प्रहरीमा बढुवाको जाम खुल्यो, एआईजीमा सकस
काठमाडौं । नेपाल प्रहरीमा विगत दुई वर्षदेखि अवरुद्ध तल्लो तहका प्रहरी कर्मचारीको सरुवा तथा बढुवा प्रक्रिया सुरु भएको छ । प्रहरी प्रधान कार्यालयले गत शुक्रबार राति ७३ जना सईलाई इन्स्पेक्टरमा बढुवाका लागि सिफारिस गरेको छ । आन्तरिक विवादका तथा विभिन्न कारणले यसअघि लामो समयदेखि बढुवा हुन सकेको थिएन । त्यस्तै, ४०० प्रहरी जवानलाई प्रहरी हवल्दारमा बढुवाका लागि सिफारिस गरिएको छ । १५० र २५० जनाको छुट्टाछुट्टै समूह बनाई बढुवाका लागि सिफारिस गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
पहिलेजस्तो नभई यसपटक राजनीतिक हस्तक्षेप तथा बिनादबाब बढुवा प्रक्रिया सुरु भएको बताइएको छ । विगतमा कतिपय बढुवा विवादित भएका थिए । अब रिक्त रहेको सई र असईको बढुवा पनि केही दिनभित्र नै प्रकाशित गरिने जनाइएको छ । सईमा करिब १०० र असईमा १५० दरबन्दी रिक्त रहेका छन् ।
यसैबीच, सरकारले प्रहरी संठनमा कति जना एआईजीको दरबन्दी कायम गर्ने भन्ने सम्बन्धमा निर्णय लिन नसक्दा डीआईजीबाट एआईजीको बढुवा प्रक्रिया लम्बिएको छ । प्रहरी संठनमा एआईजीको सातवटा दरबन्दी भए पनि विगतका सरकारले भने विशेष पदस्थापना गरी आफू नजिककालाई बढुवा गर्ने गरेको थियो ।
एआईजी लागि पुष्कर कार्कीदेखि शरदकुमार चन्दसम्म गरी ११ जना डीआईजी प्रतिस्पर्धामा छन् । डीआईजीको बढुवासँगै यो आर्थिक वर्षमा अन्य तहको बढुवा प्रक्रिया नियमित गरिने प्रहरीको योजना रहेको बताइएको छ । प्रहरीमा रोकिएको तल्लो दर्जाको बढुवा खुलेसँगै सबैतिरको बढुवाका लागि बाटो खुलेको बताइएको छ । इन्सपेक्टरबाट डीएसपी बढुवा पनि केही दिनमै हुने बताइएको छ ।
लामो समयदेखि रोकिएको नेपाल प्रहरीको सईको बढुवा भएलगत्तै यो आशा बढेको थियो । यही क्रममा बढुवा सिफारिस समितिले ७३ जना सईहरूको इन्स्पेक्टरमा बढुवाका लागि सिफारिस गरेको थियो । २०६० सालमा सईमा बढुवा भएकाहरूको बढुवा निकालिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । १ हजार ६१ जनामध्ये उत्कृष्ट ७३ जनालाई बढुवाका लागि सिफारिस गरिएको प्रहरी स्रोतले जानकारी दियो । यो बढुवामा राजेन्द्र थापा, भुवनबाबु खड्का, अमृत बस्नेत, रेशम आचार्यलगायतका बढुवा सिफारिस समितिमा परेका छन् । खनाल आईजीपीमा नियुक्त भएपछि उनले तल्लो दर्जाको बढुवा जाम खुलाएका हुन् । त्यसो त उनले नेतृत्व तहमा रहेर माथिमाथिको मात्र नहेरी तल काम गर्ने ती प्रहरीमा केन्द्रित रहने यसअघि नै सार्वजनिक गरिसकेका छन् । मानवस्रोत विकास विभागको निमित्त प्रमुखमा डीआईजी मनोज न्यौपानेको काज सरुवासमेत भइसकेको छ । तसर्थ, आगामी हप्ता सरुवा र बढुवाको बाढी नै आउने संकेत देखिएको प्रहरी मुख्यालयका एक वरिष्ठ अधिकारीले बताए । त्यसो त खर्च कटाउन र पदीय गरिमा तथा संगठनको हितका लागि एआईजीको संख्या जम्मा तीन कायम गर्न पनि विज्ञहरूबाट सुझाव आएको छ । प्रहरी एकेडेमी, अपराध–अनुसन्धान विभाग र मानवस्रोत विकास बिभागको कमान्ड एआईजीले सम्हाल्ने र सातवटै प्रदेश प्रहरी कार्यालय, महानगरीय प्रहरी कार्यालय रानीपोखरी, कार्यविभाग र प्रशासन विभागमा डीआईजी खटाउँदा उपयुक्त हुने सुझावका कारण पनि आईजी अन्योलमा परेको थाहा भएको छ ।
महानगरीय ट्राफिक महाशाखा र विमानस्थल सुरक्षा गार्डमा कायम रहेको डीआईजीको दरबन्दी २ र ५ नम्बर प्रदेश प्रहरी कार्यालयमा स्थानान्तरण गर्ने, ट्राफिक महाशाखा र विमानस्थल सुरक्षा गार्डको कमान्ड एसएसपीलाई दिने, देउवा सरकारले यसअगाडि थपेका डीआईजीको दरबन्दी खारेज गर्ने र कार्यरत अधिकृत जवानहरूको मनोबल उच्च राख्न रिक्त पदमा भटाभट पदोन्नति गरेर पदपूर्ति गर्नु नै अहिलेको सर्वोत्तम विकल्प भएकाले आईजीले त्यतातर्फ कदम चाल्न सक्ने संकेत दिएका छन् । त्यसका लागि उनले गृहमन्त्री र प्रधानमन्त्रीलाई एकपटक भेटेर अनुमति लिन खोजेकाले केही ढिलाइ भएको बुझिएको छ ।
सम्बन्धित समाचार
- बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- कान्तिपुरविरुद्ध रविको उजुरी
- किराँतीलाई मन्त्रीबाट बर्खास्त गर्न कमल थापाको माग
- कांग्रेसको मधेश प्रदेश सम्मेलन आजदेखि सुरु
- चीनमा शक्तिशाली भूकम्प, एक सयभन्दा बढीको मृत्यु
- बोलेरोले ठक्कर दिँदा शिक्षक र लेखापालको मृत्यु
- नेकपा एसको सचिवालय बैठक बस्दै, महाधिवेशनको नयाँ मिति तय हुने
- कांग्रेसको लुम्बिनी प्रदेश सम्मेलन आजदेखि
- भुटानी शरणार्थी प्रकरण: टोपबहादुर रायमाझीसहित ८ जनालाई पुर्पक्षका लगि थुनामा राख्ने आदेश सदर
- आचार्य श्रीनिवास पक्राउ
- प्रचण्डलाई सिंहदबारको कुर्सीबाट माइतीघरमा पछार्ने तागत छ : महेश बस्नेत
Leave a Reply