आन्तरिक कलहका कारण महासमिति अन्योलमा
काठमाडौं । भदौभित्र गर्ने भनिएको नेपाली कांग्रेसको महासमिति बैठक अनिश्चित भएको छ । गत जेठमा बसेको केन्द्रीय कार्यसमितिको बैठकले असारमा जिल्ला सभापतिहरूको भेला र भदौभित्रमा महासमिति बैठक बोलाउने निर्णय गरेको थियो । सो निर्णयबमोजिम सभापतिहरूको भेला सम्पन्न भए पनि त्यसयता पार्टीभित्र चुलिएको विवादले महासमितिलाई अनिश्चित बनाएको छ ।
स्रोतका अनुसार सभापति शेरबहादुर देउवा महासमिति बैठक कम्तीमा एक महिना भने पनि पर सार्ने मुडमा छन् । अहिले एक महिना सार्ने भन्ने त्यसपछि दसैंतिहारजस्ता चाडबाड देखाउने र महासमितिलाई दसैंपछि मात्र बोलाउने तयारीस्वरूप उनले तयारी थालेको बुझिएको छ । महासमिति बैठक सार्ने वातावरण बनाउन उनले निकट सहयोगीहरूलाई गोप्य सर्कुलर गरिसकेको बताइन्छ । पछिल्लो समयमा अधिवेशन सम्पन्न भएका भ्रातृ संस्थामा पराजित भएपछि देउवा तनावमा भएको बुझिएको छ । भ्रातृ संस्थाको निर्वाचन परिणामबाट पार्टीभित्रैबाट आफू घेराबन्दीमा परेको निष्कर्षमा उनी पुगेको बताइन्छ । त्यसमाथि महाधिवेशनमा साथ दिएको कृष्णप्रसाद सिटौला समूहले अहिले साथ छाडेपछि यही अवस्थामा महासमिति बोलाउँदा आफ्नै लागि प्रत्युत्पादक हुने देउवाको बुझाइ रहेको बताइन्छ । पार्टीमा अलि बढी अर्थ राख्ने भ्रातृ संस्था नेविसंघ र महिला संघ हुन् । यी दुवैमा नेतृत्व देउवा समूहकै छ । नेतृत्व भए पनि नेविसंघमा देउवा समूह अल्पमतमा छ । त्यहाँभित्रको विवाद यति छताछुल्ल छ कि असन्तुष्ट समूहले भदौ अन्तिममा मिति तोकेरै महाधिवेशन डाकेको छ । महिला संघभित्र पनि तीव्र विवाद छ । एकातिर आफैंले गराएका धेरै भ्रातृ संस्थामा भएको हार, आफ्ने नेतृत्वले जितेका भ्रातृ संस्थामा पनि चरम विवाद साथै अर्कातिर पार्टीको समीकरणमा पनि एक्लै भएको अवस्थामा महाधिवेशन गर्दा झन् कमजोर हुने उनका निकटस्थहरूले सुझाएको बुझिएको छ । अर्को गुटका आफ्ना हुने कुरा भएन, आफ्नै गुटका पनि आरजु राणाको चुरीफुरी बढेको भन्दै बटारिएपछि देउवा झन् तनावले ग्रसित भएको बताइन्छ ।
सिटौला समूह बटारिएपछि यो बीचमा देउवाले रामचन्द्र पौडेललाई फकाउने केही प्रयत्न पनि गरेका थिए । त्यसबाट सिटौला सशंकित पनि भए । तर, सोमबार पौडेलले अलग्गै भेला डाकेर आफू देउवासित नजिकिएको प्रस्ट पारेका छन् । सो भेलामा सिटौला समूह पनि आउने भनिएको थियो, तर सो समूहका कोही पनि गएनन् । गत हप्ता देउवासँग अलिक नजिकिएको समाचार बाहिर आएपछि पौडेललाई गलाउन सिटौला अनुपस्थित भएको बताइन्छ । यति मात्र होइन, गत वर्ष पार्टी एकता गरेर आएका विजय गच्छदारले पनि देउवालाई चाँडै एकताको मर्मअनुसार जिम्मेवारी बाँडफाँट नगरे चुप लागेर नबस्ने भन्दै चेतावनी दिइसकेका छन् । यी सबै चुनौती चिर्न नसकिने डरकै कारण महासमिति बैठक सार्न लागिएको स्रोतको दाबी छ ।
सम्बन्धित समाचार
- बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- कान्तिपुरविरुद्ध रविको उजुरी
- किराँतीलाई मन्त्रीबाट बर्खास्त गर्न कमल थापाको माग
- कांग्रेसको मधेश प्रदेश सम्मेलन आजदेखि सुरु
- चीनमा शक्तिशाली भूकम्प, एक सयभन्दा बढीको मृत्यु
- बोलेरोले ठक्कर दिँदा शिक्षक र लेखापालको मृत्यु
- नेकपा एसको सचिवालय बैठक बस्दै, महाधिवेशनको नयाँ मिति तय हुने
- कांग्रेसको लुम्बिनी प्रदेश सम्मेलन आजदेखि
- भुटानी शरणार्थी प्रकरण: टोपबहादुर रायमाझीसहित ८ जनालाई पुर्पक्षका लगि थुनामा राख्ने आदेश सदर
- आचार्य श्रीनिवास पक्राउ
- प्रचण्डलाई सिंहदबारको कुर्सीबाट माइतीघरमा पछार्ने तागत छ : महेश बस्नेत
Leave a Reply