डीएसपीको आफन्त नचिन्दा सास्ती
काठमाडौं । प्रहरी कार्यालय मच्छेगाउँमा कार्यरत एक जवान अनाहकमा नसिहतमा परेका छन् । उनलाई महानगरीय प्रहरी वृत्तका डीएसपी राजन चापागाईंले नसिहत गरेका हुन् ।
सडकमा लाइसेन्स चेक गरिरहेका उनलाई डीएसपीको आफन्तलाई चिट काटेको आरोपमा डीएसपी चापागाईंले कारबाहीको प्रक्रिया अघि बढाएको बताइएको छ ।
चिट पाएका व्यक्तिले तुरुन्तै डीएसपी चापागाईं आफ्नो आफन्त भएको भन्दै फोन गरेर प्रहरी जवान कुमार कार्कीको जागिर खाइदिने धम्की दिएका थिए ।
लगत्तै डीएसपी चापागाईंको फोन जवान कार्कीलाई आएको थियो । तर, त्यतिन्जेल चिट पाएको व्यक्ति सो स्थानबाट हिँडिसकेका थिए । पछि डीएसपीले नराम्ररी हप्काएर मान्छे नचिनी चिट काट्ने भनेर प्रश्न गर्दा जवान कार्कीले उक्त व्यक्तिले गलत गरेको र नियम मिचेकाले आफूले चिट काटेको भन्दै स्पष्ट पारेका थिए । सो कुरा अप्रिय लागेपछि डीएसपी चापागाईंले मुख छाडेर अनुशासनहीन काम गरेको भन्दै कारबाहीमा तान्ने धम्की दिएका थिए । अन्ततः अनुशासन उल्लंघन गरेको भन्दै कारबाहीका लागि महानगरीय प्रहरी परिसर टेकुका प्रमुख एसएसपी विश्वराज पोखरेलसमक्ष लेखिपठाएका छन् । जवान कार्कीले आफूमाथि अन्याय भएको भन्दै पुनरावेदनका लागि प्रहरी परिसर टेकुमा निवेदन दिएका छन् । अब एक निर्दोष जवानलाई न्याय दिने कामको जिम्मेवारी एसएसपी पोखरेलको हातमा आइपुगेको छ ।
सम्बन्धित समाचार
- बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- कान्तिपुरविरुद्ध रविको उजुरी
- किराँतीलाई मन्त्रीबाट बर्खास्त गर्न कमल थापाको माग
- कांग्रेसको मधेश प्रदेश सम्मेलन आजदेखि सुरु
- चीनमा शक्तिशाली भूकम्प, एक सयभन्दा बढीको मृत्यु
- बोलेरोले ठक्कर दिँदा शिक्षक र लेखापालको मृत्यु
- नेकपा एसको सचिवालय बैठक बस्दै, महाधिवेशनको नयाँ मिति तय हुने
- कांग्रेसको लुम्बिनी प्रदेश सम्मेलन आजदेखि
- भुटानी शरणार्थी प्रकरण: टोपबहादुर रायमाझीसहित ८ जनालाई पुर्पक्षका लगि थुनामा राख्ने आदेश सदर
- आचार्य श्रीनिवास पक्राउ
- प्रचण्डलाई सिंहदबारको कुर्सीबाट माइतीघरमा पछार्ने तागत छ : महेश बस्नेत
Leave a Reply