध्ये १० आयोजना काठमाडौंमा निर्माण हुँदै छन् । हस्तिनापुर ढल निर्माण तथा प्रशोधन आयोजना बूढानीलकण्ठ, स्युचाटार ढल निर्माण तथा प्रशोधन आयोजना कलंकी, ढल्पा चिखु ढल निर्माण तथा प्रशोधन आयोजना कीर्तिपुर, चपली ढल निर्माण तथा प्रशोधन आयोजना बूढानीलकण्ठ, शान्तिमिलन ढल निर्माण तथा प्रशोधन आयोजना टोखा, डाँछी ढल निर्माण तथा प्रशोधन आयोजना कागेश्वरी र गोलढुंगा विश्वशान्ति ढल निर्माण तथा प्रशोधन आयोजना बूढानीलकण्ठ काठमाडौंमा निर्माण हुन लागेका आयोजना हुन् । खेर गएको पानी तथा ढललाई प्रशोधन गर्न जग्गा नहुँदा ढल निकासको काममा समस्या हुँदै गएको विभागको भनाइ छ । ढल व्यवस्थापनका लागि काठमाडौं उपत्यका ‘बेस्ट वाटर म्यानेजमेन्ट’ परियोजनासमेत काम गरिरहेको छ । काठमाडौंबाट निस्कने ढल सीधै खोला तथा नदीमा लगेर मिसाइने परम्परा भए पनि नदी व्यवस्थापनका लागि विभिन्न व्यक्ति र संघसंस्था जुट्न थालेपछि ढल व्यवस्थापनका लागि सरकारलाई चुनौती थपिँदै गएको बताइएको छ ।
सम्बन्धित समाचार
- बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- कान्तिपुरविरुद्ध रविको उजुरी
- किराँतीलाई मन्त्रीबाट बर्खास्त गर्न कमल थापाको माग
- कांग्रेसको मधेश प्रदेश सम्मेलन आजदेखि सुरु
- चीनमा शक्तिशाली भूकम्प, एक सयभन्दा बढीको मृत्यु
- बोलेरोले ठक्कर दिँदा शिक्षक र लेखापालको मृत्यु
- नेकपा एसको सचिवालय बैठक बस्दै, महाधिवेशनको नयाँ मिति तय हुने
- कांग्रेसको लुम्बिनी प्रदेश सम्मेलन आजदेखि
- भुटानी शरणार्थी प्रकरण: टोपबहादुर रायमाझीसहित ८ जनालाई पुर्पक्षका लगि थुनामा राख्ने आदेश सदर
- आचार्य श्रीनिवास पक्राउ
- प्रचण्डलाई सिंहदबारको कुर्सीबाट माइतीघरमा पछार्ने तागत छ : महेश बस्नेत
Leave a Reply