उपाध्यक्ष पन्ध्र दिनदेखि क्यानडामै मस्त
काठमाडौं । लुम्बिनी विकास कोषका उपाध्यक्ष अवधेश त्रिपाठीले लुम्बिनीको विकासमा भन्दा पनि व्यक्तिगत स्वार्थ पूरा गर्न सक्रियता देखाएपछि अहिले कोषको कामकाज प्रभावित बन्न पुगेको छ । उपाध्यक्ष भएर आएदेखि नै आफ्नो स्वार्थ पट्याउनतिर उद्यत देखिएका उपाध्यक्ष त्रिपाठीले अधिकांश समय आफ्नै काममा लगाउँदै आएका छन् ।
आफ्नो व्यक्तिगत कामको सिलसिलामा उपाध्यक्ष त्रिपाठी अहिले क्यानडातिर रहेका छन् । करिब १५ दिनअघि क्यानडा गएका उपाध्यक्ष अझै नेपाल फर्किसकेका छैनन् । उपाध्यक्ष त्रिपाठी क्यानडाको बोधी विहार नामक संस्थाको निम्तोमा त्यता गएका हुन् । लुम्बिनी क्षेत्रमा क्यानडाको सो संस्थाले विहार वा स्तुपा बनाउन अनुमति पाएको छ र सो संस्थाको नेपालको हर्ताकर्ता उपाध्यक्ष त्रिपाठी रहँदै आएका छन् ।
क्यानडाको बोधी विहारले लुम्बिनीको पूर्वी विहार क्षेत्रमा बुद्धको मन्दिर र स्तुपा बनाउन कोषसँग ६÷७ वर्षअगाडि नै सम्झौता गरेको थियो । त्यतिबेला विहार वा स्तुपा बनाउन पूर्वी विहार क्षेत्रमा एउटा प्लट लिँदा तीन वर्षभित्र निर्माण पूरा गर्नुपर्ने गरी सम्झौता भएको थियो । तर, तोकिएको समयावधि कटे पनि बोधी विहार बनाइएको छैन । बोधी विहार बनाउने भनी प्लट लिएको ठाउँमा सो संस्थाले अहिलेसम्म एउटा धर्मशाला मात्र बनाएको छ र त्यो धर्मशालामा तीनचार जना भिक्षु बस्दै आएका छन् । यस्तै, पार्किङ बनाउनुपर्ने ठाउँमा गार्डेन बनाउने काम गरिएको छ ।
यसअघि उपाध्यक्ष त्रिपाठीले आफ्नै नजिकको मानिसलाई गार्डेन निर्माण गर्न जिम्मा दिएको विषयले पनि विवादको रूप लिएको छ । उपाध्यक्षले ५ लाखभन्दा माथिको योजना स्वीकृत गर्दा टेन्डरमार्फत गर्नुपर्ने भए पनि उनले आफ्नो तजबिजीमा १२ लाखमा गार्डेन बनाउने जिम्मा सुम्पिएका छन् । आफ्नै नजिकका मानिसलाई काम दिएर त्रिपाठीले त्यसबापत फाइदा लिन चाहेको बताइएको छ ।
त्यसो त राष्ट्रिय सभाको सांसद भए पनि कोषको सञ्चालक समितिमा अहिलेसम्म कायम रहेका दुर्गाप्रसाद उपाध्यायलाई फाइदा पुग्ने काम पनि उपाध्यक्ष त्रिपाठीले गरेका छन् । गएको वैशाख १७ गते भएको बुद्ध जयन्तीको बेला कोषले पाहुनाहरूलाई खाना खुवाउने जिम्मा उपाध्यायलाई सुम्पेको थियो । उक्त जयन्तीको दिन करिब ५ सय पाहुना उपस्थित भएका थिए । तर, ५ सय मात्र उपस्थित भए पनि ८ सय खानाको इस्टिमेट गरिएको थियो । तर, पछि बिल भने १६ सय जनालाई खुवाइएको आयो । अहिले उक्त बिलको भुक्तानी भइसकेको छ । त्यतिबेला खानाको अर्डर दिने बेलामा पनि चलखेल गरिएको थियो । भैरहवाको प्रसिद्ध पवन होटलले प्रत्येक व्यक्तिलाई ६ सयका दरले राम्रो गुणस्तरको खाना खुवाउने प्रस्ताव राखेको थियो । तर, सो होटललाई खानाको जिम्मा नदिएर बुटवलको किरण क्याटरिङलाई प्रत्येक व्यक्ति १ हजारको दरले खाना खुवाउने जिम्मा दिइयो । उक्त क्याटरिङको खाना गुणस्तरहीन भएको हुँदा अधिकांश विदेशी पाहुनाहरू नखाईकनै हिँडेका थिए ।
सम्बन्धित समाचार
-
ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
-
हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
-
निगुरो टिपेर लाखौं कमाई
-
पूर्व डीआइजी रमेश खरेलविरुद्ध अख्तियारमा मुद्दा दायर
- विशेष अदालत बार एसोसियसनमा एमाले निकट पीपीएलएको प्यानल नै निर्वाचित
-
समय आउँछ, मदन–आश्रितको हत्यारा पत्ता लाग्छ : अध्यक्ष ओली
-
३५ जिल्ला न्यायाधीश सिफारिस (सूचीसहित)
-
बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
-
स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
-
कान्तिपुरविरुद्ध रविको उजुरी
-
किराँतीलाई मन्त्रीबाट बर्खास्त गर्न कमल थापाको माग
Leave a Reply