लेखनकुञ्जमा गुन्जिए सिक्किमका गायक
काठमाडौं । ग्रामीण भेगका विद्यालयमा पुस्तकालय सञ्चालन गर्ने र त्यसका लागि अक्षयकोष निर्माण गर्ने उद्देश्य राखेर उर्वरा फाउन्डेसन नेपालले गत वर्षबाट एकल सांगीतिक साँझको आयोजना गर्दै आएको छ । यसै क्रममा शनिबार भारतको २२औं राज्य सिक्किमका गायक तथा संगीतकार जीवन शर्मालाई निम्त्याएर फाउन्डेसनले सांगीतिक साँझको आयोजना गरेको छ ।
नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानसँगको सहकार्यमा आयोजित कार्यक्रममा पाहुना गायक शर्माले प्रतिष्ठानका सदस्य सचिव तथा प्रसिद्ध गायक गणेश रसिक, प्रसिद्ध गायकद्वय दीप श्रेष्ठ र किरण प्रधानलगायतका गीत–संगीत पारखीहरूका अगाडि चर्चित तथा कालजयी हिन्दी गजलका साथै आफ्ना नेपाली भाषाका गीतहरू सुनाए । उनको गायनमा दर्शक÷स्रोताको निरन्तर ताली गुन्जिरह्यो । शर्मालाई तबलामा पल्टु साह, गिटारमा शुभ्रदीप मुखर्जी र पर्कुनिस्टमा गौतम दासले साथ दिएका थिए ।
लेखनकुञ्ज, थापागाउँस्थित थियटरमा भएको कार्यक्रमको औचित्यमाथि कार्यक्रम संयोजक तथा फाउन्डेसनकी अध्यक्ष देवकी अभिलाषी तथा गायक शर्माको गायनयात्राबारे रसिक, दीप श्रेष्ठ र रामगोपाल आशुतोषले बोलेका थिए । कार्यक्रममा नेपालमा उदीयमान गायक अधिश्री कसपालले शम्भुप्रसाद ढुंगेलको रचना र हरि लम्सालको संगीतमा ‘आफूलाई उँचो देखाउन अरूलाई निचो नबनाऊ’ बोलको गीत सुनाएका थिए ।
शर्माको सन् २००१ मा ‘प्रियतम’ नामक गीति एल्बम प्रकाशित छ भने थुप्रै गीतमा संगीत र स्वर दिएका छन् । सिक्किम साहित्य परिषद्का महासचिवसमेत शर्मा सिक्किम सरकारी सेवामा कार्यरत छन् ।
सम्बन्धित समाचार
- चीनमा शक्तिशाली भूकम्प, एक सयभन्दा बढीको मृत्यु
- प्रधानमन्त्री प्रचण्ड आज स्वदेश फर्किंदै
- अमेरिकाका राष्ट्रपति बाइडेन र चीनका राष्ट्रपति सीबीच भेटवार्ता
- विश्वकप छनोट : आज नेपाल र यूएई भिड्दै
- राष्ट्र संघका महासचिव एन्टोनियो आज सोलुखुम्बु जाँदै
- पहिलो पटक कुल आचार्य र बद्री केसीलाई गैरआवासीय नेपाली नागरिकता
- एनआरएनलाई नागरिकता दिलाउन ठूलो संघर्ष गर्नुपर्यो -प्रधानमन्त्री प्रचण्ड
- इजरायलबाट २५४ बिद्यार्थीलाई आज नेपाल ल्याइँदै
- इजरायलमा मारिएका साहका परिवारलाई मधेस प्रदेश सरकारले ५ लाख राहत दिने
- इजरायलमा मृत्यु भएका नेपालीको शोकमा भोली सार्वजनिक बिदा
- मन्त्रिपरिषद्को विशेष बैठक आव्हान
- एक दिवसीय विश्वकप क्रिकेट आजदेखि भारतमा शुरु
Leave a Reply