क्रान्ति–योद्धाको सफल गाथा
जीवनका ऊर्जावान् दिनहरू राजनीतिक क्षेत्रमा बिताएका कुलचन्द्र कोइराला २००७ सालको क्रान्तिका योद्धासमेत हुन् । प्रजातन्त्र ल्याउन अथक रूपमा लडेका मुक्तियोद्धाहरूको पंक्तिमा उनी अग्रस्थानमा नै देखिन्छन् । जीवनको पूर्वाद्र्धमा राजनीति–सामाजिक अभियन्ताका रूपमा सक्रिय रहे पनि पछिल्लो चरणमा भने उनी कलमका योद्धा बने । साहित्य, संस्कृति, पुरातात्विक महŒवका सामग्रीहरूको खोज र अनुसन्धान कर्ममा जीवनका उत्तराद्र्ध क्षणहरू बिताए । तिनै कलम–योद्धा कोइरालाले भौतिक अस्तित्व त्यागेको २५ वर्ष बितिसकेको छ । उनको २५औं स्मृतिमा ‘स्मृति र दृष्टि’ नामक स्मृतिग्रन्थ प्रकाशित भई समकालीन, परिवारजन र अनुजहरूले उनलाई सम्झने प्रयत्न गरेका छन् ।
साढे ६ दशकको जीवन–यात्रामा कोइरालाले स्मरणयोग्य थुप्रै कर्म गरे । सानै उमेरदेखि राणा शासनविरुद्ध लागे । क्रान्ति सफल भएपछि समाजमा व्याप्त जातीय विभेद मेट्ने, अन्धविश्वासलाई हटाउने र परम्परागत रूपमा चल्दै आएको सामाजिक कुरीतिलाई हटाउन प्रयत्न गर्ने दिशामा आफूलाई क्रियाशील तुल्याए । राजनीतिका साथै साहित्य लेखनमा सानैदेखि रुचि भएका कोइराला पछिल्लो अवधिमा भने लेखनलाई नै मुल मियो बनाएर लेखन–वृत्तमा घुमिरहे ।
‘स्मृति र दृष्टि’मा कोइरालालाई केही समकालीनहरूले स्मरण गरेका छन् । क्रान्ति–योद्धा एवं समाजसेवी बद्रीविक्रम थापाले उनलाई सम्झिने क्रममा लेखेका छन्, ‘उहाँकहाँ विद्वान्, साहित्यकार, राजनीतिज्ञ, समाजसेवी र अनेक दुःखदर्द बोकेका समेत हरप्रकारका व्यक्तिहरूको समागम भइ नै रहन्थ्यो र उहाँबाट ती मानिसहरू सन्तोष र भरोसा लिएर नै फर्कन्थे । स्वभाव पनि साह्रै सरल र मिलनसार थियो ।’ अर्का समकालीन मित्र भरतराज शर्मा ‘मन्थलीय’का दृष्टिमा कोइराला ‘जतिसुकै खोतले पनि नसकिने गहन रहस्यका निधि’ थिए । मन्थलीय लेख्छन्, ‘कुलका चन्द्रमा हुनुहुन्थ्यो कुलचन्द्र । सार्थकनामा र राष्ट्रभाषा एवं साहित्यको आकाशमा पार्वण शरच्चन्द्र । अनुसन्धान क्षेत्रका पनि महावीर हुनुहुन्थ्यो कुलचन्द्र र शास्त्रका पनि विद्वत् कुलचन्द्र ।’
इन्द्रप्रसाद ढुंगेल, डा. कुलप्रसाद कोइराला, गोविन्द गजुरेल, टीकादत्त बराल, नारायण गोदारे, निरञ्जन कोइराला, नूतन थपलिया, परशु प्रधान, पीताम्बर दाहाल, पूर्णप्रकाश नेपाल ‘यात्री’, भरत जंगम, डा. भूपहरि पौडेल, रामशरण दर्नाल, लीलासिंह कर्मा, विपीन कोइरालालगायत व्यक्तिहरूले कोइरालालाई स्मृतिबिम्बमा राखेर सजाएका छन् भने अच्यूतरमण अधिकारी, डा. जगदीशचन्द्र रेग्मी, डा. तारानाथ शर्मा, भीमबहादुर अधिकारी, मोहन कोइराला, डा. राजाराम सुवेदी, डा. रामदयाल राकेश, डा. लोकविक्रम थापा, डा. वासुदेव त्रिपाठी, शिव रेग्मी, डा. सुरेशराज शर्माले कोइरालाई दृष्टिबिम्बका रूपमा हेरेका छन् ।
कोइरालाका बहुआयामिक व्यक्तित्व बुझ्न काफी रहेको ‘स्मृति र दृष्टि’ भित्र उनका केही प्रतिनिधि रचना, उनीसँग विभिन्न व्यक्तिले लिएको अन्तर्वार्ताका साथै कोइरालासँग जोडिएका अभिलेखहरू पनि समेटिएका छन् । मूलतः क्रान्ति हुँदै कलमसम्मको योद्धा बन्न सफल कोइरालाका सार्थक जीवनका अनेक रङलाई सतहमा ल्याउन ‘स्मृति र दृष्टि’ समर्थवान् ठहरिएको छ ।
कृति ः स्मृति र दृष्टि ः कुलचन्द्र कोइराला स्मृतिग्रन्थ
विधा ः स्मृतिग्रन्थ
सम्पादक ः हरि मञ्जुश्री÷जीवनचन्द्र कोइराला
प्रकाशक ः कुलचन्द्र कोइराला स्मृति प्रतिष्ठान
पृष्ठ ः ५६०।–
मूल्य ः १,०००।–
सम्बन्धित समाचार
- एमालेको संकल्प यात्रा अभियान लुम्बिनीमा प्रवेश
- एमाले सुदूरपश्चिम प्रदेश अध्यक्षमा तीन जनाको दाबी
- पर्यटक आकर्षणको केन्द्र बन्दै बागलुङको ‘रिग क्षेत्र’
- पेरुको पहाडमा बस दुर्घटना, १३ जनाको मृत्यु
- झपक्कै फुल्यो आँप
- Golanjor
- चितवनमा कांग्रेस उम्मेदवार उमेश श्रेष्ठको गाडी तोडफोड
- खाना पकाउने ग्यासको छिट्टै दुई थरी मूल्य
- ज्ञानेन्द्र शाहीले गरे राप्रपामा प्रवेश
- राष्ट्रपति भण्डारीले पहिलो सिन्धुलीगढी युद्ध संग्रहालयको उद्घाटन गर्दै
- जिन्दगीसँग सवालजवाफ
- संस्कृतिविद्को परिचयवृत्त
Leave a Reply