नौ युवाले देखाए जोस
काठमाडौं । गैरसंसदीय कम्युनिस्ट मोर्चा निर्माण गर्ने उद्देश्यले विगतमा नेकपा (माओवादी केन्द्र) सँग नजिक रहेका केही युवाले सो पार्टीसँग सम्बन्धविच्छेद गर्न रुचाएका छन् । खासगरी कला र साहित्य पृष्ठभूमि भएका माओवादी केन्द्रनिकट युवाहरूले बेग्लै मोर्चा निर्माण गर्न चाहेका हुन् ।
नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीच एकता प्रक्रिया नजिकिँदै गइरहेको बेला माओवादी केन्द्रप्रति असन्तुष्ट रहेकाहरूले नयाँ पार्टीको घोषणा गरेका हुन् । अहिले माओवादी केन्द्र छाडेका आहूति (विश्वभक्त दुलाल) ले नेतृत्व गरिरहेको सो समूहले आफ्नो पार्टीको नाम ‘वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी, नेपाल’ प्रस्ताव गरेको छ । प्रस्तावित सो पार्टीले ‘विचारधारात्मक राजनीतिक कार्यदिशासम्बन्धी प्रस्ताव–२०७५’ समेत सार्वजनिक गरिसकेको छ । सो प्रस्ताव तयार पार्न आहूतिको नेतृत्वमा नौजना युवाहरू सक्रिय थिए । जसमा रमेश सुनुवार, बलराम तिमल्सिना, धु्रव पराजुली, संगीतश्रोता, तुलसीदास महर्जन, जागृत रायमाझी, धनकुमारी सुनार र विदुर खरेल रहेका थिए । सुनार भने यसअघि एमालेको विभागीय सदस्य थिए र उनी राष्ट्रिय महिला आयोगको पूर्वसदस्य पनि हुन् ।
सो मोर्चाका सदस्य तिमल्सिनाले भने राजनीतिमा नयाँ विकल्प खोजिरहेका युवाहरूको प्रयत्नमा नयाँ पार्टी जन्मिएको बताए । उनले भने, ‘समाजको चरित्र बदलिएको छ, पुँजीवादको पनि चरित्र बदलिएको छ । पुरानै ढाँचाले अबको कम्युनिस्ट आन्दोलन अघि बढ्न सक्दैन भनेर हामीले नयाँ पार्टी गठन गरेका हौं ।’ उनले अब कम्युनिस्टहरूको दुई धारमा एउटा संसदीय र अर्को गैरसंसदीय धार रहने पनि बताए ।
राष्ट्रिय भेलाको तयारीमा समेत आफूहरू जुटिसकेको तिमल्सिनाले बताए । उनले भने, ‘अब हामी ठूलो पार्टी नभएर नयाँ पार्टी बनाउनेतिर केन्द्रित हुन्छौं ।’ केपी शर्मा ओलीले १४ वर्ष जेलजीवन बिताएरै कम्युनिस्ट आन्दोलनलाई अघि बढाउन चाहेको र प्रचण्डले पनि १० वर्षसम्म युद्ध गरेर अघि बढाउन चाहे पनि अहिले भने दुवै नेता थाकेका र कम्युनिस्ट आन्दोलनलाई अघि बढाउन नचाहेका हुँदा आफूहरू अग्रसर रहेको उनले जिकिर गरे ।
आफूहरू अहिले अरु कम्युनिस्ट पार्टीसँग एकता गरेर नजाने पनि उनले बताए । तर, अरू कम्युनिस्ट पार्टीका नेताहरू भने आफ्नो मोर्चामा धमाधम आउन थालेका पनि उनले बताए । भर्खरै मात्र, नेकपा (माले) का केन्द्रीय सदस्य सविन रिमाल र अर्का एक जना आफ्नो समूहमा आबद्ध भएको तिमल्सिनाले बताए ।
सम्बन्धित समाचार
-
ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
-
हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
-
निगुरो टिपेर लाखौं कमाई
-
पूर्व डीआइजी रमेश खरेलविरुद्ध अख्तियारमा मुद्दा दायर
- विशेष अदालत बार एसोसियसनमा एमाले निकट पीपीएलएको प्यानल नै निर्वाचित
-
समय आउँछ, मदन–आश्रितको हत्यारा पत्ता लाग्छ : अध्यक्ष ओली
-
३५ जिल्ला न्यायाधीश सिफारिस (सूचीसहित)
-
बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
-
स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
-
कान्तिपुरविरुद्ध रविको उजुरी
-
किराँतीलाई मन्त्रीबाट बर्खास्त गर्न कमल थापाको माग
Leave a Reply