निरुको निकृष्ट काम
काठमाडौं । एकपछि अर्को विवादमा आइरहने कञ्चनपुरकी निरु पाल यसपटक आफ्नै जालमा परेकी छन् । चर्चामा आउन र सहानुभूति पाउन आफूमाथि लुटेराले आक्रमण गरी मोबाइल लगेको भन्दै उनले गरेको होहल्ला झूटो साबित भएपछि त्यसमा आफ्नै सहकर्मीहरूलाई कसरी फसाउन सकिन्छ भन्नेमा उनको ध्यान केन्द्रित भएको छ ।
संसदीय विशेष सुनुवाइ समितिकी सदस्य रहेकी निरुले न्यायाधीश दीपकराज जोशीको सुनुवाइका क्रममा आफूलाई धम्की दिँदै प्र्रधानमन्त्री केपी ओलीको नामसमेत लिएर मोबाइल लुटिएको भन्दै हल्ला मच्चाएकी थिइन् । प्रहरीलाई कुनै खबर नगरी मिडियाबाजीमा उत्रिएकी निरुले काल्पनिक कथा रच्दै त्यसक्रममा तेरो बा खड्गेले पनि केही गर्न सक्दैन भनेको बताएकी थिइन् । तर, हालसम्म प्रहरीले जति खोज्दा पनि छानबिनको सुई उनी आफैंतिर मात्रै घुमिरहेको छ । छानबिनमा संलग्न एक प्रहरी अधिकारीका अनुसार निरुको आफ्नै कुरा बाझिरहेको छ ।
छानबिनका क्रममा निरुले आफ्नै पार्टीका मन नपरेका सहकर्मीहरूलाई सिध्याउने ध्येय राखेकी छन् । उनले निकृष्टतापूर्वक यतिसम्म भन्न बाँकी राखेकी छैनन् कि उनलाई नेकपाकै केन्द्रीय सदस्य दिलु पन्तमाथि शंका छ । युवासंघमा हुँदादेखि नै दिलुलाई खेद्दै आएकी निरुको यस्तो कुत्सित बयान दिएपछि प्रहरी पनि छक्क परेको छ । कहिले बालुवाटारमै प्रधानमन्त्रीकै सामुन्ने कञ्चनपुरको निर्मला पन्त काण्ड चर्काउनमा दिलुको हात छ, सशस्त्रको आईजीलाई दबाब दिई भन्ने त कहिले प्रहरीसँग उनको नाम लिने हर्कतपछि निरुमाथि नै गम्भीरतापूर्वक छानबिन हुनुपर्ने देखिएको छ ।
सम्बन्धित समाचार
- बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- कान्तिपुरविरुद्ध रविको उजुरी
- किराँतीलाई मन्त्रीबाट बर्खास्त गर्न कमल थापाको माग
- कांग्रेसको मधेश प्रदेश सम्मेलन आजदेखि सुरु
- चीनमा शक्तिशाली भूकम्प, एक सयभन्दा बढीको मृत्यु
- बोलेरोले ठक्कर दिँदा शिक्षक र लेखापालको मृत्यु
- नेकपा एसको सचिवालय बैठक बस्दै, महाधिवेशनको नयाँ मिति तय हुने
- कांग्रेसको लुम्बिनी प्रदेश सम्मेलन आजदेखि
- भुटानी शरणार्थी प्रकरण: टोपबहादुर रायमाझीसहित ८ जनालाई पुर्पक्षका लगि थुनामा राख्ने आदेश सदर
- आचार्य श्रीनिवास पक्राउ
- प्रचण्डलाई सिंहदबारको कुर्सीबाट माइतीघरमा पछार्ने तागत छ : महेश बस्नेत
Leave a Reply