असन्तुष्टि सम्बोधन गर्ने योगेशका सात सूत्र
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रदेश, जिल्ला र जनसंगठन एकीकरणमा समस्या देखिएपछि स्थायी समिति सदस्य योगेश भट्टराईले ती समस्या सम्बोधन गर्न सातबुँदे सूत्र सामाजिक सञ्जालमार्फत अगाडि सारेका छन् । पार्टीको स्थायी कमिटी बैठक बस्न ढिला भइरहेको बेला एकतालाई लिएर केही तीता समाचार सार्वजनिक भएपछि आफूले सामाजिक सञ्जालमार्फत आफ्नो टिप्पणी सार्वजनिक गर्नुपरेको बताएका छन् ।
उनले अगाडि सारेको मापदण्डमा पार्टी एकीकरणको ऐतिहासिक घडीमा वरिष्ठतालाई मापदण्ड मानेर नेतृत्व चयन गरिए अहिलेको असन्तुष्टि सम्बोधन हुने रोडम्यापमा प्रस्ट पारेका छन् । ‘कुनै जिल्ला कमिटीको अध्यक्ष जनप्रतिनिधिमा निर्वाचित भएको छैन भने अब बन्ने एकीकृत कमिटीको अध्यक्ष उसैलाई बनाऔं । यदि अध्यक्ष जनप्रतिनिधिमा निर्वाचित भएको अवस्थामा त्यो जिम्मेवारी उपाध्यक्षलाई दिऊँ । उपाध्यक्ष पनि त्यस्तै भए सचिवलाई र सचिव पनि त्यस्तै भए उपसचिवलाई जिम्मेवारी दिऊँ । पदाधिकारी सबै जनप्रतिनिधि भए सहमतिका साथ वरिष्ठ सदस्यमध्येबाट जिम्मेवारी दिने व्यवस्था मिलाऔं,’ रोडम्यापमा भनिएको छ । ‘कुनै जिल्ला कमिटीको अध्यक्ष जनप्रतिनिधिमा निर्वाचित भएको छैन भने अब बन्ने एकीकृत कमिटीको अध्यक्ष उसैलाई बनाऔं । यदि अध्यक्ष जनप्रतिनिधिमा निर्वाचित भएको अवस्थामा त्यो जिम्मेवारी उपाध्यक्षलाई दिऊँ । उपाध्यक्ष पनि त्यस्तै भए सचिवलाई र सचिव पनि त्यस्तै भए उपसचिवलाई जिम्मेवारी दिऊँ । पदाधिकारी सबै जनप्रतिनिधि भए सहमतिका साथ वरिष्ठ सदस्यमध्येबाट जिम्मेवारी दिने व्यवस्था मिलाऔं,’ रोडम्यापमा भनिएको छ ।
त्यस्तै, उनले यो एकताको बेला जटिल र संवेदनशील बेला भएकाले यस्तो बेलामा अनावश्यक ढंगले समस्या उत्पन्न गर्नु नहुने बताएका छन् । उनले भनेका छन्, ‘पार्टी र सरकार माथि चौतर्फी आक्रमण भइरहेको बेलामा सिंगो पार्टी अझ एकताबद्ध भएर त्यसको सामना गर्नुपर्नेमा पार्टीभत्र निषेध र प्रतिशोधको व्यवहारमार्फत पार्टीलाई कमजोर बनाउने हर्कतहरूलाई इतिहासले क्षमा गर्नेछैन ।’ नेता भट्टराईले अध्यक्षद्वय केपी ओली र प्रचण्डले पार्टी एकताको घोषणासँगै सात दशक लामो प्रयत्नलाई आफ्नो कालमा सार्थक बनाएकाले अब अभिभावकीय भूमिकामा बस्नुपर्ने बताएका छन् । उनले भनेका छन्, ‘आदरणीय नेताद्वय कमरेड केपी ओली र कमरेड प्रचण्ड ! पार्टी एकताको घोषणासँंगै सात दशक लामो प्रयत्नलाई आफ्नो कालमा सार्थक बनाउनुभयो । तपाईंहरूलाई इतिहासले सलाम गरेको छ र जुगजुगसम्म अमर हुनुहुनेछ । सायद तपाईंहरूको जिन्दगीमा योभन्दा युगान्तकारी उपलब्धि अर्को हुनेछैन । आजको दिनमा नेपाल कम्युनिस्ट पार्टीका लाखौंलाख कार्यकर्ताहरूले तपाईंहरूबाट न्याय र समानता खोजेका छन, एउटा असल अभिाभावकको भूमिका खोजेका छन् । मेरो कठोर विश्वास छ, हजारौं चुनौती र अप्ठ्यारामाथि खरो उत्रँदै आउनुभएका तपाईंहरू आफ्नै कार्यकर्ताका यी अपेक्षामा पनि सफल बन्नुहुनेछ ।’
सम्बन्धित समाचार
- भारतमा ९२ सांसद निलम्बित
- प्रधानमन्त्री प्रचण्ड आज स्वदेश फर्किंदै
- एमाले उपमहासचिव ज्ञवाली र चिनियाँ कम्युनिस्ट पार्टीकी विदेश विभाग उपमन्त्री हाइयानबीच भेटवार्ता
- अमेरिकाका राष्ट्रपति बाइडेन र चीनका राष्ट्रपति सीबीच भेटवार्ता
- भूकम्पबाट भएको क्षतिप्रति बेलायतका राजाबाट दुःख व्यक्त
- कोप–२८ सम्मेलनमा प्रधानमन्त्री सहभागी हुने
- टी–२० विश्वकप एसिया छनोटको फाइनलमा आज नेपाल र ओमान भिड्दै
- राष्ट्रसंघका महासचिव गुटेरेस अन्नपूर्ण बेसक्याम्पमा
- इजरायलमा ज्यान गुमाएका पाँच नेपालीको शव दुताबासमा
- इजरायलबाट २५४ बिद्यार्थीलाई आज नेपाल ल्याइँदै
- इजरायलमा मृत्यु भएका नेपालीको शोकमा भोली सार्वजनिक बिदा
- इजरायलमा रहेका नेपालीको तत्काल उद्धार गर्न एमालेको माग
Leave a Reply